NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

पूर्वराजाले किन टाउको उठाए ?

सोमवार चैत्र १८ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
नवराजले फर्काउन नसकेका राजा ‘नेपाल ऋषि’ले फर्काउलान् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ चैत,काठमाण्डौ।

हुन् त माओवादी अध्यक्ष प्रचण्ड छिनमा नै भावुक हुन्छन् अनि नरम पनि । यहाँ सम्मकी कहिले काहीँ त बोल्दा बोल्दै भावनाआएर भक्कानिने मात्र हैन् आँशु समेत झार्छन् । तर उनको भावुकता र नरमता व्यवहारमा पाउन निकै मुस्किल पर्छ ।

यो देशमा गणतन्त्र स्थापनाकालागि ६ दशभन्दा बढी समय लाग्यो । हजारौँले बलिदानी गरे । तर राजनीतिक अस्थिरता, व्याप्त भ्रष्टाचार र सत्ताको लुछाचुँडीका कारण जनतामा चरम निराशा छाउन पुग्यो ।

Advertisement

त्यही मौका छोपेर नारायणहिटीबाट निर्मल निवास पठाएका पूर्व राजाले टाउको उठाउने प्रयास गरेका छन् । देशमा फेरि राजनीतिको कालो बादल मडारिन थालेको छ । सडकमा हिन्दु राज्य सहितको राजतन्त्रको माग भई रहेको छ ।

यसको एउटै कारण हो गणतन्त्रवादी नेताहरूले अहिलेसम्म गरेका कर्म । गणतन्त्र स्थापनाभएको १६ वर्षमा १३ जनाप्रधानमन्त्री फेरिन पुगे । दलहरू राती सुत्दा एउटा दलसँग सरकारमा हुन्छन् भने बिहान उठ्दा अर्कै दलसँग सत्ता सहकार्य गर्छन् ।

सङ्घीयतासँगै गठन भएका सात प्रदेश केन्द्र भन्दा अझ अस्थिर बने । प्रदेशको काम सत्ता परिवर्तन गर्ने र मुख्यमन्त्री फेर्ने मात्र बन्न पुग्यो । सङ्घीयता सँगै बनेका तिन तहका सरकार समन्वयको साटो आरोप प्रत्यारोपमा बढी उत्रिए ।

भ्रष्टाचार, ढिला सुस्तीमात्र हैन् गणतन्त्र ल्याउने दल बीच नै कुकुर बिरालाको जस्तो व्यवहार सार्वजनिक रूपमा देखिन थाल्यो । त्यसकै परिणाम अहिले गणतन्त्रविरुद्ध नारा लागेको कुरामा दुई मत नरहला ।

अहिलेको सबै भन्दा ठूलो आक्रोश दलका नेताहरूको व्यवहार नै हो । यो आन्दोलनले दलका नेताहरूलाई कि सच्चिनु प¥यो कि त छोड्न तयार हुनु प¥यो भन्ने प्रस्ट सन्देश दिइरहेको छ ।

चैत्र १५ गते राजावादी र समाजवादीमोर्चाले काठमाण्डौं आमनेसामने हुने गरी प्रदर्शनको आयोजना गरेका थिए । समाजवादी मोर्चाको कार्यक्रम शान्तिपूर्ण रह्यो । तर राजावादीको प्रदर्शन हिंसामा परिणत भयो ।

आगजनी, तोडफोड, लुटपाट सँगै २ जनाको ज्यान समेत गयो । यसले देशलाई फेरि हिंसाको बाटो तर्फ त धकेल्दै छैन भन्ने प्रश्न खडा गरेको छ । शनिवार काठमाण्डौमा माओवादी अध्यक्ष प्रचण्ड प्रेस सेन्टर नेपालको महाधिवेशन उद्घाटन समारोहमा पुगे ।

त्यहाँ उनले शुक्रवारका दृश्य तर्फ इंगित गर्दै भने, ‘हामी कहाँ पुग्यौँ आत्मसमीक्षा गर्दै सच्चिनुको विकल्प छैन् । जनतामा भ्रष्टाचारले चरम निराशा छाएको भन्दै प्रचण्डले गणतन्त्रवादी नेतालाई दुई चार करोडको पछाडि नलाग्न चेतावनी दिए ।

‘गणतन्त्रवादीले पनि आत्मसमीक्षा गर्दै सच्चिनु पर्ने । उनको भनाइथियो । कार्यक्रममा शुभकामना दिन पुगेका नेपाली काँग्रेसको सुभेच्छुक संस्था प्रेस युनियनका अध्यक्ष शिवलम्सालले भने, ‘प्रचण्डले दर्जन पटक जनताका अगाडी सचिन्छौ भन्नु भएको छ त्यस कारण दुइटा सत्तारुढ दलका नेताभन्दा बढी सम्मानित उहाँ हुनु हुन्छ ।

जुनजुन दलले गणतन्त्रका लागि संर्घष गरे उनीहरूका कारण अहिलेको अवस्था आएको हो भनेर भन्न हिच्किचाउनु पर्ने ठाउँमा आफूहरू नरहेको अध्यक्ष लम्सालको टिप्पणी थियो। प्रचण्डले उठाएको यो सवाल अहिलेको राजनीतिक परिवेशमा गम्भीर रूपमा हेरिनुपर्ने हो । तर, प्रश्न उठ्छ—के अन्य दलका नेताहरू पनि सच्चिन तयार छन् ?

काँग्रेस, एमाले र अन्यदलहरूका शीर्ष नेताहरूले गणतन्त्र बलियो बनाउनको साटो आन्तरिक विवादमै अहिले पनि अल्झिएको अवस्था छ । जनआक्रोश व्यवस्थापनका लागि नेताहरूको व्यवहारमा सुधार आवश्यक देखिन्छ ।

केवल भाषणमा मात्र नभई, व्यवहारमै नेताहरूले पारदर्शिता, जबाफदेहिता र जनअपेक्षा अनुसारको काम नगरे गणतन्त्रप्रति नै वितृष्णा बढ्ने खतरा सदैव रहन्छ । हुन त हाम्रा गणतन्त्रवादी नेताहरू सत्ताबाहिर रहँदा धेरै नरम हुन्छन् जब सत्ता पुग्छन् त्यसपछि उनीहरूको पारो तात्छ अनि नरमको कुरै गर्न जान्दैनन् ।

वास्तवमा अब साँच्चीकै माओवादी अध्यक्ष प्रचण्डले भने जस्तै उनीहरू सच्चिएका हुन त ? कि विगतमा जस्तै चाडै भावुक भएर प्रचण्डले आत्मसमीक्षा गर्दै जनता माझ जाने र १५ वर्षमा सत्ता सञ्चालन गर्दा भएका गल्तीहरूलाई माफी माग्दै फेरी नदोहो¥याउने प्रतिबद्धता गर्छन् त ? त्यो हेर्न समय पर्खनु पर्ने हुन्छ ।

तर जे होस् गणतन्त्र पक्षधर तीन शक्तिमध्ये तेस्रो शक्तिका अध्यक्षले यतिसम्म भन्नु सकारात्मक कुरा होला ।तर यो देशको कायापटल गर्छौ । संविधानका कमी कमजोरीलाई पनि सच्याएर गणतन्त्रलाई बलियो बनाउँछौ भन्दै नयाँ सत्ता सहयात्रा सुरु गरेका प्रमुख दल नेपाली काँग्रेस र एमालेका नेताहरू भने आफू सच्चिने त परैको कुरा सचिन्छौ समेत भन्न सकेका छैनन् ।

प्रधानमन्त्री केपीशर्मा ओली अहिले पनि हिजोकै जस्तो ओठे र उरन्ठेउलो भाषणमा नै रमाइरहेका छन् भने काँग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञानेन्द्र शाहसँगको पुरानै रिस अझै मरिनसकेको उनको व्यवहार र बोलीबाट प्रस्ट हुन्छ ।

सत्ता लुछाचुडी पछि ३६ को आँकडामा रहेका गणतन्त्रवादी काँग्रेस, एमाले र माओवादी राजावादीको प्रदर्शनले उग्ररूप लिए सँगै सर्वदलीय बैठक समेत बस्ने अवस्थामा आइपुगेका छन् ।

जहाँ उनीहरुले आफूहरुको आत्मसमीक्षा कम र ज्ञानेन्द्र शाहलाई दोषारोपण गर्न बढी समय खर्चिएका छन् । गणतन्त्रपक्षर १२ राजनीतिक दलहरु तीनकुनेको हिंसात्मक घटना र पछिल्लो समय राजावादीहरुको सक्रियताको जड नै ज्ञानेन्द्र भएको निष्कर्षमा पुगेका छन् ।

यद्यपि सत्ताको लुछाचुडी अनि भ्रष्टचारको दलदलबाट माथि उठेर जनतासामु गणतन्त्र स्थापनापछि सत्ता सञ्चालन गर्दा भएका गल्तीको माफी माग्दै प्रचण्डले भने झै राजनीतिक दलका नेता सच्चिने कि व्यवस्था मात्र परिवर्तन गरी राख्ने भन्ने निर्णयमा पुग्ने समय भने घर्किन लागिसकेको छ ।

Tags: #ज्ञानेन्द्रले किन देखे नारायणहिटीको सपना ?#ज्ञानेन्द्रले देखे नारायणहिटीको सपना#पूर्वराजाले किन टाउको उठाए ?

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.