बङ्गबन्धु गोल्डकप : डिफेन्डिङ च्याम्पियन नेपाल आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, असोज १६
बंगलादेशमा सोमबारदेखि शुरु भएको बङ्गबन्धु गोल्डकप अन्तर्गत डिफेन्डिङ च्याम्पियन नेपाल पहिलो खेलमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

बङ्गलादेशको ढाकामा जारी अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज अपराह्न ताजकिस्तानसँग खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

ताजकिस्तानविरुद्ध मैदान उत्रदा साविकको विजेता नेपाल आफ्नो साख जोगाउने लक्ष्यमा हुनेछ । फिफा बरियतामा नेपालभन्दा निकै माथि रहेको ताजिकिस्तानविरुद्ध नेपाललाई जित निकाल्न चुनौतीपुर्ण छ । फिफा बरियतामा नेपाल १६० औँ स्थानमा छ भने ताजकिस्तान १२० औँ स्थानमा छ ।

पछिल्लो पटक नेपालले ताजकिस्तानविरुद्ध गत वर्ष एएफसी एसियन कप छनोटमा प्रतिस्पर्धा गरेको थियो । तर, दुवै खेलमा नेपाल पराजित भएको थियो । नेपालले घरेलु मैदानमा भएको पहिलो खेलमा २–१ हार बेहोरेको थियो । दोस्रो खेलमा नेपालले उसैको मैदानमा ३–० ले पराजित भएको थियो ।

समूह ‘ए’मा रहेको नेपालले दोस्रो खेल असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ ।नेपाल रहेको समुहमा प्लोस्टाइन र ताजाकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । साविक विजेताका नाताले नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो ।

नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ, डिफेण्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, मिडफिल्डरमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, तेज तामाङ र फरवार्डमा भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ तथा अन्जन विष्ट छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top