NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

खाली भयो राष्ट्र बैंक, नयाँ गभर्नर को ?

सोमवार चैत्र २५ , २०८१
Reading Time: 1 min read
A A
ठूलो बजेट ल्याउने होड, १९ खर्बको बजेट ल्याउने ,नेपालको सुवर्ण बजेट कुन हो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ चैत , काठमाण्डौ।

२०७६ चैत २५ मा नेपाल राष्ट्र बैंकको गभर्नरको पदभार सम्हालेका महाप्रसाद अधिकारी २०८१ चैत २४ मा ५ वर्षे कार्यकाल पूरा गरेर बिदा भइसकेका छन् । आइतबार सार्वजनिक बिदा भएका कारण गभर्नर अधिकारी शुक्रबार नै राष्ट्र बैंकबाट बिदा भए ।

यता सरकारले भने नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाए पनि नयाँ गभर्नर नियुक्त गरेको छैन । ऐनअनुसार १ महिना अघि नै गभर्नर नियुक्त गरी सो को जानकारी सूचना प्रकाशित गरी गराउनु पर्ने व्यवस्था छ ।

LS Auto

यस्तै सरकारले महाप्रसाद अधिकारीलाई नै अर्को एक कार्यकालको लागि गभर्नर नियुक्त गर्नसक्ने व्यवस्था पनि ऐनले गरेको छ । तर त्यसका लागि हिजै सरकारले निर्णय गर्नु पथ्र्यो । तर हिजोसम्म गभर्नर नियुक्त हुनु पर्ने भएपनि अर्को गभर्नर नियुक्त नहुँदासम्मको लागि कायम मुकायम गभर्नरको जिम्मेवारी तोक्नुपर्ने थियो, त्यो पनि सरकारले गरेन।

यहाँसम्म कि राष्ट्र बैंक गभर्नरविहीन बनिसक्दा पनि सिफारिस समितिले पहिलो बैठकसमेत राख्न सकेको छैन । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिको अहिलेसम्म पहिलो बैठक नै बस्न नसकेको हो ।

मन्त्रिपरिषद्ले चैत १८ गते अर्थमन्त्री पौडेल संयोजक रहने गरी पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेललाई सिफारिस समिति सदस्यमा नियुक्त गरेको थियो । गभर्नर पद खाली नराख्न कार्यकाल सकिनु एक महिनाअगावै सरकारले नयाँ नियुक्तिको काम अगाडि बढाउनुपर्नेमा सोहीअनुसार गभर्नर बनाउन दलहरूले आन्तरिक सक्रियता देखाए पनि सरकारले एक हप्ताअगाडि मात्र समिति गठन गरी औपचारिक रूपमा नियुक्ति प्रक्रिया थालेको थियो ।

ढिलो गरी नियुक्ति प्रक्रिया सुरु गरिए पनि समिति बनेको एक हप्ता बितिसक्दा समेत संयोजक रहेका अर्थमन्त्री पौडेलले बैठक नै नडाकेका हुन् । यद्यपि आज भने समितिले गभर्नर सिफारिस गर्ने बताइएको छ ।

जसको आधारमा आज दिउँसो बस्ने मन्त्रीपरिषद् बैठकले नयाँ गभर्नर नियुक्त गर्ने सम्भावना छ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको मन्त्रिपरिषद्ले गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको एक मन्त्रीले बताएका छन् । अहिले सत्ता साझेदार दलहरू भावी गभर्नरको भागबण्डामा आन्तरिक रूपमा लागेका छन् । तर उनीहरुबीच यसबारे निर्णय हुन नसकेपछि अर्थमन्त्रीले बैठक नबोलाएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार मन्त्रिपरिषद्द्वारा गठित गभर्नर सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा सिफारिस गर्नुपर्छ । जसमा गभर्नरमा डेपुटी गभर्नर नीलम ढुंगाना र कार्यकारी निर्देशक गुणाकर भट्ट मुख्य उम्मेदवारको सूचीमा छन् ।

राष्ट्र बैंककै हाल सञ्चालक सदस्य रवीन्द्र पाण्डे र पूर्वमूख्यसचिव राजेन्द्र किशोर क्षेत्री पनि कसरतमा छन्। तर शीर्ष नेता नै तयार नभएपछि स्वार्थ समूहले बोकेका भनिएका क्षेत्री पछाडि परेका छन्। कांग्रेसको एउटा पक्षले प्रयास गरेपनि पाण्डेलाई गभर्नर बनाउन प्रधानमन्त्री र अर्थमन्त्री तयार छैनन् ।

नीलमलाई गभर्नर बनाउन स्वार्थ समूहको समेत पहलमा प्रधानमन्त्री स्वयं लागिपरिरहेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवा गुणाकरको पक्षमा छन् । त्यसो त राष्ट्र बैंकका अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र, भर्खरै राजीनामा दिएर गभर्नरको दौडमा आएका राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश कुमार श्रेष्ठ र नबिल बैंकको सीईओबाट राजीनामा दिएर गभर्नर बन्न कस्सिएका ज्ञानेन्द्र ढुंगाना पनि दाबेदारको रूपमा छन् ।

एमालेको सुरुको प्रस्तावमा रहेका डा प्रकाश कुमार श्रेष्ठलाई कांग्रेसले नमान्दा प्रधानमन्त्री र अर्थमन्त्री नीलमको पक्षमा उभिएको बताइएको छ । जसमा कांग्रेस पनि अन्तमा सहमत हुन सक्नेछ ।

यदि कांग्रेसकै सिफारिसअनुसार गभर्नर नियुक्त हुँदा गुणाकर भट्टले बाजी मार्न सक्ने देखिएको छ । यस्तो गञ्जागोलका बीच कांग्रेसकै सांसद डा. शेखर कोइरालाले भने अहिले राष्ट्र बैंकको गभर्नर बनाउन बिचौलियाहरू सक्रिय भएको गुनासो गरेका छन् ।

उनले भने ’अहिले हामी सबैले सुन्दैछौँ एउटा कुरा– हुँदा हुँदा राष्ट्र बैंकको गभर्नर बनाउन पनि बिचौलियाहरू चलखेल गर्दैछन् । त्यो हो भने म त वार्न गर्दछु सरकारलाई,’ उनले भने, ’यस्तो भए सरकारको लागि त दुर्भाग्य हुन्छ नै । नेपालको लागि नै दुर्भाग्य हुन्छ । यो अत्यन्त गम्भीर विषय हो । देशको अर्थतन्त्रसँग यसरी खेल्ने, मजाक गर्ने अधिकार उहाँहरू कसैलाई पनि छैन । त्यसपछि उहाँहरूले के भन्नुभयो भने हामी सुशासन दिन्छौँ, भ्रष्टाचार न्यूनीकरण गर्छौं भन्नुभयो। सुशासन कस्तो अवस्थामा छ, मैले भनिरहनु पर्दैन । औचित्य हामीले सावित गर्न सकिरहेका छैनौँ। उपायहरू छ त्यसको लागि राजनीतिक इच्छाशक्ति नेताहरूमा, नेतृत्वमा हुनुपर्छ ।

Tags: #नयाँ गभर्नर को ?#राष्ट्र बैंक

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.