रविलाई आजै भैरहवा कारागार पठाउने

२३ चैत ८१, सोमबार

२५ चैत , काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई आज रूपन्देही प्रहरीले अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले बताएका छन् ।

उनका अनुसार लामिछानेलाई अदालत उपस्थित गराई प्रक्रिया पूरा गरेपछि आजै थुनामा पठाइनेछ । सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो ।

Advertisement

जिल्ला अदालतले त्यसअघि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश गरेको थियो । उक्त आदेशलाई बदर गरी साधारण तारेखमा छुट्ने आदेशको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

उच्चले जिल्लाको आदेश उल्ट्याएर थुनामा पठाउन भनेपछि शुक्रबार लामिछानेलाई काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गरी रूपन्देही पठाइएको थियो । शनिबार र आइतबार उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

Advertisement

दुई दिन बिदा परेकाले बाँकी प्रक्रिया आजदेखि मात्रै सुरू हुने भएको हो । उनलाई आजै भैरहवा कारागार लगिने छ । उच्च अदालत तुलसीपुरले सहकारी ठगी प्रकरणमा लामिछानेले ‘थाहा छैन’ भनेको कुरा पत्याउन लायक नभएको निष्कर्ष निकालेको छ ।

शुक्रबार न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्लाको आदेश बदर गर्दै लामिछानेले ठगीका विषयमा दिएका बयान पत्यार योग्य नभएको निष्कर्ष निकालेको हो ।

लामिछाने गोरखा मिडिया नेटवर्कको शेयर सदस्य, प्रबन्धन निर्देशक भएर आफ्नै हातले खर्च गरे पनि स्रोतबारे जानकारी नभएको भन्दै दिएको बयान पत्याउनै नसकिने निष्कर्ष निकालेको छ ।

आदेशमा भनिएको छ, ‘यी प्रतिवादी समेतको संगठित मिलेमतोमा गोर्खा मिडिया प्रालिमा आएको, गोर्खा मिडिया प्रालि कानुनी व्यक्ति रहेकोमा यसले सहकारी सस्थाबाट ऋण लिन कानुनी रुपमा नपाउनेमा प्रतिवादी समेतको जानकारी, योजना र सक्रियतामा सहकारीसस्थावाट रकम ल्याइएको, यी प्रतिवादी गोर्खा मिडियाको कर्मचारी नभई संचालक, शेयर धनी र प्रबन्ध निर्देशक रहेको देखिएकोमा निजले सो रकम चेक काटी संस्थाको आर्थिक कारोवार गरेकोमा सहकारीबाट के कसरी रकम आएको हो भनी आफूलाई थाहा नभएको भनी गरेको बयान र सो सम्बन्धमा अरु प्रतिवादीलाई दोष थुपार्ने गरी दिएको, अभिव्यक्ति प्रथम नै पत्यार लायक देखिँदैन।’

त्यस्तै अदालतले सहकारीबाट लामिछानेको गोरखा मिडिया नेटवर्कको खातामा मात्रै नभइ लामिछानेको खातामा पनि अवैधानिक रुपमा पैसा आएको पाइएको जनाएको छ । उच्चको आदेशविरुद्ध रविपक्षका वकिलहरु सर्वोच्च जाने तयारीमा रहेको रविको सचिवालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top