रविको जेल बसाई कस्तो हुनेछ ?यसो भन्छन् जेलर

२३ चैत ८१, सोमबार

२५ चैत , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पु¥याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एस पी रन्जितसिंह राठौरले सबै अदालती प्रक्रिया पु¥याएर कारागार पठाइएको बताएका छन् ।

उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जानकारी दिएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिवार विमानमार्फत भैरहवा ल्याइएको थियो ।

Advertisement

शुक्रबार उच्च अदालत बुटवलले यसअघि जिल्ला अदालतले १ करोड धरौटीमा छाड्न दिएको आदेश उल्टाउँदै पुपक्र्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी शुक्रबार राति नै पक्राउ परेका हुन् । तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । आदेश प्राप्त भएलगत्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको टोलीले उनलाई काठमाडौँको बूढानीलकण्ठबाट नियन्त्रणमा लिएको थियो।

Advertisement

यसअघि गत माघ १३ गते बुटवलको सुप्रिम बचत तथा सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

सोही मुद्दाका अभियुक्त छविलाल बन्जाडेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ। रवि, छवि र जीबीले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ।

जीबी राईलाई भने प्रहरीले अझैसम्म पक्राउ गर्न सकेको छैन् । उच्चको आदेशविरुद्धमा रविका वकिलहरुले सर्वाेच्चमा रिट दिने तयारी गरिरहेको उनको सचिवालयले जनाएको छ । त्यसैले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने छन् । भैरहवास्थित जिल्ला कारागार, रूपन्देही, हाल विभिन्न समस्याहरूको सामना गरिरहेको छ।

यस कारागारको क्षमता २५० जनाको भए तापनि, हाल त्यहाँ ५९४ जना कैदीबन्दी राखिएको जेलर सुरेश भण्डारीले नेपाल टाइम्सलाई जानकारी दिएका छन् । कारागारमा रहेका ४ वटा ब्लकमध्ये रविलाई ४ नम्बर ब्लकमा एक्लै राखिएको उनले जानकारी दिएका छन् ।

अन्य शौचालय धारा पानी लगायतका सुविधाहरु भने अन्य कैदीबन्दी सरह नै रहने उनले बताएका छन् । अदालतको आदेशपछि उहाँलाई अन्य थुनुवा जस्तै नियमित प्रक्रिया पूरा गरी भित्र पठाइएको छ, जेलर भण्डारीले भने, उहाँलाई छुट्टै कोठामा राख्ने व्यवस्था मिलाइएको छ ।

आवश्यक प्रक्रियापछि कारागारको थुनुवा कक्षतर्फ लैजादै गर्दा सञ्चारकर्मीको अदालतको आदेशप्रति भन्नु केही छ भन्ने प्रश्नमा उनले भने,‘केही छैन,सम्मान छ ।’ रुपन्देही कारागारमा दोब्बर भन्दा बढी कैदीबन्दी राखिएका कारण अन्य कैदीबन्दीहरू स्वास्थ्य समस्याहरू, विशेष गरी छालासम्बन्धी रोगहरूबाट पीडित हुने गरेका छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार, ७५% कैदीहरू छालासम्बन्धी समस्या र अन्य विभिन्न दीर्घरोगहरू पनि देखा परेको यसअघि नै समाचार सार्वजनिक भएको थियो । तर जेलर भण्डारीले अहिले समान्य समस्या भएपनि जोखिमपूर्ण अवस्था नरहेको बताए ।

उनले गर्मी बढ्दै गएकाले अब त्यस्तो जोखिम भने बढ्न सक्ने बताएका छन् । कारागारको भौतिक संरचना पनि जीर्ण अवस्थामा छ। यसैगरी, महिला कैदीहरूको लागि छुट्टै प्रर्याप्त व्यवस्था नभएकाले, उनीहरूलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने बाध्यता रुपन्देहीमा छ।

यी समस्याहरूलाई समाधान गर्न, कारागारलाई स्थानान्तरण गर्ने योजना अघि बढाइएको छ। सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँसँगको छलफलपछि गएको फागुन १९ मा मात्रै गृहमन्त्री रमेश लेखकले कारागार स्थानान्तरणका लागि बजेट सुनिश्चित गर्दै प्रक्रिया अघि बढाउने आश्वासन दिएका थिए ।

नयाँ स्थानमा आधुनिक सुविधासम्पन्न कारागार निर्माण गर्ने योजनासहित, हालको कारागारको जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने प्रस्ताव गरिएको छ। कारागार सदरमुकाम भैरहवामा अवस्थित छ । घना बस्तीको बीचमा रहेकाले यसबाट विभिन्न समस्या हुने गरेको र नगरको सुन्दरतामा समेत असर परेको भन्दै नगरप्रमुख खाँले कारागार स्थानान्तरणको पहल गर्न मन्त्री लेखकसँग आग्रह गरेका थिए ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top