×

NEPAL TIMES UPDATES

Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026

राजा फर्काउन खबरदारी, घुसपैठीहरुलाई ठाउँको ठाउँ कारबाही

२५ चैत्र २०८१

२६ चैत , काठमाण्डौ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनस्र्थापनाका लागि दबाब दिने उद्देश्यले आज काठमाडौँको बल्खुमा बृहत् खबरदारी सभा आयोजना गरेको छ। राप्रपाले जुलुससहित सभाको तयारी गरिरहँदाको अवस्था देखि नै सो क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।

Advertisement
Advertisement

बल्खु क्षेत्रमा जनपद तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । यसअघि चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन आँकलनभन्दा बाहिर गएपछि आजको सभामा सुरक्षा मजबुत बनाइएको हो।

यसका लागि हिजै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुरक्षा मजबुत कसरी बनाउने भन्ने विषयमा छलफल जुटेका थिए । राप्रपाले काठमाडौँको बल्खुमा हुने सभा शान्तिपूर्ण गरिने भनेको छ। तर, यसअघि तीनकुनेमा पनि राजावादीहरूकै समूहले प्रशासनलाई शान्तिपूर्ण प्रदर्शन गर्ने भनेको थियो।

तर कार्यक्रमको सुरुदेखि नै तोडफोड र आगजनी भयो। तीनकुनेमा प्रहरीले नै शान्तिपूर्ण सभा विथोलेको भन्दै छानविनको समेत माग हुँदै आएको छ । सोही प्रर्दशनका क्रममा आफ्ना उपाध्यक्ष र महामन्त्री प्रहरी नियन्त्रणमा रहेको अवस्थामा पूर्व निर्धारित कार्यक्रम अनुशार नै राप्रपाले आज खबरदारी सभाको आयोजना गरेको छ ।

बल्खुको सभामा मात्रै २ हजार भन्दा धेरै प्रहरी परिचालन गर्दै काठमाडौँ प्रहरीले विशेष सुरक्षा रणनीति तयार गरेको छ । बल्खु क्षेत्रमा ड्रोन र सीसी क्यामेराबाट निगरानी गर्ने प्रहरीको रणनीति छ ।

बल्खु क्षेत्रमा परिचालित हुने सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागको बिचमा ‘एकीकृत’ सुरक्षा व्यवस्था मिलाउने र सुरक्षा ग्याप हुन नदिने निर्णय गरिएको छ । सोमबार साँझ बसेको तीनवटा सुरक्षा निकायका प्रमुखहरूको बैठकले सूचना तलसम्म सेयर गर्ने र सूचनाको ग्याप हुन नदिने निर्णय गरेका हुन् ।

बल्खुमा बल प्रयोग गर्नुपर्ने अवस्था आएमा सिलसिलेवार बल प्रयोग गर्ने निर्णय गरिएको छ । आईजीपी दीपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाको बिचमा भएको छलफलमा यस्तो रणनीति भएको बताइएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूले प्रदर्शनस्थलको सूचना संकलन गर्नेछन् । सूचना संकलन गर्न सादा पोसाकका प्रहरी पनि परिचालन गरिएको छ । प्रदर्शनस्थलको सुरक्षाको लागी काठमाडौँ उपत्यका बाहिरबाट पनि सुरक्षाकर्मी झिकाइएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीको आह्वानमा आज शान्तिपूर्ण प्रदर्शन हुने बताएका छन् । राप्रपाले हिंसा र अराजकतामा आफ्नो भविष्य नदेखेको उनको भनाइ छ । सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङदेनले भद्र अवज्ञा र सत्याग्रहका रुपमा आन्दोलन अघि बढाउने बताएका छन् ।

कांग्रेस, एमाले र माओवादीका समर्थकहरुलाई समेत आन्दोलनमा आउन उनले अपिल गरेका छन् । राज्य पक्षले हिंसा भड्काउन सक्नेमा आफूहरु सचेत रहेको भन्दै उनले जनप्रदर्शनमा हजारौं भोलिन्टियर्सलाई खटाइसकेको जानकारी दिए ।

कार्यक्रमस्थल ९ बजेबाटै स्वयम्सेवकको नियन्त्रणमा रहेको र घुसपैठीहरुलाई ठाउँको ठाउँ आयोजकको तर्फबाट कारवाही गरिने उनले चेतावनी दिएका छन् । त्यसैगरी सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले भने आवश्यकताअनुसार सुरक्षाकर्मी खटाइएको बताएका छन् ।

यसका साथै सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट प्रदर्शनको निगरानी गरिने प्रहरीले जनाएको छ । उच्छृङ्खल गतिविधि गर्नेहरूलाई विशेष निगरानी राख्दै कारबाहीको प्रक्रिया समेत अघि बढाइने दाबी प्रहरीले गरेको छ ।

१५ चैतमा राजावादीको तर्फबाट दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । जसमा कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजगको मृत्यु भएको थियो । यता प्रहरीले अनाश्यक दमन गरेको भन्दै त्यसको आलोचना समेत भइरहेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कमल थापा नेतृत्वको राप्रपा नेपालले समेत प्रदर्शनलाई समर्थन गरेको छ । जगमान गुरुङ नेतृत्वको राजतन्त्र पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति, शिव सेना नेपाललगायतले समेतप्रदर्शनलाई समर्थन गरेको श्रेष्ठको भनाइ छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खुमा विरोधसभाको आयोजना गर्दा लघुवित्त पीडितहरूले रत्नपार्क क्षेत्र र शिक्षकहरूले माइतीघरमा प्रदर्शनको आयोजना गरेका छन् । शिक्षकहरूले माइतीघर मण्डला र लघुवित्त पीडितहरूले रत्नपार्कमा प्रदर्शनको आयोजना गरेका छन् ।

माइतीघर र रत्नपार्कको प्रदर्शनमा अवाञ्छित गतिविधि नहुने प्रहरीको आकलन छ । दुई ठाउँमा १५ सयभन्दा धेरै प्रहरी परिचालन गर्ने गरी सुरक्षा रणनीति तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यस्तै चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले लगनखेलमा प्रदर्शनको आयोजना गरेको छ । जनमोर्चाका अगुवा कार्यकर्ता रोशन दानीका अनुसार लगनखेलमा भेला भएर राजमोले माइतीघर सम्म प्रदर्शन गर्नेछ ।

आवासीय चिकित्सक, पीछडावर्ग संघर्ष समितिका खगेन्द्र ठाकुर र जनताको खबरदारी नेपालले प्रदर्शनको आयोजना गरेका छन् । जनताको खबरदारी नेपालले मृत्युदण्ड दिने कानुन ल्याउन माग गरेर प्रदर्शनको आयोजना गरेको बताइएको छ ।

Advertisement

राष्ट्रवादी साझा संगठन नेपालकी माया माण्डेले राजतन्त्र पुनस्र्थापनाको माग राखेर माइतीघरमा धर्ना कार्यक्रम गर्दै आएकी छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top