मोदीलाई फेरि नेपाल भ्रमणको निम्तो, ओलीलाई आएन

२२ चैत , काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बहुप्रतिक्षित मानिएको भेटवार्ता थाइल्याण्डमा भएको छ। नेपालले निक्कै लामो समयदेखि प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि कुटनैतिक प्रयास गरेपछि निम्ता नआइरहेको अवस्थामा साइडलाइन वार्तामै भएपनि प्रधानमन्त्री द्वयबीच भेटवार्ता भएको छ ।

शुक्रबार अपराह्न भएको भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले भेटघाट फलदायी भएको उल्लेख गरेका छन्। ‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग बैंककमा भेटवार्ता फलदायी भयो, हामीले भारत–नेपाल सम्बन्धका विभिन्न पक्षहरूमा छलफल ग¥यौं,’ भेटवार्ताको तस्बिर सामाजिक सञ्जालमा राख्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषामै भनेका छन्।

Advertisement

उनीहरूबीच कनेक्टिभिटी, ऊर्जा, सूचना प्रविधिलगायत विभिन्न क्षेत्रहरूमा रहेर कुराकानी भएको थियो। उनीहरूले बिमस्टेक शिखर सम्मेलनका उपलब्धि विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रबारे पनि कुराकानी गरेका थिए। मोदीले लेखेका छन्, बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेटघाट भयो।

भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिन्छ। हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरूमा छलफल गर्यौं, विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा।

Advertisement

हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू, विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं।प्रधानमन्त्री ओली र भारतीय समकक्षी द्र मोदीबीच थाइल्यान्डको राजधानी बैंककमा ३५ मिनेट एक्लाएक्लै वार्ता भएको थियो ।

भेटवार्ताका लागि मोदी बसेको ओरियन्टल होटलमा ओली पुगेका थिए । सो भेटमा दुवै पक्षबाट कोही पनि अरु अधिकारी सहभागी भएका थिएनन् ।भेट सकेपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बैंककमा आफ्ना मित्र भारतीय प्रधानमन्त्री मोदीसँग सौहार्द संवाद भएको उल्लेख गरेका छन् ।

ओलीले लेखेका छन्, ‘मित्र भारतीय प्रधानमन्त्री मोदीजीसँग न्यानो संवाद भयो । दुईपक्षीय छलफल रचनात्मक र अर्थपूर्ण भएको छ । यो आपसी विश्वासका लागि मेरो धन्यवाद ।’ भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गरेका छन् ।

मोदीले काठमाडौं आउन सक्दो कोसिस गर्ने भन्दै निम्ताका लागि ओलीलाई धन्यवाद दिएका छन् । तर ओलीलाई मोदीको भारत भ्रमणको अपेक्षाकृत निम्तो भने आउन सकेन् । अहिलेसम्म न मोदीलाई नेपाल भ्रमण गराउने प्रयास सफल भएको छ न त ओलीले भारत भ्रमणको निम्तो पाएका छन्।

यसबीचमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तीनपटक भारत गइसकेकी छन्। दुई प्रधानमन्त्रीबीचको ‘चिसोपना’ मेटाउन राणाका यी भ्रमण फलदायी हुन सकिरहेका छैनन्। नेपालमा ओली प्रधानमन्त्री भएको साढे ८ महिना भएको छ ।

तर, अहिलेसम्म ओलीले भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट भारत भ्रमणको निमन्त्रणा पाएका छैनन् । यसअघि पुष्पकमल दाहाल र त्यसअघि शेरबहादुर देउवाले भारत भ्रमणको अवसर पाएका थिए ।

ओलीको भारत भ्रमण हुन नसक्नुलाई भारतसँगको सम्बन्धमा चिसोपन आएको रूपमा हेरिँदै आएको छ । त्यसकारण पनि थाइल्यान्डमा ओली र मोदीको भेटलाई बहुप्रतिक्षित भेटघाटका रूपमा हेरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top