प्रधानमन्त्री ओली थाइल्याण्ड जादै,थाइ नरेशसँग विशेष भेट

१७ चैत ८१, मंगलबार

१९ चैत, काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमणमा जाँदैछन् । दिउँसो साढे १२ बजे उनी थाइल्याण्ड प्रस्थान गर्नेछन् । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री थाइल्याण्ड जान लागेका हुन् ।

नेपालको कार्यकारी प्रमुखको थाइल्याण्डको औपचारिक भ्रमण ६५ वर्ष पछि हुन लागेको हो । प्रधानमन्त्री चैत २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।

Advertisement

थाइल्याण्डका नरेशसँग पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रतिष्ठित व्यवसायीहरूसँग छलफल गर्ने र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन जानकारी दिए । बिमस्टेक शिखर सम्मेलनलाई चैत २२ गते गर्ने र सम्बोधन लगत्तै बाँकी मुलुकका नेताहरुसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

Advertisement

थाइल्यान्डका प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन् । भोलि प्रधानमन्त्री ओलीको स्वागतमा थाई सरकारले एक कार्यक्रमको आयोजना गर्नेछ ।

सो कार्यक्रमपछि दुई प्रधानमन्त्रीबिच औपचारिक भेटघाट तथा वार्ता हुनेछ र त्यहाँ नै केही समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको हो । नेपाल सरकार र थाइल्यान्डबिच पर्यटन, संस्कृति, औषधि, कृषि र शिक्षा गरी पाँच क्षेत्रमा समझदारी हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

पर्यटन तथा सांस्कृतिक आदानप्रदानमा समझदारी हुनुका साथै शिक्षा क्षेत्रमा छात्रवृत्ति लगायतमा समझदारी हुने बताइएको छ । साथै दुवै राष्ट्रहरूले साझा वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न कृषि व्यापार विस्तार गर्ने र जलवायु परिवर्तन न्यूनीकरण रणनीतिहरूमा समझदारी हुने बताइएको छ ।

दुईपक्षीय भेटघाटमा आर्थिक सहयोग तथा दुई देशका जनताबीचको सम्बन्ध अझै बलियो बनाउने विषयमा छलफल हुने जनाइएको छ । यो भ्रमणले थाइल्यान्ड र नेपालबीचको सम्बन्धलाई सुदृढ, नयाँ व्यापार व्यवसाय विस्तार गर्न र दुवै देशका लागि विभिन्न क्षेत्रहरूमा सहयोग प्रवद्र्धन गर्न महत्वपूर्ण कदम हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

औपचारिक द्विपक्षीय भेटघाटपछि प्रधानमन्त्री ओलीले थाइल्यान्डले आयोजना गर्ने बिम्स्टेकको छैटौं समिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । सोही क्रममा विभिन्न देशमा प्रमुख तथा प्रतिनिधिसँग साइडलाइन वार्ता र छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

ओलीले चैत २२ गते सो समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमणमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडालगायत सरकारका उच्चपदस्थ अधिकारीसहित २३ सदस्यीय प्रतिनिधिमण्डल सहभागी रहने बताइएको छ ।

सन् १९९७ मा स्थापित, बिम्स्टेकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड रहेका छन् । थाइल्यान्डमा अप्रिल ३ र ४ मा हुने बिम्स्टेकको सम्पूर्ण तयारी पूरा भएको थाई सरकारका प्रवक्ता जिरायु हौंगसुबले त्यहाँका सञ्चारमाध्यमलाई जनाएका छन् ।

बिम्स्टेक सदस्य राष्ट्रका प्रमुख तथा प्रतिनिधिहरू अप्रिल १ देखि आउने थाल्ने उनले सञ्चारमाध्यमहरूसँग भनेका छन् । भूकम्पबाट पीडित बनेका म्यानमारका प्रधानमन्त्री पनि बिम्स्टेकमा भाग लिन आउने निश्चित भएको उनले जानकारी गराएका छन् ।

भ्रमणका दौरान प्रधानमन्त्री ओलीले नेपाल सरकारका तर्फबाट एआईटीलाई अनुदान सहायताबापत १ लाख अमेरिकी डलर दिने निर्णय मन्त्रिपरिषद्ले बैठकले गरेको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्को बैठक सोमबार राति बसेको थियो। समिटको उद्घाटन ३८ वर्षीय प्रधानमन्त्री सिनावात्राले गर्ने बताइएको छ । बिम्स्टेकले २०३० सम्ममा ‘समृद्ध, लचिलो र खुला क्षेत्र’ स्थापना गर्ने लक्ष्य राखेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top