NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी बुधबार अशोज १ , २०८२
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’ बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

तीनकुने प्रकरणमा कठघरामा गृहमन्त्री,मृतकका परिवारलाई १० लाख

बुधबार चैत्र २० , २०८१
Reading Time: 1 min read
A A
 रणमैदान बन्यो राजधानी, १० बजेसम्म कफ्र्यू
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० चैत , एजेन्सी ।

चैत १५ गतेको दिन संघीय राजधानीको तीनकुनेमा इतिहासले कहिल्यै नबिर्सने घटना घट्यो। राजावादी प्रदर्शनको रुप धारण गरेको भिड उग्र बन्यो, स्थिति नियन्त्रण बाहिर गयो र अन्ततः नेपाल प्रहरीले गोली चलाउनुप¥यो।

परिणाम दुई जनाले ज्यान गुमाए,दर्जनौँ घाइते भए तोडफोड र आगजनीबाट करोडौंको क्षति भएको छ । यो घटनाको छायाँ संसद्देखि सडकसम्म फैलिएको छ। सुरक्षाकर्मीमाथि अनावश्यक बल प्रयोगको आरोप छ, सरकारमाथि कमजोरी लुकाएको र दमन गरेको गुनासो छ भने यसको न्यायिक छानबिनको माग चर्किएको छ।

यही बेला नेपाल प्रहरीले उत्तेजित भिडलाई नियन्त्रणमा लिन तीनकुनेमा गोली चलाउनुपरेको स्पष्टीकरण दिएको छ । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा गोली चलाइएको घटनाबारे प्रहरीले आज पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार, प्रहरीले चैत १५ गते शुक्रबार दिउँसो २ः५४ बजे गोली चलाएको थियो । उनले अवस्थालाई नियन्त्रणमा लिन गोली चलाइएको बताएका छन् । सबै उत्तेजित भिडका कारण घटेको घटना हो ।

अवस्था नियन्त्रणमा लिन गोली चलाउनुपरेको हो । घटनाबारे जानकारी दिन बुधबार प्रहरी क्लब भृकुटीमण्डमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी आचार्यले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास हानेको आरोप खण्डन गरे ।

उनले अर्को ठाउँमा हानेको टियर ग्यास उछिट्टीएर मञ्चमा पुगेको हुन सक्ने बताए । उनले भने, ‘कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको छैन । कार्यक्रम सुरु हुनुभन्दा अगाडि राष्ट्रिय गान बज्दा टियर ग्यास हानेको भन्ने होइन ।

त्यो डिप फेक भिडियो हो । कार्यक्रम नै सुरु भएको छैन, कसरी राष्ट्रिय गान बज्छ ? एउटा पनि भिडिओ छैन जहाँ कार्यक्रम सुरु भइसकेको अवस्था देखिन्छ । राष्ट्रिय गान बजेको भनिएको छ त्यस्तो केही पनि होइन ।

झडप हुने क्रममा, टियर ग्यास हान्ने क्रममा त्यहाँ पनि पुगेको हो । एउटा टियर ग्यास एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छ । प्रहरी कम्फर्टेबल स्थितिमा थिएन । हतारोमा कहिलेकाहीँं एंगल मिल्दैन ।

आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको पनि उनले पुष्टि गरेका छन् । गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष छन् । गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत रहेको आचार्यले बताए ।

आचार्यका अनुसार आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भयो । यस्तै, टियर ग्यास ७४६ राउन्ड, ब्ल्यांक फायर १९२ पटक भएको थियो । दुईवटा गोली पेस्तोलबाट प्रहार भएको उनले बताए ।

प्रदर्शनकारीको आक्रमणमा परी ५५ नेपाल प्रहरी २३ सशस्त्र प्रहरी घाइते भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रहरीको बल प्रयोगबाट प्रदर्शनकारी ५३ जना घाइते भएको आचार्यले बताए ।

राजावादीले आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । पत्रकार सुरेश रजकको आगोमा जलेर र कीर्तिपुरका सविन महर्जनको गोली लागेर ज्यान गएको थियो ।

अनावश्यक बल प्रयोग गरेको भन्दै कतिपयले प्रहरीको आलोचना भइरहेको अवस्थामा सरकारले ज्यान गुमाएका २ जनाको परिवारलाई १०÷१० लाख दिने निर्णय गरेको छ । गृहमन्त्री स्तरीय बैठकले उक्त निर्णय लिएको उनको सचिवालयले जनाएको छ ।

दुबै जनाका परिवारलाई १०÷१० लाख रुपैयाँ दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सो रकम निकासाका लागि मन्त्रालयले अर्थलाई सिफारिस गरिसकेको छ ।
यता प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले चैत १५ गते को घटनाबारे सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरूले राजावादीको प्रदर्शनका भएको घटनाका विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि समितिले चैत २२ गते शुक्रबारको बैठकमा गृहमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।

बैठकमा सांसदहरूले चैत १५ गते शुक्रबार भएको घटनाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका थिए । साथै उनीहरूले उक्त घटनाको न्यायिक छानबिनसमेत माग गरेका छन् । कांग्रेस सांसद विश्वप्रकाश शर्माले तीनकुने घटनाको छानबिनका लागि सरकारले न्यायिक छानिबन समिति बनाउनुपर्ने बताए ।

उनले तीनकुने घटनामा सरकारको बुझाइ समितिसमक्ष आउनुपर्ने बताए । त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घटनामा सरकारको कमजोरी देखिएको भन्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

आफ्नै प्रहरीले घेरामा रहेका बेलामा दुर्गा प्रसाईंलाई समात्न नसक्ने र अहिले छिटो पक्राउ गर्छौं भन्दा कसैले पत्याउन नसक्ने टिप्पणी गरे । त्यस्तै राप्रपाका सांसद बुद्धिमान तामाङले १५ गतेको घटनामा एकपक्षीयरूपमा राजावादीप्रति खनिएको भन्दै निष्पक्ष न्यायिक छानबिनको माग गरे ।

राप्रपाका नेताहरू समेत उक्त प्रदर्शनमा जाने तयारी गरेपनि दुर्गा प्रसाईंको फोटो देखेपछि नगएको तामाङको भनाइ छ । प्रहरीले खण्डन गरेपनि कार्यक्रम सुरू नहुँदै मञ्चमा अश्रुग्यास प्रहार गरेको देखिएको सांसद तामाङले बताएका छन् ।

यता शुक्रबार भएको राजावादीको प्रदर्शनमा घाइते भएका सबै ५४ जना प्रहरी कर्मचारी अस्पतालबाट डिस्चार्ज भएका छन् । सामान्य उपचारपछि उनीहरु डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराले बताएका छन् ।

घटनामा घाइते भएका ५४ जना आन्दोलनकारीमध्ये ४१ डिस्चार्ज भइसकेका छन् । गोली र गोलीको छर्रा लागेका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता बोहराले बताएका छन् । चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा घाइते भएकी रेबिका क्षेत्रीको स्वास्थ्य अवस्था जटिल रहेको छ ।

सिभिल अस्पतालमा उपचार उनी हल्का बोल्न सक्ने अवस्थामा छिन् । रेबिकामाथि प्रहरीले गोली हानेको विषयलाई लिएर ब्यापक आलोचना भइरहेको छ । यी घटनामा सम्लग्नताको आरोपमा प्रहरीले ५ दर्जन ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।

जसमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ,महामन्त्री धवलशम्शेर जबरा सहित रहेका छन् । प्रहरीले मुख्य आरोपी मानेका १५ गतेको आन्दोलनका जनकमाण्डर बनाइएका दुर्गा प्रसाईं भने अहिलेसम्म प्रहरीको नियन्त्रणमा आउन सकेका छैनन्

Tags: #टियर ग्यास#तीनकुने प्रकरण

लोकप्रीय

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

विचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

थप समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी
ताजा समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’
अन्तर्राष्ट्रिय

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.