×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

साढे ५ महिनापछि रवि फेरि सभापतिमा

१७ चैत्र २०८१

१८ चैत, काठमाण्डौ।

सहकारी प्रकरणमा कानूनी लडाइँ लडिरहेका रवि लामिछाने साढे ५ महिनापछि फेरि सभापतिका रुपमा आजदेखि पार्टी कामको जिम्मेवारीमा फर्किंदै छन्। पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते पक्राउ परेयता रवि अहिलेसम्म पार्टीको जिम्मेवारीबाट अलग छन्।

Advertisement
Advertisement

पछिल्लो समय देशभरबाट कार्यकर्ताले वर्तमान राजनीतिक घटनाक्रममा कित्ता प्रस्ट पार्न दबाब दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । सहकारी प्रकरणमा मुद्दा चलेसँगै डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मा दिएका लामिछानेले आज बैठकको अध्यक्षता आफैँ गर्न लागेका हुन् ।

आज दिउँसो तीन बजे पार्टी कार्यालय बनस्थलीमा लगातार दुई वटा केन्द्रीय समिति बैठक बस्ने भएको छ । पहिलो बैठकको अध्यक्षता सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने छ भने दोस्रो बैठकको अध्यक्षता लामिछानेले गर्नेछन् । आजको बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे नीति तय गर्ने एक पदाधिकारीले बताए ।

‘धनगढीदेखि झापासम्मबाट कार्यकर्ता पंक्तिले पार्टीको लाइन प्रस्ट नहुँदा समस्या भएको भन्दै स्पस्ट नीति तयार गर्न दबाब दिएका छन् । कार्यकर्ताहरूले दबाब बढाउँदा यस विषयमा निर्णय लिनुपर्ने जानकारी सभापति लामिछानेलाई गराइएको थियो ।

उनले भनेका थिए,’श्री ५ र श्री ३ दुबैको पक्षमा अहिले हामी उभिदैनौँ । केही समय चुप रहनु नै उपयुक्त हुन्छ,’ लामिछानेले भनेका थिए । कार्यकर्ता पंक्तिले निरन्तर दबाब बढाएपछि निर्णय लिनका निम्ति आज बैठक राखिएको छ ।

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणको मुद्दासमेत परेपछि गत पुस ८ गते सांसद पदबाट निलम्बन भएयता रास्वपाको नेतृत्व उपसभापति डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिका रूपमा सम्हालिरहेका छन्।

अब आज बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा रविलाई सभापतिको जिम्मेवारीमा फर्काउने प्रस्ताव पेस गरिने र पास भएमा आजै बस्ने केन्द्रीय समितिको दोस्रो बैठकको अध्यक्षता लामिछानेले गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

आइतबार बसेको रास्वपा सचिवालयको बैठकले सोमबारका लागि केन्द्रीय समितिको बैठक बोलाउँदै सभापति रविलाई जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो। यद्यपि यो प्रस्ताव आज पहिलो चरण बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि मात्र दोस्रो चरण बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता लामिछानेले गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता झाको भनाइ छ।

तर रास्वपाले यस्तो तयारी गरे पनि लामिछानेको निलम्बित सांसद पद अझै फुकुवा भइसकेको छैन। कास्कीसहित चार जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएपछि गत माघमा रविले सांसद पदबाट गरिएको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष माग पनि राखे।

तर सभामुखले फुकुवा गर्न नमिल्ने भन्दै मानेनन्।  सहकारी ठगी अभियोगमा मुद्दा परेका चार जिल्ला अदालतमध्ये कास्कीमा सम्पत्ति शुद्धीकरणको मुद्दा पनि परेकाले सभामुखले ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७’ बमोजिम रविलाई गत पुस ८ गते सांसद पदबाट निलम्बन गरेका थिए।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बोलाएको गणतन्त्र पक्षधर राजनीतिक दलहरूको सर्वदलीय बैठकमा रास्वपालाई निम्ता गरेर पनि सो नगएको पाइएको छ। प्रधानमन्त्रीको सचिवालयले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगत्तैको लहरमा रास्वपा सभापति वा प्रतिनिधिका लागि सिटको ब्यवस्थापन गरेको दाबी गरेको छ ।

१२ राजनीतिक दलको सहभागिता रहेको बैठकमा राप्रपालाई भने बोलाइएको थिएन । गणतन्त्र पक्षधर दलको बैठकमा एमाले, कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, जसपा नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, नयाँ शक्ति पार्टी र नेकपा विप्लवको सहभागिता रहेको थियो ।

गणतन्त्र पक्षधर दलको बैठकअघि प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्र मन्त्रीहरूसँग छलफल गरेका थिए । सो छलफलमा भने राजावादी राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीसमेत सहभागी थिए ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top