NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते मङ्लबार भदौ ३१ , २०८२
प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री मङ्लबार भदौ ३१ , २०८२
युएईले अचानक किन रोक्यो नेपालीलाई भिसिट भिसा ? मङ्लबार भदौ ३१ , २०८२
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

 रणमैदान बन्यो राजधानी, १० बजेसम्म कफ्र्यू

शुक्रबार चैत्र १५ , २०८१
Reading Time: 1 min read
A A
 रणमैदान बन्यो राजधानी, १० बजेसम्म कफ्र्यू
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१५ चैत , काठमाण्डौ ।
राजावादीहरुको जनआन्दोलनका नाममा  आज आयोजना गरिएको कार्यक्रम अराजक बनेको  छ। आमसभास्थल काठमाडौंको तीनकुनेमा सभासुरु हुनु अघि नै राजावादीहरु ढुंगामुडामा उत्रिएपछि प्रहरीले अश्रुग्याँस र पानीका फोहोरा प्रहार गरेसँगै राजावादीहरुको भिड अराजकतामा बदलिएको थियो ।
उनीहरुले आधा दर्जन बढी घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन्  भने प्रहरीले गोली समेत चलाएको छ ।  तीनकुनेबाट  तितरवितर भएका राजावादीहरुले विभिन्न स्थानमा तोडफोड र आगजनीसहितका अराजक गतिविधि गरेपछि काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कफ्र्यू जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर १० बजेसम्म भन्ने जानकारी दिएको छ । कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कफ्र्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्को आदेश हुँदासम्म कफ्र्यू जारी रहनेछ ।
राजावादीहरुले  नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा  तोडफोड र आगजनी गरेका छन् ।  राजावादीहरुले सिनामंगलस्थित नागरिक उड्डययन कार्यालयमा तोडफोड गरेका छन्।
तीनकुनेबाट उग्र बनेको राजावादीको प्रदर्शन उग्र रुप लिएपछि े ठाउँठाउँमा आगजनी र तोडफोडमा उत्रिएका  छन् ।  तीनकुनेमा प्रहरी र राजावादीहरुको झडप भएको थियो। स्थिती तनावग्रस्त बनेपछि प्रहरीले हवाइ फायर गरेपछि आन्दोलनकारी  उग्र बन्दै आगजनीमा उत्रिएका थिए ।
यत्रतत्र आगजनी र तोडफोड गर्दै राजावादी कार्यकर्ता हिँडेपछि सिनामंगलसहित तीन ठाउँमा कफ्र्यु आदेश जारी भएको छ।  प्रदर्शनकारीहरुले कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोड  गरेका छन् ।  राजावादी समूहको आन्दोलनकारीहरुले कोटेश्वरको प्रहरी प्रभागमा आगजनी  प्रयास  गरेका छन्् ।
प्रहरी प्रभाग कोटेश्वरमा आगजनीको प्रयास गरेका थिए । प्रहरी प्रभाग कोटेश्वरमा आगजनी गर्न गएका प्रदर्शनकारी जडिबुटीतिर भागेका  थिए ।   राजावादी कार्यकर्ताले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् ।
राजावादीको एक समूहले आलोकनगरस्थिति एसको कार्यालय पुगेर ढुंगामुढा गरेका हुन् ।  काठमाडौँको कोटेश्वरमा नेपाल प्रहरीको गाडीमाथि आगजानी भएको छ। तीनकुनेमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीको भीडले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेको हो।
 राजावादीहरूले तीनकुने क्षेत्रका घरमा तोडफोड गर्नुका साथै आगो पनि लगाइदिएका थिए।  प्रहरी बिट लगायत धेरै सार्वजनिक संरचना समेत तोडफोड गरेका छन्।
 राजावादी समर्थकहरुको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।
अहिले गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोलीको बैठक बसेको हो । बैठकमा प्रदर्शनको समीक्षा भइरहेको र आगामी योजनाबारे निर्णय हुने  भनिएको छ। तीनकुने क्षेत्रमा दुई पक्षीय झडप भइरहँदा राजावादी नेतृत्व तहका नेताहरु भने सुटुक्क  आन्दोलनको मैदानबाट अन्यत्र लागेका छन् ।
राजावादी कार्यकर्ताहरु प्रहरीसँग झपडमा उत्रिन थालेसँगै उनीहरु भने अन्यत्र लागेका हुन् । प्रदर्शनस्थलमा राजावादी संयुक्त आन्दोलनका संयोजक नवराज सुवेदीसहितका नेताहरु पुग्ने भनिएको थियो ।
यस्तै विरोध सभा गर्न बनाइएको मञ्चमै राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणासहित दुर्गा प्रसाई र अन्य राजावादी नेताहरु पुगेका थिए । उनीहरुले सम्बोधन गर्ने तय भएपनि एकाएक झडप भएसँगै कार्यक्रम बिथोलियो ।
यसैबीच संयुक्त आन्दोलनका कमाण्डर समेत रहेका प्रसाईले संयमित बन्न   फेसबुकमार्फत आह्वान गरेका छन् । उनले निजी सम्पत्तिमा क्षति नपुर्याउन पनि आग्रह गरेका छ्न् । ‘ प्रहरीकै दमनका कारण निजी सम्पत्तीमा क्षति पुग्यो, कैयन साथीहरु र प्रहरीहरु घाईते हुनुभएको छ ।
यस प्रति दुख व्यक्त गर्दै घाईते साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तीमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु’, प्रसाईको भनाइ छ।उनले नै आफू सवार गाडी प्रहरीको घेरा तोड्न प्रयोग गरेका थिए ।
त्यहीबाट प्रर्दशन झनै उग्र बनेको थियो । यता राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा संयुक्त जनआन्दोलन मुल समितिका सदस्य सचिव रवीन्द्र मिश्रले आजको प्रदर्शनका क्रममा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
आन्दोलन नरोकिएको उनको भनाइ छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न अनुरोध गरेका छन् । ‘हेरौंला कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउनेछन्’, मिश्रले लेखेका छन् ।
प्रहरीले तीनकुने बानेश्वर क्षेत्रमा भएका आगजनी,लुटपाट,तोडफोड र प्रहरीमाथि भएका आक्रमणका सबै भिडिओहरु संकलन गरिरहेको छ । सीसीटिभी फुटेजहरु समेत संकलन गरेर आजको घटनामा संलग्न सबै व्यक्तिको पहिचान गरिने प्रहरीले जनाएको छ ।
राजावादी प्रदर्शनकारीले सो क्षेत्रका निजी तथा सरकारी कार्यालयमा आक्रमण गरेको र कान्तिपुर तथा  अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाको कार्यालयमा समेत ढुंगा हानेको प्रहरीले जनाएको छ ।
यसैबीच काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तोडफोड,आगजनी र हिंसात्मक घटना गराउने व्यक्तिमात्र नभएर आयोजक र तीनका नेताहरुलाई पनि कारवाहीको दायरमा ल्याइने बताएका छन् ।
LS Auto
Tags: # रणमैदान बन्यो राजधानी#काठमाडौंमा कफ्र्यू#काठमाडौंमा राति १० बजेसम्म कफ्र्यू

लोकप्रीय

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

मङ्लबार भदौ ३१ , २०८२
प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री

प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री

मङ्लबार भदौ ३१ , २०८२
बंगलादेशीलाई युएईमा जेल

युएईले अचानक किन रोक्यो नेपालीलाई भिसिट भिसा ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

मङ्लबार भदौ ३१ , २०८२
प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री

प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री

मङ्लबार भदौ ३१ , २०८२
बंगलादेशीलाई युएईमा जेल

युएईले अचानक किन रोक्यो नेपालीलाई भिसिट भिसा ?

मङ्लबार भदौ ३१ , २०८२

थप समाचार

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते
अन्तर्राष्ट्रिय

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

मङ्लबार भदौ ३१ , २०८२
प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री
आर्थिक

प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री

मङ्लबार भदौ ३१ , २०८२
बंगलादेशीलाई युएईमा जेल
अन्तर्राष्ट्रिय

युएईले अचानक किन रोक्यो नेपालीलाई भिसिट भिसा ?

मङ्लबार भदौ ३१ , २०८२
सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

मङ्लबार भदौ ३१ , २०८२
प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री

प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री

मङ्लबार भदौ ३१ , २०८२
बंगलादेशीलाई युएईमा जेल

युएईले अचानक किन रोक्यो नेपालीलाई भिसिट भिसा ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.