NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
Reading Time: 1 min read
A A
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ कार्तिक , काठमाण्डौ ।

सुडानमा वर्तमान समयको सबैभन्दा भयानक नरसंहार देखिएको छ । भूउपग्रहबाट देखिएका सुडानका तस्वीरहरु हेर्नै नसकिने, विचलित पार्ने खालका छन् । अन्तरिक्षबाटै सुडानमा रगतको आहाल देखिन्छ । त्यहाँ शवहरू थुप्रिँदै गइरहेका छन् ।

यसबीच लाखौं मानिसहरु बन्धक बनेका छन् । पश्चिमी सुडानको एल–फाशेर शहरमा करिब १८ महिनासम्म घेराबन्दीपछि बनेको बालुवाको पर्खालभित्र करिब साढे २ लाख मानिस फसेका छन् । र्यापिड सपोर्ट फोर्स (आरएसएफ) का लडाकुहरूले शहरमा नरसंहार मच्चाइरहेका छन् ।

LS Auto

विज्ञहरूका अनुसार, गत सातामात्रै दसौं हजार मानिस मारिएका छन् । सञ्चार पूर्ण रूपमा बन्द भएकाले शहरभित्र के भइरहेको छ भन्ने कुरा प्रत्यक्षदर्शी, भूउपग्रहबाट प्राप्त चित्र र सामाजिक सञ्जालमा आएका भिडियोहरूमार्फत मात्र थाहा भइरहेको छ ।

सुडान फेरि एकपटक नरसंहारको बाटोमा हिँडिरहेको मानवीय उद्धार गर्ने संस्थाहरूले चेतावनी दिएका छन् । एनबीसी न्युजले त्यहाँबाट ज्यान बचाएर निस्किएका केही मानिसमध्ये एकसँग कुरा गरेको छ ।

४२ वर्षका मुताज मोहम्मद मुसाले भने, ‘सैनिकहरू शहरबाट फिर्ता गएपछि म पनि हजारौं मानिससँगै भाग्ने प्रयासमा थिएँ । तर, केही क्षणमै हामीमाथि तोप प्रहार भयो ।’ आरएसएफका लडाकुहरू पिकअप ट्रकमा आएर नागरिकमाथि सीधै गोली चलाए,’ उनले भने, ‘सबैतिर हाहाकार भयो, मानिसहरू भागे, केहीलाई ट्रकले किचे ।’

उनका अनुसार, बालुवाको पर्खाल पार गरेर करिब १५० जना मात्र भाग्न सफल भए । आरएसएफले उनी र अरूलाई समाते र कैयौं मानिसहरूलाई गोली हाने । ‘उनीहरूले मानिसलाई भाग्न भन्थे अनि भाग्नेबित्तिकै गोली चलाउँथे,’ मुसाले बताए ।

उनको परिवारले फोनमार्फत फिरौती तिरेपछि मात्र उनी मुक्त भएका थिए । त्यसपछि उनले ३० माइल टाढा रहेको टाविला शहरमा पुगेर ज्यान जोगाए । सोमबार भूउपग्रहबाट प्राप्त चित्रहरूमा विगतमा बाल अस्पताल रहेको ठाउँमा बाहिर कालो धब्बा जस्ता वस्तुहरू देखिन्छन् ।

त्यो मानिसहरूको लामो पंक्ति हो । अस्पतालको अर्कोपट्टि नयाँ सेता वस्तुहरूको समूह देखा परेको छ जुन अघिल्लो दिनको तस्बिरमा थिएन । अर्को दिनको चित्रमा ती काला वस्तुहरू अब एकै ठाउँमा थुप्रिएका देखिन्छन् । ती सम्भवतः शवहरू हुन् । एनबीसी न्युजले आरएसएफसँग यसबारे टिप्पणी माग्दा कुनै जवाफ पाएको छैन ।

अर्जन हेहेनक्याम्प अन्तर्राष्ट्रिय उद्धार समितिका सुडान प्रमुख हुन् । उनले भने, ‘करिब ५ हजारजना मात्र एल–फाशेरबाट टाविला पुगेका छन् । यो संख्या निकै सानो छ ।’ त्यसैगरी, फ्रान्सेली संस्था सोलिडारिटेस इन्टरनेशनलकी निर्देशक जस्टिन म्युझिक पिकेमालले भनिन्, ‘बाँचेर निस्केकामध्ये अधिकांश महिला र बालबालिका हुन् । बाटोमा महिलाहरू बलात्कृत भइरहेका छन् । धेरैजना मरुभूमिबाट पैदलै हिँडिरहेका छन् । उनीहरूसँग केही पनि छैन ।’

आरएसएफ लडाकुहरूले सामाजिक सञ्जालमा राखेका भिडियोहरूले शहरका भयावह दृश्य देखाउँछन् । एउटा भिडियोमा दर्जनौं शवहरू भुइँमा रहेको र आरएसएफका लडाकुहरू तिनीहरूका बीचमा हिँडिरहेको देखिन्छ । वरिपरि गाडीहरू जलिरहेका छन् । भिडियो खिच्ने व्यक्ति भन्छन्, ‘हामीले तिनीहरूलाई मारेका हौं । अहिले तिनीहरू धूलो बने ।’

अर्को भिडियोमा आरएसएफ कमान्डर अबु लुलुले भुइँमा बसिरहेका पुरुषहरूमाथि गोली चलाइरहेको देखिन्छ । सन् २०२३ अप्रिलदेखि सुडानमा युद्ध चलिरहेको छ । देशका सेनाप्रमुख जनरल अब्देल फतह बुर्हान र उनका पूर्व सहायक जनरल मोहम्मद हामदान दागालो हेमेद्ती आमनेसामने छन् ।

दुवैजना पहिले डार्फुरमा विद्रोहीहरू विरुद्धको कारबाहीका कमान्डर थिए । यही संघर्षका कारण सन् २००५ मा तत्कालीन तानाशाह ओमर अल–बशिर लाई अन्तर्राष्ट्रिय फौजदारी अदालतले नरसंहारको आरोप लगाएको थियो ।

सन् २०१९ मा जनआन्दोलनपछि बशिरलाई हटाउँदा यी दुवै नेताहरू सत्तामा थिए । तर, पछि उनीहरूबीच सत्ता बाँडफाँडको विवादले गृहयुद्ध सुरु भयो । हाल संयुक्त अरब इमिरेट्सले आरएसएफलाई हतियार दिएको आरोप सुडानी सेनाले लगाउँदै अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दा दायर गरेको छ ।

तर, यूएईले सबै आरोप अस्वीकार गरेको छ । आरएसएफ र तिनका सहयोगीहरूले नरसंहार गरिरहेको अमेरिकाले गत वर्ष घोषणा गरेको थियो । सुडान अहिले विश्वकै सबैभन्दा खराब मानवीय संकटको सामना गर्दैछ जहाँ करिब १.४ करोड मानिस घरबारविहीन भएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार, मे महिनासम्म कम्तीमा ४० हजार मानिस मारिएका थिए । वास्तविक संख्या अझ धेरै हुनसक्छ । येल विश्वविद्यालयको ह्युमानिटेरियन रिसर्च ल्याबका निर्देशक नाथानियल रेमन्डले भने, ‘हामीले भूउपग्रह चित्रहरूमा देखेका दृश्यहरू रुवान्डामा सन् १९९४ मा भएको नरसंहारसँग तुलना गर्न सकिन्छ । शहरका सडकहरूमा शवका थुप्राहरू छन् । रगतका पोखरीहरू छन् ।’

रेमन्डका अनुसार, त्यहाँ हजारौं शव छन् । सास फेर्ने सबैलाई उनीहरूले मारिरहेका छन् । आरएसएफले यसबारे पनि कुनै टिप्पणी गरेको छैन । रेमन्ड भन्छन्, ‘विगतको जनजवीद मिलिसियाबाट नै आरएसएफ विकसित भएको हो । त्यसले सन् २००० को दशकमा डार्फुरमा नरसंहार गरेको थियो । अहिले तिनीहरू डार्फुरलाई समाप्त पार्ने अभियानमा लागेका छन् । यो डार्फुर नरसंहारको अन्तिम युद्ध हो ।’

Tags: #भूउपग्रहबाट देखिए शवैशव#सुडानमा भयानक नरसंहार

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.