विराटनगरमा खुला ब्यायाम प्रतियोगिता सम्पन्न

१५ चैत ८१, आइतबार

१७ चैत , विराटनगर ।

कोशी प्रदेशको राजधानी विराटनगरमा डेढ सय भन्दा बढी प्रतिस्पर्धीहरुले खुला ब्यायाम प्रतियोगितामा प्रतिस्पर्धा गरेका छन् । नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्स विराटनगरको आयोजनामा खुल्ला व्यायाम प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ ।

Advertisement

स्थानीय शहिद रङ्गशाला विराटनगरमा आयोजित प्रतियोगिताको पुरुष सर्किट विधा तर्फको खेलमा आयुष नेम्वाङ, मुकेश अगुवा र एइनिस प्रधान क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् ।

Advertisement

त्यसैगरी महिला सर्किट विधा तर्फको खेलमा महिमा यख्खा राई, सपना मगर र भावना घिमिरे क्रमश प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।यसैगरी खुल्ला बार विधा तर्फको खेलमा साहिल लिबाङ्ग,सुशान्त नरसिंह राणा, संजोक थापाले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल भएको नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सविराटनगर संस्थाका संस्थापक अध्यक्ष सुमन बन्जाराले जानकारी दिएका छन् ।

बन्जाराका अनुशार हरेक विधा अन्तर्गतको खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुलाई एन.वाइ.एफ.सि विराटनगर को तर्फबाट प्रोत्साहन स्वरुप क्रमश मेडल ट्रोफी सहित नगद रु १५हजार, ९ हजार र ६ हजार नगद पुरस्कर र विभिन्न आकर्षक उपहारहरु समेत प्रदान गरिएको छ ।

 

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिब पर्शुराम वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगिताको उद्घाटन समारोमा विराटनगर महानगरमा मेयर नागेश कोइराला लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । खुल्ला व्यायाम प्रतियोगितामा १३० जना पुरुष खेलाडी ३० जना महिला खेलाडी गरि १६० जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।

विराटनगर महानगरको प्रवद्र्धन र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न भएको प्रतियोगिताबाट प्रतियोगीहरूको समग्र फिटनेस क्षमता मापन गरिएको संस्थापक अध्यक्ष बन्जराले जानकारी दिएका छन्।

खेलकुद तथा फिटनेसप्रति युवाहरूको चासो र संलग्नतालाई प्रोत्साहन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको उनले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top