NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा आइतवार पुस २७ , २०८२
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

छिमेकीको सम्बन्ध कस्तो हुन्छ ? मोदीलाई पढाए ओलीले पाठ

मङ्लबार चैत्र २६ , २०८१
Reading Time: 1 min read
A A
ओली र मोदी बीचको मौनता जब बैंककमा तोडियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ चैत ,काठमाण्डौ।

चौथो पटक देशको कार्यकारी प्रमुख बनेको ८ महिना वित्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी मुलुकमध्ये चिनियाँ राष्ट्रपतिसंग एक पटक र भारतीय प्रधानमन्त्रीसंग दुई पटक भेटवार्ता गरिसकेका छन् ।

सी जिंग पिंगसंग ओलीले द्विपक्षिय औपचारिक चीन भ्रमणका क्रममा बेजिंगमा भेटवार्ता गरेका हुन् भने नरेन्द्र मोदीसंग एकपटक न्युर्योकमा र अर्को पटक बैंककमा साइडलाइन वार्ताको क्रममा भेट गरेका हुन् ।

तर ओलीको भेट जति चिनियाँ राष्ट्रपतिसंग सौहार्द भयो मोदीसंगको दुवै पटकको भेटमा भने त्यस्तो देखिएन । एक त मोदीसंगका ती भेटहरु भारत वा नेपालमा प्रधानमन्त्री स्तरीय औपचारिक भ्रमणका क्रममा भएका होइनन् ।

जसका लागि ओली सरकारले सुरु देखिनै जोडबल लगाएको थियो । आफ्ना सरकारका मन्त्रीहरुलाई खटाएको थियो । ओलीको चाहाना नै पहिलो विदेश भ्रमण भारतबाट गर्ने भन्ने थियो । तर ८ महिना वितिसक्दा पनि उनको त्यो चाहाना पुरा हुन सकेको छैन ।

तेस्रो देशमा भएका साइडलाइन वार्तामा पनि मोदी–ओली भेट नेपालकै तर्फबाट गरिएको पहलस्वरुप नै भएका हुन् । जसमा अन्तिम समयमा मात्रै मोदी भेटका लागि तयार भएका थिए । पछिल्लो भेटमा त ओलीले आफ्ना टोलीसहित भेटको तयारी गरिरहँदा मोदीले एक्लाएक्लै भेट्न सन्देश पठाएका थिए ।

जसबारेमा दुवै प्रधानमन्त्रीले सामाजिक संजालमा उल्लेख गरेपनि के कस्ता कुरा भयो, धेरै बाहिर आएका छैनन् । यो भेट हुनुअघि भने भारतीय एक मिडिया स्वराज्यले भने मोदीले ओलीसंग नेपालले जारी गरेको नयाँ नक्सा, भारतविरुद्ध ओलीका बयानहरु, ओलीले चिनियाँ कार्ड खेल्न छाड्नु पर्ने, यी लगायतका कुराहरुमा वार्ता गर्ने लेखेको थियो ।

तर यी कुराहरु के कति भयो न ओली न मोदी दुवैले बाहिर ल्याएका छैनन् । यद्यपि, मोदीसंग ओलीको तातै कुरा भएको छनक भने पछिल्ला टिप्पणीहरुमा उनले दिन थालेका छन्। बंैककबाट फर्किनासाथ विमानस्थलमा पत्रकार सम्मेलनमा ओलीले मोदी आफूसंग भेटेर खुसी भएको जनाएपनि सगरमाथा सम्मेलनमा मोदी नआउने कुरा सार्वजनिक गरे।

संगै काँडे तारले नछेकेपनि आफ्नो भारत भ्रमण पनि अनिश्चित नै रहेको बताए । आज पनि मधेस प्रदेश सभामा बोल्दै ओलीले दुई छिमेकीको सम्बन्धबारे आफ्ना धारणा राखे । प्रधानमन्त्री ओलीले अनावश्यक हल्ला चलाइएको भए पनि दुई छिमेकीसँग हाम्रो राम्रो सम्बन्ध रहेको भनेका छन् ।

’सँगै सुतेपछि खुट्टा लाग्छ, खुट्टा हटाउ भनेपछि कुरा सकिन्छ । त्यसकारण नेपालको दुई छिमेकीसँग असल मित्रता छ’ उनले भने । खासमा ओलीको यो भनाईबाट भारतका लागि संकेत के हो भने दुई देशबीचको सम्बन्धमा समस्या छ, अझ आफ्नो सरकारसंगै भएको समस्यालाई पनि बराबरीका आधारमा वार्ताद्वारा समाधान गर्नुपर्ने सुझाव दिएको बुझ्न सकिन्छ ।

यस्तै ओलीले सरकार ढल्ने भन्ने कुरामा पनि आन्तरिकरुपमा माओवादीसहितलाई र बाह्यरुपमा विशेषगरी दिल्लीलाई कडा जवाफ दिए । उनले सरकार बन्नै नदिन लागेकाहरू अब थाकेको टिप्पणी गरे । “दिनैपिच्छे सरकार फेरिन्छ कि, फेरिन्छ कि ! दाउपेचको स्थिति अन्त्य गर्नका लागि यो समीकरण बनाइएको हो ।

केही मान्छेको सोखजस्तो भएको छ, तिनीहरू पनि थाके अब । यो सरकार बन्नै नदिन कोसिस गर्दैथे,” उनले भने, “सरकार बन्दैन भन्दैथे, विश्वासको मत प्राप्त गर्दैन भन्दैथे । झन्डै दुईतिहाइ त नेपाली कांग्रेस र एमालेसँग छ ।” ओलीले कांग्रेस–एमाले समीकरणको सरकारलाई कुनै असर नगर्ने पनि बताए ।

“यो सरकार ढल्ने त कुरा छोडिदिनुस् । हल्लिँदा पनि हल्लिँदै,” उनले भने । यसअघि सोमबार भने बानेश्वरस्थित एभरेस्ट होटलमा आयोजित ‘हिमालयन डायलग’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दा ओलीले अलि बढी खुलेरै आफ्ना कुरा राखेका थिए ।

जुन मोदीसँगको भेटवार्तापछि भूराजनीतिक र छिमेक मामिलामा गरेको उनको पहिलो सम्बोधन पनि थियो । जसमा ओलीले भारतीय मिडिया स्वराज्यले लेखेकै कुरालाई इंकित पनि गरे । ‘हिमालयन डायलग’लाई सम्बोधन गर्नेक्रममा ओलीले लिम्पियाधुरा–कालापानीको भूभाग समावेशसहित संविधान संशोधन एकमतले राष्ट्रिय सहमतिका साथ गरिएको स्मरण गराए ।

‘पहिलो संविधान सभाबाट गणतन्त्र घोषणा गरिँदा विपक्षमा ४ मत परेको थियो, पहिलोपटक संशोधन हुँदा २५ मत परेको थियो,’ ओलीले स्मरण गराए, ‘तर, लिम्पियाधुरा–कालापानीसहितको नक्सासहित दोस्रोपटक संविधान संशोधन जारी हुँदा एक मत पनि विपक्षमा परेको होइन, पूराका पूरा संसदले सर्वसम्मतिका साथ संविधान संसोधनको निर्णय गरेको हो।’

‘छिमेकीका जायज चासो, चिन्ता र सरोकारलाई हामीले ख्याल गर्नुपर्छ,’ नेपालका लागि भारत र चीनसँगको सम्बन्ध बराबरी रहेको सन्देश दिँदै ओलीले भने, ‘मानौँ तीनजना साथीहरू छन्। यस्तो स्थितिमा हामीले यता कि उता ढल्कने गल्ती गर्नुहुँदैन । हामीले उनीहरूलाई बराबरी प्राथमिकता दिनुपर्छ।’

‘पेकिङ जाँदा तिमी कतातिर छौ भन्ने प्रश्न आयो भने हामी नेपालमै छौँ भन्ने जवाफ दिनुपर्छ,’ ओलीले थपे, ‘नयाँदिल्ली जाँदा पनि यस्तो प्रश्न उठ्यो भने– होइन, हामी त काठमाडौँमा छौँ भन्न सक्नुपर्छ।’

लिम्पियाधुरा–कालापानीसहितको संविधान संशोधनको सन्दर्भ उप्काउनुअघि प्रधानमन्त्री ओलीले नेपालको भूराजनीतिक सप्ठेरा–अप्ठेराहरूको चर्चाका साथ छिमेकीहरूसँग कसरी ‘डिल’ गर्ने भन्ने चर्चा पनि गरेका थिए ।

‘भूराजनीतिलाई हामीले हाम्रो कमजोरी लुकाउने आधार बनाउनु हुँदैन,’ ओलीको भनाइ थियो, ‘मित्रहरूसँग हामीले आफ्ना कुरा प्रस्टसँग राख्न सक्नुपर्छ।’ भूराजनीतिक कमजोरीको चर्चा गर्ने क्रममा ओलीले नेपालबाट छिमेकीहरूको ‘बानी बिगार्ने काम भइरहेको’ पनि आरोप लगाए ।

भारतको नाम उल्लेख नगरी उनले पुल्पुल्याउने काम नेपालबाटै भइरहेको सन्देश दिने प्रयास गरेका थिए । आफ्नो यो कुरालाई थप प्रस्ट पार्न ओली साथीलाई आफूले मात्र एकोहोरो चिया खुवाइरहँदा अन्तिममा कस्तो स्थिति बेहोर्नुपर्छ भन्ने कुराको उदाहरण दिनसमेत भ्याए ।

‘मित्रलाई २–३ चोटि चिया खुवाउनोस्, उसले एकदम हितैषी ठान्छ र सधैँ तपाईंले नै चिया खुवाइरहनुहुन्छ भन्ने अपेक्षा गर्न थाल्छ,’ ओलीले भने, ‘तर, यसरी सधैँ चिया खुवाइरहेको मित्रलाई एकदिन तपाईंले चिया नखुवाउनोस् त, के हुन्छ ! उसले तपाईंलाई खराब देख्न थाल्छ ।

तपाईंसँग सम्बन्ध तोड्न पनि बेर लगाउँदैन।’ पौने घण्टा लामो सम्बोधनका क्रममा ओलीले भारतीय समकक्षी मोदीको नाम नलिए पनि र बैंककमा मोदीसँग भएको भेटवार्ताको प्रसङ्ग ननिकाले पनि उनको प्रष्ट संकेत बुझ्न सकिन्छ ।

Tags: #मोदीसँग भड्किए ओली#मोदीलाई पढाए ओलीले पाठ

लोकप्रीय

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

विचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

थप समाचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा
संगीत

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
समाचार

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.