NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing मङ्लबार पुस १५ , २०८२
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Chonky Knight in shining armor Frog Deluxe with Top सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

राप्रपालाई सभा गर्न सरकारले भृकुटीमण्डप दिएन

सोमवार चैत्र २५ , २०८१
Reading Time: 1 min read
A A
राप्रपाको केन्द्रीय समितिको बैठक साउन ५ र ६ मा हुने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२५ चैत , काठमाण्डौ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनःस्थापनाका लागि भृकुटीमण्डपमा गर्ने भनिएको भोलिको आमसभा बल्खुमा गर्ने भएको छ । प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि बल्खुमा गर्ने भएको हो ।

प्रशासनले बल्खु वा सिफलमा आमसभा गर्न भनेको थियो । राप्रपाले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ २६ गते भृकुटीमण्डपमा जनप्रर्दशन गर्नका लागि चैत २२ गते नै अनुमति मागेको थियो ।

प्रवक्ता मोहनकुमार श्रेष्ठले आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘भोलि चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ।

प्रशासनले सुरक्षाको कारण देखाउदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो । सरकारको रवैयाबाट बुझौं– हाम्रो आन्दोलनले उचाई लिदैंछ । आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔं ।

यता राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकार आफूहरुको आन्दोलनबाट डराएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, यी भ्रष्टहरूको देशप्रेम र राष्ट्रियता हराएको। लुटतन्त्रका सरदार नाइकेहरू कति डराएको ।

जाबो एउटा कार्यक्रमको डरले थुरथुर कापेर अनुमति नै दिएका छैनन् तर पनि राप्रपाको कार्यक्रम रोकिँदैन। २६ गते राष्ट्रिय झण्डासहित एकजुट बन्ने हो युवा बेच्ने ,देश बेच्ने ,सानादेखि ठूलासम्म भ्रष्टाचारका काण्ड मच्चाउने भ्रष्टाचारीका देशद्रोहीका विरुद्ध बिगुल फुक्ने हो।

हिजो मात्रै उनले नेपाली कांग्रेसले कुन कित्तामा उभिने हो भन्ने स्पष्ट गर्नुपर्ने बताएका थिए । राप्रपा दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई राष्ट्रवादी कि आतंकवादी कुन कित्ता रोज्ने हो भनेर प्रश्न उठाए ।

‘कांग्रेस कुन कित्तामा उभिने हो, कांग्रेसले क्लियर गरोस्’, उनले भने, ‘देशमा राष्ट्रवादी र आतंकवादी दुई कित्ता छन् । कुन रोज्ने हो, कांग्रेसले रोजोस् ।’ शाहीले कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई चुनौती पनि दिए । शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको निहुँमा झूटा मुद्दा लगाउने प्रयास भए आफूहरू चुप नबस्ने उनले चेतावनी दिए । ‘झूटा मुद्दा लगाए हामी चुप लाग्दैनौं । नभए ‘जेल भर’ अभियान चलाउँछौं’, शाहीले भने ।

उनले अब जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री छान्न पाउनुपर्ने धारणा पनि राखे । उनले भनेका छन्, ‘प्रधानमन्त्रीलाई सबैले भोट हाल्ने व्यवस्था चाहिन्छ’ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजतन्त्र र प्रजातन्त्र सँगसँगै जानसक्ने उदाहरण विश्वमा प्रशस्त रहेकोले यहाँ पनि त्यो जरुरी रहेको बताए ।

अब परिवर्तनको पक्षमा उभिने बेला आएको बताउँदै लिङ्देनले भने, ‘राजसंस्था ल्याउनु भनेको प्रजातन्त्र मास्ने भन्ने होइन । पार्टीको राजनीतिभन्दा माथि राजा हुन्छन् । कार्यकारी प्रधानमन्त्री जनताबाटै चुन्नुपर्छ । हामीले खोजेको यही व्यवस्था हो’, उनले भनेका छन् ।

आमसभालाई सम्बोधन गर्दै उनले देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चिएको आरोप लगाए । उनले यस्तो लुटतन्त्र हटाउन अब नयाँ व्यवस्था आवश्यक रहेको दावी गरेका छन्। उनले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) जति पटक प्रधानमन्त्री बने पनि देश नबदलिने दाबी गरे । २०४६ सालदेखि अहिलेसम्म उही नेता, उही नेतृत्वले देशलाई कहाँ पु¥यायो ?’ लिङ्देनले प्रश्न गरेका छन् ।

यता राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । समितिका कार्यवाहक संयोजक जगमान गुरुङले एक विज्ञप्ति जारी गर्दै राप्रपाको आन्दोमा सक्रिय सहभागी हुन अपिल समेत गरेका छन् ।

विज्ञप्तिमा गुरुङले राप्रपाको कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्णरुपमा सक्रिय सहभागिता जनाउन सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान गरेका छन् । समितिले यसअघि दुर्गा प्रसाईंले चैत १५ मा आह्वान गरेको जनप्रदर्शनलाई सघाएको थियो ।

अराजक र हिंसात्मक बनेको उक्त आन्दोलनमा राप्रपाको पनि समर्थन र सहभागिता रहेको थियो । २ जनाको ज्यान जानेगरी भएको सो प्रर्दशनपछि राप्रपाका २ शीर्ष नेता प्रहरी हिरासतमा छन भने जनआन्दोलनका कमाण्डर भनिएका दुर्गा प्रसाई फरार छन् ।

राप्रपासहित राजावादीहरुले तीनकुनेको सो आन्दोलन सरकारले बिथोलेको भन्दै न्यायिक छानविनको माग गरिरहेका छन् । तर सरकारले छानविनको कुनै औचित्य नरहेको बताउँदै आएको छ ।

Tags: #राष्ट्रिय प्रजातन्त्र पार्टी#राजा फर्काउने आन्दोलन#राप्रपालाई सरकारले सभा गर्न दिएन

लोकप्रीय

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

विचार

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

थप समाचार

articles_lets jackpot casino_2025-12-29

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२
ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.