२४ चैत ,काठमाण्डौ ।
केही दिनदेखि देशको संघीय राजधानी काठमाडौँ अस्तव्यस्त सहरमा परिणत भएको छ । एकातिर एक सातादेखि विश्वकै प्रदूषित सहर बनेको छ भने अर्को तिर सडकमा दैनिक हुने अनेक थरी आन्दोलनले थिलथिलो बनेको छ ।
आगलागी, धुलो र गाडीबाट निस्कने धूवाँका कारण काठमाडौँको हावा साता दिन यता प्रदूषित बनेको छ । काठमाडौँको वायुले खतरनाक तह पार गरेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र काठमाडौँ महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
एकातर्फ सास नै फेर्न नसक्ने अवस्था ब्यहोरिरहेका राजधानीबासी अर्कोतर्फ दैनिक हुने सडक आन्दोलनले घरबाट वाहिर निस्कन समेत सक्ने अवस्थामा छैनन् । आफ्नो स्वास्थ्यलाई जोखिममा हालेर मास्क लगाएरै भएपनि दैनिकीमा निस्कने राजधानीवासी कति बेला कसको आन्दोलनको निशानामा पर्छन भन्ने थाहा नै हुदैन् ।
सडकमा आन्दोलन नै आन्दोलन चलिरहेका छन् । प्रहरीले असुल ग्याँस र गोली समेत चलाउँछ । त्यसमा पनि आन्दोलनकारी भन्दा बटुवा निशानामा पर्दछन् ।दैनिक जसो हुने सडक आन्दोलनले दैनिक ज्यालादारी गरी पेट पाल्नेहरूलाई मात्र हैन सबै खाले व्यवसाय गर्नेलाई निकै असहज बनाएको छ ।
सत्ता स्वार्थका लागि हुने यस्ता आन्दोलनहरुले हरेक पटक जनतालाई पिडामाथि पिडा थप्ने गर्दछन् । विद्यार्थीहरूका पढाइ बन्द भएका छन् भने बिरामीहरू अस्पतालसम्म पनि पुग्न पाउँदैन । घर बाहिर निस्केको सदस्य साँझ घर फर्कने हो कि हैन् भन्ने चिन्ता सबै राजधानीबासीहरूलाई छ ।
एक तर्फ सडकमा दैनिक घण्टौँ जाममा बस्नु पर्ने बाध्यता छ भने अर्को तर्फ स्थानीय प्रशासनलाई सुरक्षा व्यवस्था मिलाउने बेग्लै तनाव छ । वास्तवमा यस पटकको चैत महिना आन्दोलनमय नै बनेका छ ।
गणतन्त्रवादी र राजावादी मात्र हैन चक र डस्टर समाएर कक्षा कोठामा हुनु पर्ने गुरुहरुपनि हजारौँको सङ्ख्यामा काठमाण्डौका सडकमा प्रदर्शन गरी रहेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले आज पनि प्रदर्शन गरिरहेका छन् ।
आइतबार उनीहरूले ¥यालीका क्रममा सिठी फुकेर सरकार र राजनीतिक दलहरूको ध्यान खिच्ने प्रयास गरेका छन्। त्यसका अलवा कुलमान घिसिङलाई न्याय दिलाउनका लागि निस्कने जुलुसदेखि रैथाने चाडपर्वले समेत राजधानीका सडकमा यात्रा गरिसक्नु छैन ।
गणतन्त्रको पक्षमा भन्दै एमालेले केही दिन अघि मोटरसाइकल ¥याली निकाल्यो । फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि भन्दै सडकमा हजारौं मानिसहरु उत्रिए माओवादी, नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी आबद्ध चार दलीय मोर्चाले चैत १५ गते राजावादीको शक्ति प्रदर्शनलाई ‘काउन्टर’ दिन काठमाडौँमा बृहत् विरोध सभाको ग¥यो ।
दुर्गा प्रसाईँ नेतृत्वको समूह पनि सनातन हिन्दु राष्ट्र तथा राजतन्त्र फर्काउन भन्दै चैत्र १५ गते तीनकुनेमा प्रदर्शनमा उत्रियो । प्रदर्शन एकाएक हिंसात्मक बनेपछि तीनकुनेदेखि कोटेश्वरको भाटभटेनी हुँदै जडीबुटी क्षेत्रसम्म रणभूमि नै बन्यो ।
२ जनाको ज्यान गयो धेरैलाई गोली लाग्यो । धेरै घाइते भए । प्रदर्शनका मुख्य आयोजक प्रसाईँ आज सम्म फरार छन् । प्रहरीले उनको खोजी तीव्र बनाएको वताएपनि फेला पार्न सकेको छैन ।आइतबार पनि विद्युत् प्राधिकरणको निर्देशकबाट निकालिएका घिसिङको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ ।
कुलमानलाई पुनर्बहाली गर्नुपर्ने उनीहरूको माग छ । घिसिङलाई कार्यकारी राष्ट्रपति बनाउनु पर्ने लगायतका माग राख्दै समर्थकहरू सडकमा आएका छन् । राप्रपा नेपालले देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना र प्रदर्शन गर्याे ।
राप्रपाले चैत्र २६ गते हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापना लागि काठमाडौँमा बागमती स्तरीय बृहत् जनप्रदर्शन गर्ने तयारी गरेको छ । हुन त यस अघिका विभिन्न आन्दोलनहरुपनि चैत्र महिनामा नै भएका देखिन्छ ।
२०३५ साल चैतमा सुरु भएको विद्यार्थी आन्दोलन चर्कँदै जाँदा २०३६ जेठ १० गते राजा वीरेन्द्र निर्विकल्प भनिएको निर्दलीय पञ्चायती व्यवस्थाबारे जनमत सङ्ग्रह घोषणा गर्न बाध्य भएका थिए ।
त्यस्तै २०४६ साल फागुन ७ गतेदेखि पञ्चायती व्यवस्थाविरुद्ध काँग्रेस र तत्कालीन संयुक्त वाम मोर्चाले प्रारम्भ गरेको संयुक्त जनआन्दोलन चैत महिनामा उत्कर्षमा पुगेको थियो । जनआन्दोलनको दबाब थेग्न नसकेपछि चैत २६ गते निरङ्कुश पञ्चायती सत्ताले घुँडा टेकेको र बहुदलीय व्यवस्था पुनस्र्थापना भएको थियो ।
२०६२ सालको चैत २४ गतेबाट प्रारम्भ गरिएको जनआन्दोलनले १९ औँ दिनमा राजा ज्ञानेन्द्रको स्वेच्छाचारिता समाप्त गरेको थियो । २०६२ साल मङ्सिर ७ गते तत्कालीन विद्रोही माओवादी र सांसदवादी सात दलबिच १२ बुँदे सहमति भएको थियो ।
सोही आधारमा २०६२ साल चैत २४ गतेबाट सुरु भएको जनआन्दोलन वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले संसद् पुनस्र्थापना भएको घोषणा गरेपछि टुङ्गिएको थियो । अब २०८१ को चैत्रमा राजतन्त्र पुनःस्थापनाको आवाज उठ्दै गर्दा यो आन्दोलन कुन मोडमा पुग्छ, त्यो अहिले नै भन्न कठिन छ ।
तर सत्य यो हो , जनता जागेका छन्, सडक तातिएको छ र सत्ता फेरि एकपटक प्रश्नको घेरामा छ।