NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय बुधबार अशोज १ , २०८२
केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी) बुधबार अशोज १ , २०८२
मंगलग्रहमा जीवनको संकेत फेला, कहिले बस्छ बस्ती ? बुधबार अशोज १ , २०८२
शिवपुरीबाट ओलीले लेखेको भनिएको चिठी नक्कली बुधबार अशोज १ , २०८२
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

प्रदर्शनकारी धरपकडमा, प्रहरी दमनको छानविन कहिले ?

सोमवार चैत्र २५ , २०८१
Reading Time: 1 min read
A A
राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ चैत ,काठमाण्डौ।

काठमाडौंमा चैत्र १५ गतेको राजावादीहरुको आन्दोलनलाई हिंसात्मक बनाउन सम्लग्न अभियुक्त भन्दै प्रहरीले एकपछि अर्का व्यक्तिलाई पक्राउ गरिरहेको छ । यसैक्रममा आज दुई जना पक्राउ परेका छन् । प्रहरीले पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घरमा देखिएकी एनी कुँवरलाई समेत पक्राउ गरेको हो ।

यस्तै ट्राफिक लाइट तोडफोड र जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने मुख्य अभियुक्त भन्दै अर्का एक युवालाई पनि पक्राउ गरेको छ । एनी पत्रकार रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

LS Auto

पत्रकारको मृत्यु भएको र लगभग उस्तै समयमा कुँवर सोही भवनबाट झर्दै गरेको देखिएपछि सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । अरुको घरमा अनाधिकृत रूपमा प्रवेश गरेको आरोपसमेत उनीमाथि प्रहरीले लगाएको छ ।

कुँवर अभिनेत्री समेत हुन् । घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन् । प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले बताएका छन् ।

कुँवरले एक दशकअघि फिल्म ब्रह्माबाट रजतपट यात्रा सुरु गरेकी थिइन् । यता सोही दिन प्रदर्शनका क्रममा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका छन् । तोडफोडमा संलग्न रहेको आरोपमा कुमार तामाङलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनलाई नै कोटेश्वरस्थित जडिबुटी उद्योगमा आगो लगाउने मुख्य व्यक्ति पनि भनेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सीसीटीभी र भिडिओका आधारमा पहिचान गर्दै उनलाई पक्राउ गरेको हो ।

२७ वर्षीय तामाङ सिन्धुपाल्चोकको बाह्रबिसेका हुन् । उनले जडिबुटी चोकको ट्राफिक लाइट पनि फुटाएको र जडिबुटी उद्योगमा पनि आगो लगाएको भिडिओमा देखिएको छ । यसअघि अर्का व्यक्तिलाई पनि पक्राउ गरेको थियो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ । तर प्रहरीले जनप्रर्दशनका जनकमाण्डर भनिएका दुर्गा प्रसाईँलाई भने अझैसम्म पक्राउ गर्न सकेको छैन् ।

उनी सवार गाडी प्रहरीले इटहरीबाट बरामद गरेपनि प्रसाईँ भने भारत पुगिसकेको प्रहरीले अनुमान गरेको छ । हिंसा भड्काएको आरोपमा प्रहरीले एकपछि अर्का व्यक्तिलाई पक्राउ गरिरहँदा सो दिन प्रहरीबाट पनि व्यापक दमन र बल प्रयोग भएको भन्दै आलोचना भइरहेको छ ।

जसका लागि छानविन आयोग बनाउनु पर्ने माग पनि गरिएको छ । प्रहरीले भने हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न संयमित भएर आवश्यक मात्र बल प्रयोग गरेको दाबी प्रहरीले गर्दै आएको छ । तर घाइतेको लामो सूची, प्रदर्शनमा सहभागी नभएकालाई पनि गोली प्रहार र घातक हतियारको प्रयोगले प्रहरीको दाबीमाथि नै प्रश्न उठेको छ ।

प्रहरीले भीड नियन्त्रणका लागि प्रयोग गरेको गोलीगट्ठाको तथ्यांक लुकाएको पुष्टि भएपछि थप आलोचना भएको छ । प्रहरीले ५८ राउन्ड हवाई फायर भनेकोमा दोब्बर संख्यामा फायर भएको खुलेको छ । यस्तै एसएलआर र इन्सास राइफल प्रयोग गरेको पाइएको छ ।

एसएलआर अर्धस्वचालित बन्दुक हो, जसमा एकसाथ १८ वटासम्म गोली लोड गरेर ३ सय मिटर टाढासम्म प्रहार गर्न सकिन्छ । इन्सास भने एसएलआरभन्दा सानो आकारको आधुनिक अर्धस्वचालित राइफल हो । युद्धमा प्रयोग हुने यी दुवै हतियार घातक मानिन्छन् ।

प्रहरीको आन्तरिक प्रतिवेदनमा एसएलआर र इन्सास राइफलमार्फत ८१ जंगी राउन्ड र १ सय ६५ ब्ल्यांक राउन्ड फायर गरेको उल्लेख छ । सर्टगनमार्फत कार्टिज ३ र रबर छर्रा २ सय १ फायर गरेको परिसरको प्रतिवेदनले देखाएको छ ।

त्यस्तै पेस्तोलबाट २ राउन्ड फायर गरिएको थियो । प्रहरीले भीड नियन्त्रणका लागि लाठी ५९, सिल्ड÷ढाल ४९, हेल्मेट ४९, मेघाफोन १, हेन्डसेट १ र फुल गियर ५ वटा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ताले ७ सय ४६ सेल अश्रुग्यास प्रहार गरिएको जनाएका थिए ।

तर आन्तरिक प्रतिवेदनमा भने ८ सय ६८ सेल प्रहार भएको उल्लेख छ । यी अश्रुग्यास म्याद गुज्रेको पाइएको छ । प्रहरीले फेब्रुअरी २००८ मै म्याद सकिएको अश्रुग्यास सेलसमेत प्रयोग गरेको थियो । म्याद सकिएको उपकरण प्रयोगलाई मानवअधिकारका दृष्टिले ‘अमानवीय’ मानिन्छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आन्दोलनका क्रममा घाइतेमध्ये १३ जनाको आकस्मिक शल्यक्रिया गरिएको थियो । प्रदर्शनमा नेपाल प्रहरीतर्फ ५५ र सशस्त्र प्रहरीतर्फ २५ जना घाइते भएको प्रहरीले बताएको छ ।

प्रदर्शनकारी तीन महिलासहित ५४ जना घाइते भएका थिए । प्रहरीकै गोली लागेर प्रदर्शन भएको दिन कीर्तिपुरका सविन महर्जनको ज्यान गएको थियो । राजावादीले आगो लगाएको घरभित्र पत्रकार सुरेश रजक जलेर मृत अवस्थामा फेला परेका थिए ।

प्रहरीले १ सय ५५ जनालाई पक्राउ गरेकामा ६६ जनाविरुद्ध म्याद थप गरी राज्यविरुद्ध र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ । तीमध्ये ४६ जनालाई आपराधिक उपद्रव कसुर पनि लगाइएको छ । बाँकीलाई सोधपुछपछि रिहा गरेको प्रहरीले जनाएको छ । पक्राउ गर्ने क्रम अझै जारी छ ।

यसबीच मानअधिकारवादी संस्थाहरुले तीनकुने घटनामा व्यापक बल प्रयोग भएको तथ्य सतहमा आउन थालेको भन्दै त्यसको निष्पक्ष विवेचना गर्न न्यायिक समिति गठन हुनु पर्ने माग गरेका छन् ।

एमनेस्टी इन्टरनेसनल, जवाफदेही निगरानी समूह, एडभोकेसी फोरम र न्याय तथा अधिकार संस्था (जुरी नेपाल) ले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै तीनकुने घटनामा भएको मानवअधिकार उल्लंघनका घटनाको वस्तुनिष्ठ छानबिन हुनु पर्ने माग गरेका हुन् ।

प्रहरी संगठन तथा गृह प्रशासनको विश्वसनीयता क्षयीकरण हुन नदिन पनि यस्तो स्वतन्त्र छानबिन अत्यावश्यक भएको उनीहरूको निष्कर्ष छ । जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ समेत अन्तर्गत यथोचित संयन्त्र गठन गरी जवाफदेहिता सुनिश्चित गर्न उनीहरूले सरकारलाई आग्रह पनि गरेका छन् ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने तीनकुने घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् । तर न्यायिक छानबिन हुनु पनि सक्ने र नहुन पनि सक्ने भनेका छन् । तीनकुने घटनाको लागि न्यायिक छानबिन गठन गर्ने की नगर्ने भन्नेबारेमा विचार गर्ने उनले बताएका छन् ।

संचारकर्मीसंग बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘न्यायिक छानबिन नहुन पनि सक्छ, हुन पनि सक्छ । तर छानबिन निष्पक्ष हुन्छ । सबै कुरामा न्यायिक छानबिन नै चाहिन्छ भन्ने पनि छैन । त्यो हामी विचार गर्नेछौँ । यसै निष्पक्ष छानबिन गर्ने की न्यायिक छानबिन गर्ने भनेर ।’

Tags: #तीनकुने घटना#तीनकुने घटनाःएनी र कुमार पक्राउ#तीनकुने प्रकरणमा राजावादी पक्राउप्रसाईँ खोई ?

लोकप्रीय

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

बुधबार अशोज १ , २०८२
केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी)

केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी)

बुधबार अशोज १ , २०८२
मंगलग्रहमा जीवनको संकेत फेला, कहिले बस्छ बस्ती ?

मंगलग्रहमा जीवनको संकेत फेला, कहिले बस्छ बस्ती ?

बुधबार अशोज १ , २०८२

विचार

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

बुधबार अशोज १ , २०८२
केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी)

केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी)

बुधबार अशोज १ , २०८२
मंगलग्रहमा जीवनको संकेत फेला, कहिले बस्छ बस्ती ?

मंगलग्रहमा जीवनको संकेत फेला, कहिले बस्छ बस्ती ?

बुधबार अशोज १ , २०८२

थप समाचार

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय
आर्थिक

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

बुधबार अशोज १ , २०८२
केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी)
ताजा समाचार

केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी)

बुधबार अशोज १ , २०८२
मंगलग्रहमा जीवनको संकेत फेला, कहिले बस्छ बस्ती ?
अन्तर्राष्ट्रिय

मंगलग्रहमा जीवनको संकेत फेला, कहिले बस्छ बस्ती ?

बुधबार अशोज १ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
ताजा समाचार

शिवपुरीबाट ओलीले लेखेको भनिएको चिठी नक्कली

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

बुधबार अशोज १ , २०८२
केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी)

केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी)

बुधबार अशोज १ , २०८२
मंगलग्रहमा जीवनको संकेत फेला, कहिले बस्छ बस्ती ?

मंगलग्रहमा जीवनको संकेत फेला, कहिले बस्छ बस्ती ?

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.