×

NEPAL TIMES UPDATES

Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026

छिमेकीको सम्बन्ध कस्तो हुन्छ ? मोदीलाई पढाए ओलीले पाठ

२५ चैत्र २०८१

२६ चैत ,काठमाण्डौ।

चौथो पटक देशको कार्यकारी प्रमुख बनेको ८ महिना वित्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी मुलुकमध्ये चिनियाँ राष्ट्रपतिसंग एक पटक र भारतीय प्रधानमन्त्रीसंग दुई पटक भेटवार्ता गरिसकेका छन् ।

सी जिंग पिंगसंग ओलीले द्विपक्षिय औपचारिक चीन भ्रमणका क्रममा बेजिंगमा भेटवार्ता गरेका हुन् भने नरेन्द्र मोदीसंग एकपटक न्युर्योकमा र अर्को पटक बैंककमा साइडलाइन वार्ताको क्रममा भेट गरेका हुन् ।

तर ओलीको भेट जति चिनियाँ राष्ट्रपतिसंग सौहार्द भयो मोदीसंगको दुवै पटकको भेटमा भने त्यस्तो देखिएन । एक त मोदीसंगका ती भेटहरु भारत वा नेपालमा प्रधानमन्त्री स्तरीय औपचारिक भ्रमणका क्रममा भएका होइनन् ।

जसका लागि ओली सरकारले सुरु देखिनै जोडबल लगाएको थियो । आफ्ना सरकारका मन्त्रीहरुलाई खटाएको थियो । ओलीको चाहाना नै पहिलो विदेश भ्रमण भारतबाट गर्ने भन्ने थियो । तर ८ महिना वितिसक्दा पनि उनको त्यो चाहाना पुरा हुन सकेको छैन ।

तेस्रो देशमा भएका साइडलाइन वार्तामा पनि मोदी–ओली भेट नेपालकै तर्फबाट गरिएको पहलस्वरुप नै भएका हुन् । जसमा अन्तिम समयमा मात्रै मोदी भेटका लागि तयार भएका थिए । पछिल्लो भेटमा त ओलीले आफ्ना टोलीसहित भेटको तयारी गरिरहँदा मोदीले एक्लाएक्लै भेट्न सन्देश पठाएका थिए ।

जसबारेमा दुवै प्रधानमन्त्रीले सामाजिक संजालमा उल्लेख गरेपनि के कस्ता कुरा भयो, धेरै बाहिर आएका छैनन् । यो भेट हुनुअघि भने भारतीय एक मिडिया स्वराज्यले भने मोदीले ओलीसंग नेपालले जारी गरेको नयाँ नक्सा, भारतविरुद्ध ओलीका बयानहरु, ओलीले चिनियाँ कार्ड खेल्न छाड्नु पर्ने, यी लगायतका कुराहरुमा वार्ता गर्ने लेखेको थियो ।

तर यी कुराहरु के कति भयो न ओली न मोदी दुवैले बाहिर ल्याएका छैनन् । यद्यपि, मोदीसंग ओलीको तातै कुरा भएको छनक भने पछिल्ला टिप्पणीहरुमा उनले दिन थालेका छन्। बंैककबाट फर्किनासाथ विमानस्थलमा पत्रकार सम्मेलनमा ओलीले मोदी आफूसंग भेटेर खुसी भएको जनाएपनि सगरमाथा सम्मेलनमा मोदी नआउने कुरा सार्वजनिक गरे।

संगै काँडे तारले नछेकेपनि आफ्नो भारत भ्रमण पनि अनिश्चित नै रहेको बताए । आज पनि मधेस प्रदेश सभामा बोल्दै ओलीले दुई छिमेकीको सम्बन्धबारे आफ्ना धारणा राखे । प्रधानमन्त्री ओलीले अनावश्यक हल्ला चलाइएको भए पनि दुई छिमेकीसँग हाम्रो राम्रो सम्बन्ध रहेको भनेका छन् ।

’सँगै सुतेपछि खुट्टा लाग्छ, खुट्टा हटाउ भनेपछि कुरा सकिन्छ । त्यसकारण नेपालको दुई छिमेकीसँग असल मित्रता छ’ उनले भने । खासमा ओलीको यो भनाईबाट भारतका लागि संकेत के हो भने दुई देशबीचको सम्बन्धमा समस्या छ, अझ आफ्नो सरकारसंगै भएको समस्यालाई पनि बराबरीका आधारमा वार्ताद्वारा समाधान गर्नुपर्ने सुझाव दिएको बुझ्न सकिन्छ ।

यस्तै ओलीले सरकार ढल्ने भन्ने कुरामा पनि आन्तरिकरुपमा माओवादीसहितलाई र बाह्यरुपमा विशेषगरी दिल्लीलाई कडा जवाफ दिए । उनले सरकार बन्नै नदिन लागेकाहरू अब थाकेको टिप्पणी गरे । “दिनैपिच्छे सरकार फेरिन्छ कि, फेरिन्छ कि ! दाउपेचको स्थिति अन्त्य गर्नका लागि यो समीकरण बनाइएको हो ।

केही मान्छेको सोखजस्तो भएको छ, तिनीहरू पनि थाके अब । यो सरकार बन्नै नदिन कोसिस गर्दैथे,” उनले भने, “सरकार बन्दैन भन्दैथे, विश्वासको मत प्राप्त गर्दैन भन्दैथे । झन्डै दुईतिहाइ त नेपाली कांग्रेस र एमालेसँग छ ।” ओलीले कांग्रेस–एमाले समीकरणको सरकारलाई कुनै असर नगर्ने पनि बताए ।

“यो सरकार ढल्ने त कुरा छोडिदिनुस् । हल्लिँदा पनि हल्लिँदै,” उनले भने । यसअघि सोमबार भने बानेश्वरस्थित एभरेस्ट होटलमा आयोजित ‘हिमालयन डायलग’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दा ओलीले अलि बढी खुलेरै आफ्ना कुरा राखेका थिए ।

जुन मोदीसँगको भेटवार्तापछि भूराजनीतिक र छिमेक मामिलामा गरेको उनको पहिलो सम्बोधन पनि थियो । जसमा ओलीले भारतीय मिडिया स्वराज्यले लेखेकै कुरालाई इंकित पनि गरे । ‘हिमालयन डायलग’लाई सम्बोधन गर्नेक्रममा ओलीले लिम्पियाधुरा–कालापानीको भूभाग समावेशसहित संविधान संशोधन एकमतले राष्ट्रिय सहमतिका साथ गरिएको स्मरण गराए ।

‘पहिलो संविधान सभाबाट गणतन्त्र घोषणा गरिँदा विपक्षमा ४ मत परेको थियो, पहिलोपटक संशोधन हुँदा २५ मत परेको थियो,’ ओलीले स्मरण गराए, ‘तर, लिम्पियाधुरा–कालापानीसहितको नक्सासहित दोस्रोपटक संविधान संशोधन जारी हुँदा एक मत पनि विपक्षमा परेको होइन, पूराका पूरा संसदले सर्वसम्मतिका साथ संविधान संसोधनको निर्णय गरेको हो।’

‘छिमेकीका जायज चासो, चिन्ता र सरोकारलाई हामीले ख्याल गर्नुपर्छ,’ नेपालका लागि भारत र चीनसँगको सम्बन्ध बराबरी रहेको सन्देश दिँदै ओलीले भने, ‘मानौँ तीनजना साथीहरू छन्। यस्तो स्थितिमा हामीले यता कि उता ढल्कने गल्ती गर्नुहुँदैन । हामीले उनीहरूलाई बराबरी प्राथमिकता दिनुपर्छ।’

‘पेकिङ जाँदा तिमी कतातिर छौ भन्ने प्रश्न आयो भने हामी नेपालमै छौँ भन्ने जवाफ दिनुपर्छ,’ ओलीले थपे, ‘नयाँदिल्ली जाँदा पनि यस्तो प्रश्न उठ्यो भने– होइन, हामी त काठमाडौँमा छौँ भन्न सक्नुपर्छ।’

लिम्पियाधुरा–कालापानीसहितको संविधान संशोधनको सन्दर्भ उप्काउनुअघि प्रधानमन्त्री ओलीले नेपालको भूराजनीतिक सप्ठेरा–अप्ठेराहरूको चर्चाका साथ छिमेकीहरूसँग कसरी ‘डिल’ गर्ने भन्ने चर्चा पनि गरेका थिए ।

‘भूराजनीतिलाई हामीले हाम्रो कमजोरी लुकाउने आधार बनाउनु हुँदैन,’ ओलीको भनाइ थियो, ‘मित्रहरूसँग हामीले आफ्ना कुरा प्रस्टसँग राख्न सक्नुपर्छ।’ भूराजनीतिक कमजोरीको चर्चा गर्ने क्रममा ओलीले नेपालबाट छिमेकीहरूको ‘बानी बिगार्ने काम भइरहेको’ पनि आरोप लगाए ।

भारतको नाम उल्लेख नगरी उनले पुल्पुल्याउने काम नेपालबाटै भइरहेको सन्देश दिने प्रयास गरेका थिए । आफ्नो यो कुरालाई थप प्रस्ट पार्न ओली साथीलाई आफूले मात्र एकोहोरो चिया खुवाइरहँदा अन्तिममा कस्तो स्थिति बेहोर्नुपर्छ भन्ने कुराको उदाहरण दिनसमेत भ्याए ।

‘मित्रलाई २–३ चोटि चिया खुवाउनोस्, उसले एकदम हितैषी ठान्छ र सधैँ तपाईंले नै चिया खुवाइरहनुहुन्छ भन्ने अपेक्षा गर्न थाल्छ,’ ओलीले भने, ‘तर, यसरी सधैँ चिया खुवाइरहेको मित्रलाई एकदिन तपाईंले चिया नखुवाउनोस् त, के हुन्छ ! उसले तपाईंलाई खराब देख्न थाल्छ ।

तपाईंसँग सम्बन्ध तोड्न पनि बेर लगाउँदैन।’ पौने घण्टा लामो सम्बोधनका क्रममा ओलीले भारतीय समकक्षी मोदीको नाम नलिए पनि र बैंककमा मोदीसँग भएको भेटवार्ताको प्रसङ्ग ननिकाले पनि उनको प्रष्ट संकेत बुझ्न सकिन्छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top