×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

तीनकुने घटनामा पक्राउ परेकाहरूको आज म्याद थप

१६ चैत्र २०८१

१७ चैत , काठमाण्डौ  ।

काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता–कार्यकर्ताहरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिंदैछ । आन्दोलनको दिन राति पक्राउ परेको र भोलिपल्ट शनिबार भएकोले आज आइतबार उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न लागिएको हो ।

Advertisement
Advertisement

हिंसात्मक आन्दोलनका क्रममा १२३ जना पक्राउ परेका छन् । जसमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मश्र, महामन्त्री धवल शम्शेर राणा, राजावादी अभियन्ता स्वागत नेपाल, दुर्गा प्रसाईंको रोयल टास्क फोर्सका कमाण्डर लगायत रहेका छन् ।

राजतन्त्र पुनस्र्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ । आन्दोलन भड्काउने मुख्य व्यक्ति दुर्गा प्रसाईं भने फरार भएका छन् । पक्राउ परेका मध्येहरूबाट स्क्रिनिङ गरेर म्याद थप गराई अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये कसलाई कुन मुद्दा लगाउने भन्ने टुंगो लागिसकेको छैन। यद्यपि रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल, पशुपति खड्का, पुष्कर खतिवडासहित ९ जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’मा म्याद थप हुने बताइएको छ ।

उनीहरूलाई आन्दोलन भड्काउन भूमिका खेल्ने ‘हार्ड कोर’को रूपमा परिभाषित गर्दै प्रहरीले मुद्दा प्रक्रिया अघि बढाउन लागेको हो । उनीहरुविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’ सँगै ज्यान मार्ने उद्योग, आपराधिक उपद्रो, आगजनी, संगठित अपराध, ज्यान सम्बन्धी कसुर,आगजनी जस्ता मुद्दा चलाउने प्रहरीको तयारी छ ।

१५ गते भएको राजावादीको हिंसात्मक आन्दोलनका क्रममा एकपत्रकारसहित २ जनाको मृत्यु भएको थियो । यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा, टिकाराम यात्रीलगायत केही व्यापारी, संचारकर्मीमाथि शुक्रबारको लुटपाट र आगजनीको मतियार बनेको आरोप लागेको छ ।

पूर्वअध्यक्षहरु कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ, पूर्व उपाध्यक्षहरु भाष्करराज राजकर्णिकार, दिनेश श्रेष्ठ, किशोर प्रधानसम्मले राजावादीहरुको समर्थनमा विज्ञप्ति निकालेका थिए ।

पूर्व उपाध्यक्ष तथा नेपाल वायुसेवा निगमका सञ्चालक किशोर प्रधान, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकारसम्मले आन्दोलनलाई समर्थन गरेका छन् । उनीहरुसँगै युवराज घिमिरे, टिकाराम यात्री, मनिषा कोइराला, जीवराम भण्डारी, सर्वेन्द्र खनालगायतमको नाम समेत राजावादीहरुको आन्दोलनलाई समर्थन गर्दै निकालिएको विज्ञप्तिमा समावेश छ ।

उनीहरुले विज्ञप्ति जारी गर्दै परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था भयो भने त्यसको जिम्मेवार स्वयं सरकार हुने चेतावनी दिएका थिए । दुर्गा प्रसाईं नेतृत्वको राजावादी आन्दोलनलाई जनताका शान्तिपूर्ण आवाज र मागको संज्ञासमेत दिएका थिए ।

Advertisement
Advertisement

तर छलफलमा सहभागी भएको भिडिओसहितको विज्ञप्ति जारी भएपनि उनीहरुले आफूहरुको हस्ताक्षरसमेत नरहेको विज्ञप्तिमा आफूहरुको संलग्नता नरहेको यात्री, दिपकराज गिरी लगायतले सामाजिक संजालबाटै खण्डन गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top