भोलि खतरनाक खण्डग्रास सूर्यग्रहण, कहाँ देखिन्छ ?

१५ चैत , काठमाण्डौ।

सन् २०२५ को पहिलो सूर्यग्रहण भोलि लाग्ने भएको छ । यो सूर्यग्रहण युरोप, रसियाका केही स्थान, उत्तर अफ्रिका, पश्चिम अफ्रिका र उत्तरी अमेरिकाका केही देशबाट भने देख्न सकिनेछ । क्यानडा र ग्रिनल्यान्डका केही स्थानबाट पनि यसलाई देख्न सकिनेछ ।

यो सम्भवतः सबैभन्दा खतरनाक पनि हुनसक्छ। पर्यवेक्षकहरूका अनुसार शनिबार लाग्ने सूर्यग्रहण आँखाका लागि हानिकारक हुन सक्छ। विशेष कुरा के छ भने, अंग्रेजी वर्षको पहिलो आंशिक सूर्यग्रहण यही महिनामा लागेको ब्लड मून अर्थात् पूर्ण चन्द्रग्रहणको दुई सातापछि हुन गइरहेको छ।

Advertisement

वैज्ञानिकहरुका अनुसार सूर्य पूर्ण रूपमा ढाकिने छैन, जसकारण यसलाई खुला आँखाले हेर्नु खतरनाक हुन सक्छ। ग्रहणको समयमा सूर्यलाई हेर्न ग्रहण चश्मा वा सोलर फिल्टर आवश्यक पर्नेछ। यसलाई साधारण सनग्लास लगाएर हेर्न सिफारिस गरिएको छैन।

फोटोग्राफरहरूले पनि सूर्यको फोटो खिच्दा सोलार फिल्टर प्रयोग गर्नुपर्नेछ। यो सूर्यग्रहणको सबैभन्दा ठूलो असर उत्तर अमेरिकामा पर्नेछ। त्यहाँ यो वर्ष २०२५ को पहिलो र अन्तिम सूर्यग्रहण हुनेछ।

Advertisement

यद्यपि, यस वर्ष अर्को आंशिक सूर्यग्रहण २१ सेप्टेम्बरमा हुनेछ, तर त्यो केवल दक्षिणी गोलार्धबाट मात्र देख्न सकिनेछ। अमेरिकी समयअनुसार, यो बिहान ४ः५० बजे सुरु हुनेछ र बिहान ८ः४३ बजे समाप्त हुनेछ। फरक–फरक स्थानहरूमा यसको समय फरक देखिनेछ।

यसलाई हेर्नका लागि उत्कृष्ट स्थानहरू अण्टार्कटिका र न्युजिल्यान्ड हुनेछन्, जहाँ चन्द्रमाले सूर्यको ७३ प्रतिशत भाग छोप्नेछ। पृथ्वीमा अर्को आंशिक सूर्यग्रहण सन् २०२९ मा मात्र लाग्नेछ। तर, २०२६, २०२७ र २०२८ मा लाग्ने सबै सूर्यग्रहण पूर्ण हुनेछन्।

केही स्थानमा पूर्ण सूर्यग्रहण हुँदा हल्का आंशिक सूर्यग्रहण पनि देख्न सकिनेछ। नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार भोलिा लाग्ने खण्डग्रास सूर्यग्रहण नेपालमा भने लाग्नेछैन। नेपाली समयअनुसार भोलि शनिबार दिउँसो २ बजेर ३५ मिनेटमा सुरु हुने खण्डग्रास सूर्यग्रहण साँझ ६ बजेर २८ मिनेटमा सकिनेछ ।

यो नेपालमा नलाग्ने नेपाली भूभागबाट नदेखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताएका छन् । भारतबाट पनि यो सूर्यग्रहण देखिने छैन । चन्द्रमा हरेक महिना पृथ्वी र सूर्यको बीचमा आउने भए पनि सूर्यग्रहण हुन विशेष अवस्था मिल्नुपर्छ ।

सूर्यग्रहण एक खगोलीय घटना हो, जुन तब हुन्छ जब सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आइपुग्छ। चन्द्रमाको उपस्थिति सूर्यको प्रकाशलाई अवरुद्ध गर्छ, जसकारण सूर्य केही समयका लागि ढाकिएको देखिन्छ। पृथ्वी र सूर्यको बीचबाट चन्द्रमा पार हुँदा सूर्यग्रहण देखिन्छ ।

पृथ्वीबाट हेर्दा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकेको हुन्छ । सोहीक्रममा चन्द्रमाको छाया परेको ठाउँमा अध्याँरो वा अन्धकार हुन्छ, यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ । सूर्यग्रहण तीन प्रकारका हुन्छन् ,पूर्ण, आंशिक र कुण्डाकार (रिङ अफ फायर)। पूर्ण सूर्यग्रहणको समयमा दिनमा नै अँध्यारो हुने गर्दछ ।

यस पटक लाग्ने सूर्यग्रहण आंशिक हुनेछ। यस्तो ग्रहण तब लाग्छ जब चन्द्रमा पृथ्वीबाट केही पर हुन्छ, जसकारण यसको आकार तुलनात्मक रूपमा सानो देखिन्छ र यसले सूर्यलाई पूरै छोप्न सक्दैन।

केही स्थानमा भने यसले सूर्यको सतहको ९३.८ प्रतिशतसम्म भाग ढाक्नेछ। क्यानडाको उत्तरी क्यूबेकको नुनाविक गाउँमा बस्नेहरूलाई सबैभन्दा ठूलो ग्रहण देखिनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top