‘एकीकरण पदयात्रा’मा निस्किदै नेपाली सेना

२३ चैत ८१, सोमबार

२५ चैत , काठमाण्डौ।

नेपाली सेनाले तेस्रो ऐतिहासिक ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ शुरु गर्दैछ । नेपाली सेना, स्थानीय तह र नागरिकको समन्वयमा यही चैत्र २८ गतेदेखि पदयात्रा शुरु गर्न लागिएको दि फेमस महेन्द्र दल गणले जनाएको छ ।

गोरखाबाट शुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुँदै पाल्पाको रामपुरमा वैशाख २ गते पुग्ने र पाल्पाको टोलीले रुपन्देहीलाई हस्तान्तरण गरेपछि जितगढी पुगेर समापन हुने गणपति प्रमुख सेनानी भूपेन्द्र गुरुङ्गले जानकारी दिएका छन् ।

Advertisement

यात्राले गढी, किल्ला, दरबार तथा एकीकरणको क्रममा प्रयोग भएका मार्गहरू पहिचान गरी, संरक्षण, संवद्र्धन र विकास गर्न सघाउ पुग्ने विश्वास लिइएको छ । सेनाले विसं २०७९ देखि गोरखा दरबार जितगढी एकीकरण मार्गमा पदयात्रा शुरु गरेको थियो ।

यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा स्थापना गरेका पाँच पल्टन पुरानो गोरख, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ र जितगढीको लडाइमा भाग लिएका गुरुबक्स पल्टनका ५३ जनाको टोली सहभागी हुनेछन् ।

Advertisement

गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई उज्यालोको प्रतिकस्वरुप टर्च हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पदयात्राका संयोजक सेनानी जितबहादुर कार्कीले बताएका छन् ।

नेपाल र तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनीबीच भएको लडाइमा विजय प्राप्त गरेको दिन वैशाख ७ गते लाई विजय उत्सवको रूपमा मनाउँदै आइएको छ ।

नेपाल अङ्ग्रेज युद्धको क्रममा रुपन्देहीस्थित जितगढी किल्लामा भएको लडाइमा विजय प्राप्त गरेको दिनलाई वर्तमान समयमा स्मरणीय बनाउन नेपाल सेना र बुटवल उपमहानरपालिकाले हरेक वर्ष वैशाख ७ गते विजय उत्सव दिवसका रूपमा मनाउँदै आएको छ ।

पदयात्रमा नेपाली सेन, स्थानि, सम्बन्धीत पालिकाका जनप्रतिनिधि र कर्मचारीको सहभागितामा पञ्चेबाजा, नेपाली सेनाको ब्यान्डमा नाच्दै गाउँदै भव्य रुपमा उत्सव गरि मनाउँदै आईएको छ । जितगढी किल्लामा विसं १८७२ वैशाख ७ गते नेपालसँग हारेपछि अङ्ग्रेज सेना फिर्ता भएका इतिहासका जानकारशरु बताउँछन् ।

नेपाली सेनाले सैनिक नागरिक सम्बन्धको सुमधुर सम्बन्धलाई कायम गरि थप बिस्तार गर्न पदयात्राले सहयोग पुग्ने भएकोले पायक पर्ने ठाउँहरुमा सेनासँगै पदयात्रा कार्यक्रममा सहभागी हुन,स्थानीय नागरिक, समुदाय, टोलक विकास संस्था, विद्यालय अन्य संघसंस्थालाई आग्रह समेत गरेको छ ।

तत्कालिन समयमा राज्य एकिकरणको क्रममा प्रयोग भएका सम्पादहरु गण, किल्ला, मार्ग देखि नेपाल–अंग्रेज युद्ध र नेपाली सेनाको विरासतसँग जोडिएका ऐतिहासिक दस्ताबेज, महिमालाई नयाँ पुस्ता माझ पुर्नताजगी गराउन पदयात्राले सहयोग पुग्ने अपेक्षा सरोकारवालाहरुले गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top