२४ चैत , विराटनगर ।
डोनाल्ड ट्रम्पको ट्यारिफ वारले विश्वभर आर्थिक हाहाकार जस्तै स्थिति बनेको छ । एटलांटिकदेखि प्रशांत क्षेत्रसम्म खलबली मचिएको छ । अब त विश्वव्यापीकरण भन्ने कुरै नरहेको समेत टिप्पणी गर्न थालिएको छ ।
यसैलाई लिएर बेलायती प्रधानमन्त्री केयर स्टार्मरले सोमबार ठूलो घोषणा गर्न लागेका छन् । उनले विश्वव्यापीकरणको युगको अन्त्यको घोषणा गर्न सक्ने अन्तर्राष्ट्रिय मिडियाहरुले लेखेका छन् ।
सन् १९९१ मा सोभियत सङ्घको पतनपछि विश्वमा विश्वव्यापीकरण सुरु भएको थियो । विगत केही दशकमा विश्वव्यापीकरण फस्टाएको छ र यसले विश्वभर बजारहरू खोलेको छ । तर, ट्रम्पले पारस्परिक भन्सार लगाउने घोषणा गरेर विश्वव्यापी अर्थतन्त्रमा अनिश्चय उत्पन्न गराएका छन् ।
स्टार्मरले सोमबार विश्वव्यापीकरणको अन्त्यको घोषणा गर्न सक्नेछन् । ट्रम्पको कर लगाउने निर्णयबाट स्टार्मर निराश भएका छन् । यो नयाँ युगको सुरुवात हुनसक्छ भन्ने विश्वास उनको छ ।
अतिरिक्त भन्सार महसुल लगाएपछि विभिन्न देशहरूले आफ्नो उत्पादन क्षमता र घरेलु उत्पादन बढाउनमा ध्यान केन्द्रित गर्न सक्छन् । स्टार्मरले झैँ बेलायती बहुराष्ट्रिय बैंक एचएसबीसीका प्रमुखले पनि विश्वव्यापीकरणको युग समाप्त भएको भविष्यवाणी गरेका छन् ।
ट्रम्पको आक्रामक व्यापार नीतिले विश्वलाई साना समूहहरूमा विभाजित गर्न सक्ने गत महिना हङकङमा भएको लगानी सम्मेलनमा पनि चर्चा भएको थियो । अब यसैकारण विश्वमा नयाँ समीकरण देखिन थालेको छ ।
संगै थप एक परिवर्तनको आवाज स्पष्टरुपमा सुनिन थालेको छ । त्यो के भने अब विश्व सामरिक रुपमा पनि बदलावको मोडमा पुगेको छ । खासमा, ट्रम्प सरकारको निर्णयले अमेरिकाका दुई परंपरागत मित्र देश जापान र दक्षिण कोरियाको अवस्था नाजुक छ ।
अमेरिकाले यी दुई देशहरुलाई जहिले, जस्तोसुकै अवस्थामा र हरेक परिस्थितिमा साथ दिदै आएको छ, तर अब ट्रम्पका नीतिहरुले सबैकुरा परिवर्तन हुन पुगेको छ । यस्तोमा बद्लििदो परिस्थितिमा जापान र दक्षिण कोरियालाई अब आफ्नो रणनीतिमा बदलाव गर्न बाध्य पारेको छ ।
तर जापान र दक्षिण कोरिया जस्तो भूगोलमा छन्, जहाँ अहिलेको अवस्थामा परिवर्तन हुनासाथ यी देशमाथि नै संकट आइलाग्न सक्छ । किनभने यीनको छिमकमा उत्तर कोरियाले सधैंको त्राहिमामको स्थिति बनाएको छ ।
अर्कातिर समुन्द्रसहित केही विषयलाई लिएर चीन र जापानबीच पनि सम्बन्ध राम्रो छैन । यद्यपि ट्रम्पको पछिल्लो घोषणाका कारण चीन, जापान र दक्षिण कोरियाको नयाँ समीकरण बन्ने चर्चा पनि छ ।
तर यी सबका बीच, उत्तर कोरियाका नेता किम जोंग उनले मिलिट्री बेसको भ्रमण गरेर एकाएक टोक्योदेखि सियोलसम्मको निन्द्रा उडाइदिएका छन् । उत्तर कोरियाको सरकारी न्यूज एजेंसी केसीएनएका तर्फबाट शनिवार दिइएको जानकारीका अनुसार, किम जोंग उनले शुक्रवार कोरियन पीपुल्स आर्मीको मिलिट्री ट्रेनिंग बेस स्थित स्पेशल अपरेशन यूनिट्सको भ्रमण गरेका छन् ।
किम जोंग उनले अब्जर्भेशन पोस्ट पुगेर जनरल टेक्टिकल ट्रेनिंग र स्मल–आम्र्स शूटिंग कन्टेस्टको अवलोकन गरेका थिए । वास्तवमा उत्तर कोरियाको स्पेशल अपरेशन यूनिट्स खास अभियानका लागि परिचित छ ।
यस्तो बेला, जब अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरुका कारण धेरै कुराहरु उथलपुथल भएका छन्, यहीबेला किम जोंग उनको स्पेशल अपरेशन यूनिटको भ्रमण कुनै सामान्य घटना मान्न सकिदैन ।
नर्थ कोरियन नेताको यो कदमपछि जापान र दक्षिण कोरियाको कान ठाडा भएका छन् । तर किमको सैन्य बेस भ्रमणले ठूलै संकटको संकेत गरेको हो वा होइन यो आउने समयले नै बताउने छ । केसीएनएको रिपोर्टका अनुसार, किम जोंग उनले भने कि स्पेशल अपरेशन यूनिटलाई बलियो बनाउनु वर्तमानमा आर्मी स्ट्राटेजीकै एक प्रमुख हिस्सा हो ।
किमले अगाडि भने, स्पेशल अपरेशन यूनिट्सलाई बलियो बनाउनु वर्तमान सैन्य रणनीतिको एक महत्वपूर्ण हिस्सा हो र किम जोंग उनले आफ्नो अपरेशनल क्यापासिटीलाई बढाउने उद्देश्यले कयौं प्रमुख कार्यहरुको रूपरेखा पनि तैयार पारेका छन् ।
केसीएनएले ती प्रमुख कार्यहरुको विवरण भने दिएको छैन । तर किमले एक स्नाइपर राइफलका परीक्षण पनि गरेको उसले लेखेको छ, जुन स्पेशल अपरेशन यूनटिलाई दिइने छ। उत्तर कोरियाली प्रविधिद्वारा विकसित स्नाइपर राइफल प्रदर्शन र शक्तिमा किमले संतोष पनि व्यक्त गरे ।
यसमा यता दक्षिण कोरियाले भनेको छ कि उत्तर कोरियाको स्पेशल यूनिट्स ती हजारौं सैनिकहरुमध्येमा छ जसलाई प्योंगयांगले यूक्रेन युद्धमा लड्नका लागि रूसमा तैनात गरेको छ । विश्लेषकहरुको भनाइ छ कि उत्तर कोरियाले युद्धको मैदानमा अपरेशनल एक्सपीरिएंसको आधारमा हतियार र सैनिक उपलब्ध गराएर लाभ उठाउन सक्छ ।
यता किभको भनाइ छ कि उनीहरुले भारी नोक्सानी उठाउनु पर्ने हुनसक्छ । मस्को र प्योंगयांगले शुरूमा तैनाथीको रिपोर्टहरुलाई खारेज गरेका थिए, तर अक्टूबर २०२४ मा रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले उत्तर कोरियाली सैनिक रूसमा रहेको अस्वीकार गरेनन् र उत्तर कोरियाली अधिकारीले पनि यी कदमहरु वैध हुने बताएको थियो । यसबारे तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नु होला ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।