राप्रपालाई सभा गर्न सरकारले भृकुटीमण्डप दिएन

२३ चैत ८१, सोमबार

२५ चैत , काठमाण्डौ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनःस्थापनाका लागि भृकुटीमण्डपमा गर्ने भनिएको भोलिको आमसभा बल्खुमा गर्ने भएको छ । प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि बल्खुमा गर्ने भएको हो ।

प्रशासनले बल्खु वा सिफलमा आमसभा गर्न भनेको थियो । राप्रपाले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ २६ गते भृकुटीमण्डपमा जनप्रर्दशन गर्नका लागि चैत २२ गते नै अनुमति मागेको थियो ।

Advertisement

प्रवक्ता मोहनकुमार श्रेष्ठले आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘भोलि चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ।

प्रशासनले सुरक्षाको कारण देखाउदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो । सरकारको रवैयाबाट बुझौं– हाम्रो आन्दोलनले उचाई लिदैंछ । आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔं ।

Advertisement

यता राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकार आफूहरुको आन्दोलनबाट डराएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, यी भ्रष्टहरूको देशप्रेम र राष्ट्रियता हराएको। लुटतन्त्रका सरदार नाइकेहरू कति डराएको ।

जाबो एउटा कार्यक्रमको डरले थुरथुर कापेर अनुमति नै दिएका छैनन् तर पनि राप्रपाको कार्यक्रम रोकिँदैन। २६ गते राष्ट्रिय झण्डासहित एकजुट बन्ने हो युवा बेच्ने ,देश बेच्ने ,सानादेखि ठूलासम्म भ्रष्टाचारका काण्ड मच्चाउने भ्रष्टाचारीका देशद्रोहीका विरुद्ध बिगुल फुक्ने हो।

हिजो मात्रै उनले नेपाली कांग्रेसले कुन कित्तामा उभिने हो भन्ने स्पष्ट गर्नुपर्ने बताएका थिए । राप्रपा दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई राष्ट्रवादी कि आतंकवादी कुन कित्ता रोज्ने हो भनेर प्रश्न उठाए ।

‘कांग्रेस कुन कित्तामा उभिने हो, कांग्रेसले क्लियर गरोस्’, उनले भने, ‘देशमा राष्ट्रवादी र आतंकवादी दुई कित्ता छन् । कुन रोज्ने हो, कांग्रेसले रोजोस् ।’ शाहीले कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई चुनौती पनि दिए । शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको निहुँमा झूटा मुद्दा लगाउने प्रयास भए आफूहरू चुप नबस्ने उनले चेतावनी दिए । ‘झूटा मुद्दा लगाए हामी चुप लाग्दैनौं । नभए ‘जेल भर’ अभियान चलाउँछौं’, शाहीले भने ।

उनले अब जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री छान्न पाउनुपर्ने धारणा पनि राखे । उनले भनेका छन्, ‘प्रधानमन्त्रीलाई सबैले भोट हाल्ने व्यवस्था चाहिन्छ’ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजतन्त्र र प्रजातन्त्र सँगसँगै जानसक्ने उदाहरण विश्वमा प्रशस्त रहेकोले यहाँ पनि त्यो जरुरी रहेको बताए ।

अब परिवर्तनको पक्षमा उभिने बेला आएको बताउँदै लिङ्देनले भने, ‘राजसंस्था ल्याउनु भनेको प्रजातन्त्र मास्ने भन्ने होइन । पार्टीको राजनीतिभन्दा माथि राजा हुन्छन् । कार्यकारी प्रधानमन्त्री जनताबाटै चुन्नुपर्छ । हामीले खोजेको यही व्यवस्था हो’, उनले भनेका छन् ।

आमसभालाई सम्बोधन गर्दै उनले देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चिएको आरोप लगाए । उनले यस्तो लुटतन्त्र हटाउन अब नयाँ व्यवस्था आवश्यक रहेको दावी गरेका छन्। उनले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) जति पटक प्रधानमन्त्री बने पनि देश नबदलिने दाबी गरे । २०४६ सालदेखि अहिलेसम्म उही नेता, उही नेतृत्वले देशलाई कहाँ पु¥यायो ?’ लिङ्देनले प्रश्न गरेका छन् ।

यता राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । समितिका कार्यवाहक संयोजक जगमान गुरुङले एक विज्ञप्ति जारी गर्दै राप्रपाको आन्दोमा सक्रिय सहभागी हुन अपिल समेत गरेका छन् ।

विज्ञप्तिमा गुरुङले राप्रपाको कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्णरुपमा सक्रिय सहभागिता जनाउन सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान गरेका छन् । समितिले यसअघि दुर्गा प्रसाईंले चैत १५ मा आह्वान गरेको जनप्रदर्शनलाई सघाएको थियो ।

अराजक र हिंसात्मक बनेको उक्त आन्दोलनमा राप्रपाको पनि समर्थन र सहभागिता रहेको थियो । २ जनाको ज्यान जानेगरी भएको सो प्रर्दशनपछि राप्रपाका २ शीर्ष नेता प्रहरी हिरासतमा छन भने जनआन्दोलनका कमाण्डर भनिएका दुर्गा प्रसाई फरार छन् ।

राप्रपासहित राजावादीहरुले तीनकुनेको सो आन्दोलन सरकारले बिथोलेको भन्दै न्यायिक छानविनको माग गरिरहेका छन् । तर सरकारले छानविनको कुनै औचित्य नरहेको बताउँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top