चार्ज गरिएको आईफोन पड्किएर दुहबीमा आगलागी

१८ चैत ८१, बुधबार

२० चैत , विराटनगर ।

आधुनिक जीवनको एक अभिन्न हिस्सा बनेको आइफोन अहिले विश्वमा सबैभन्दा बढी माग गरिएको र महँगो स्मार्टफोन हो। यसको प्रत्येक नयाँ संस्करणको आगमनसँगै, प्रयोगकर्ताहरूको भिडले यसको लोकप्रियता र मूल्यको गहिराईलाई स्पष्ट रूपमा देखाउँछ।

तर, जब यो उत्कृष्टता असुरक्षित बनिदिन्छ, तब हामीले सावधान रहनु पर्छ। आज सुनसरीको दुहबीमा भएको एक घटनाले यस विषयलाई उजागर गरेको छ। चार्जमा राखिएको आइफोन १३ प्रो म्याक्स अचानक पड्किदा, आगलागी भएको छ।

Advertisement

प्रहरीको प्रारम्भिक अनुमानमा, यस आगलागीले ३ लाखभन्दा बढीको क्षति पुर्याएको छ। घरधनी दाहालले भने यसबाट करिब ७ लाखको क्षति भएको दाबी गरेकी छन् । सुनसरीको दुहबीमा आइफोन पड्किदा आगलागी भएको छ ।

सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ५ मा चार्जमा राखिएको आइफोन पड्किएर आज आगलागी भएको हो । बिहान करिब ९ बजेको समयमा दुहबी ५ निवासी उमा दाहालको घरमा आगलागी भएको छ ।

Advertisement

आगलागीको कारण भने आइफोन १३ प्रो म्याक्स चार्जमा राखेको बेला अचानक पड्किएर आगो लागेको घरधनी उमा दाहालले बताएको प्रहरीले जनाएको छ । आगो नियन्त्रण गर्न तत्काल दुहबी नगरपालिकाको बारुणयन्त्र सहितको टिम र इलाका प्रहरी दुहबीको टिम घट्ना स्थलमा पुगेको थियो ।

घटनास्थल तत्काल नियन्त्रण गर्दा जनधनको ठूलो क्षेति हुन नपाएको स्थानीयले बताएका छन् । यसअघि विभिन्न देशमा आइफोन पड्किएका घटना छन् । भारतमा २०१७ मा, एक आइफोन ७ चार्ज गर्दा अचानक पड्किएको थियो, जसले आगलागी भएको थियो ।

२०१८ मा, चीनमा आइफोन ६ चार्ज गरिराख्दा तापक्रम बढेर विस्फोट भएको थियो । यसबाट एकजनालाई गम्भीर घाइते भएका थिए । दक्षिण कोरियामा २०१६ मा, आइफोन ७ मा ब्याटरी समस्याका कारण आगलागीको घटना भएको थियो ।

अमेरिकामा २०१९ मा, आइफोन चार्जमा राख्दा पड्किएको थियो, जसले घरमा आगलागी भएको थियो । जापानमा २०१६ मा, चार्ज गर्ने क्रममा आइफोन विस्फोट भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top