ट्रम्पको ट्यारिफ नीति ’आर्थिक परमाणु युद्ध’

२६ चैत , विराटनगर।

यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ वारले सिंगो विश्वमा हाहाकार मच्चिएको छ । देशहरुको अर्थतन्त्र नै उथलपुथलको अवस्थामा पुगेका छन् । कयौं देश आर्थिक मन्दी र टाट पल्टिने संघारमा पुगेका छन् । यसैका कारण बाँकी देशहरु अमेरिकाविरुद्ध एकजुट हुन थालेका छन् भने चीन–अमेरिका आमनेसामने आइसकेका छन् ।

विश्वभरका शेयर बजारहरु तहसनहस हुन पुगेका छन् । स्वयं अमेरिका पनि यसबाट अछूतो छैन । अर्कातर्फ डोनाल्ड ट्रंप विश्वभरी र आफ्नै देशमा सर्वत्र आलोचित र विरोधले घेरिन थालेका छन् । उनको नयाँ कर नीतिले सहयोगीहरु नै चिढिन थालेका छन् ।

एलन मस्कसहितका उनी निकटका व्यापारी र धनाढ्यहरुले ट्रम्पको यो नीतिको विरोध गरिरहेका छन् । किनभने एलन मस्कलाई पनि यसले ठूलो झट्का लागेको छ । उनको संपत्ति करीब यो वर्ष १३५ अर्ब डलरले घटेको छ ।

ट्रंपको ट्यारिफका कारण उनको कम्पनीहरुमा ठूलो गिरावट आएको छ । यसबीच खबर के आइरहेको छ भने ट्यारिफको झट्का भोगेका स्वयं एलन मस्कले डोनाल्ड ट्रंपसंग गोप्य कुराकानी गर्दै नयाँ ट्यारिफलाई हटाउन अपिल गरेका छन् ।

टेस्लाका सीईओ, डजका चीफ एलन मस्कले स्वयं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपसंग नयाँ ट्यारिफलाई फिर्ता लिनका लागि दबाब बढाएको खबरहरु आइरहेका छन् । यद्यपि ट्रंपले उनको कुरा सुने नसुने झै बनाएका छन् ।

रिपोर्टका अनुसार, डोनाल्ड ट्रंपले चीनबाट आउने सामानमा ५० प्रतिशत ट्यारिफ लगाउने भन्दै दिएको धम्कीपछि मस्कले सार्वजनिक रूपमा पनि यसको विरोध गरेका छन् । यस्तै द वाशिंगटन पोस्टको रिपोर्टका अनुसार, उनले अमेरिकी राष्ट्रपतिसंग यी उपायहरुलाई कम गर्नका लागि स्पष्ट अपिल पनि गरेका थिए ।

रिपोर्टमा भनिएको छ कि एलन मस्कले ट्रंपसंग ट्यारिफमा सिधा कुरा गरेका हुन् । उनले आक्रामक ट्यारिफ रोक्ने प्रयास गरे र ट्रम्पका अघि उनको केही जोड चलेन, उनी सफल भएनन् । यसले ट्रम्प र मस्कलाई नै आमनेसामनेको स्थितिमा ल्याएको केही मिडियाहरुले लेखेका छन् ।

डोनाल्ड ट्रंपले भनेका छन् कि उनी चिनियाँ सामानहरुमा ५० प्रतिशत ट्यारिफ लगाउने छन् जो पहिला घोषित ३४ प्रतिशत भन्दा थप हो । एलन मस्कले आफ्नो सोशल मीडिया प्लेटफर्म एक्समा अर्थशास्त्री मिल्टन फ्रीडम्यानको एक भीडियो पनि शेयर गरेका छन् ।

जसमा उनले भनेका छन् कि कसरी अन्तर्राष्ट्रिय व्यापारले सबैलाई लाभ दिन्छ र बढेको ट्यारिफ वैश्विक सहयोगका लागि खराब हो । यसबीच इटलीका उपप्रधान मंत्री मटेओ साल्भिनीसंग पनि कुरा गर्दै मस्कले भने कि अन्त्यमा मलाई विश्वास छ कि एउटा सहमति बन्छ जसमा यूरोप र संयुक्त राज्य अमेरिका दुवैले आदर्श रूपमा मेरोे विचारमा शून्य–ट्यारिफ स्थितितर्फ बढ्नु पर्छ ।

राष्ट्रपतिलाई पनि मेरो यही सल्लाह छ उनले भने । यसअघि एलन मस्कले ट्यारिफ नीतिका लागि जिम्मेवार ठहर्याउदै व्हाइट हाउसका सल्लाहकार पीटर नभारोको पनि मजाक उडाएका थिए । उनले भनेका थिए कि हार्वर्डबाट अर्थशास्त्रमा पीएचडी गर्नु पनि एक खराब कुरा हो राम्रो कुरा होइन भन्दै कटाक्ष गरेका थिए ।

यसमा व्हाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले चाँही ‘राष्ट्रपतिले अत्यधिक प्रतिभाशाली र अनुभवी व्यक्तिहरुको एक उल्लेखनीय टीम बनाएको र राष्ट्रपति ट्रंप नै अन्तिम निर्णयकर्ता भएको भन्दै बचाउ गरेकी थिइन ।

यी सब हेर्दा अमेरिकी राष्ट्रपति जवाफी ट्यारिफमा घरमै घेरिएका देखिन्छन् । उनका शीर्ष समर्थकहरु मध्येका अर्का अर्बपति बिल एकम्यानले पनि उनीमाथि निशाना साधेका छन्। एकम्यानले भने कि ट्यारिफका कारण अमेरिकाको अंतर्राष्ट्रिय व्यापार प्रतिष्ठा खतरामा परेको छ ।

ट्रंप प्रशासनले ट्यारिफको गणना गर्नका लागि जुन फर्मूला प्रयोग गरे त्यो गलत भएको उनले दाबी गरेका छन् । जसका कारण ट्यारिफ वास्तविकताभन्दा चार गुणा अधिक देखिएको छ । एकम्यानले एक्समा गरेको पोस्टमा लेखेका छन्, ’ट्रंप अर्थशास्त्री होइनन् ।

उनी गणनाहरु गर्नका लागि आफ्ना सल्लाहकारहरुमा निर्भर छन् । ताकी उनले नीति निर्धारित गर्न सकुन । तर खराब गणितका कारणले वैश्विक अर्थव्यवस्था तल झरिरहेको छ ।
एकम्यानले भनेका छन्, व्यापार विश्वासको खेल हो ।

ट्रंपले ती विश्वासहरुको उल्लंघन गरेका छन् जसका कारण उनले विश्वभरको व्यापारिक नेताहरुको पनि विश्वास गुमाउँदै गएका छन् । उनी अगाडि भन्छन्, ’हाम्रो देश र हाम्रा लाखौं नागरिकहरुका लागि जवाफी ट्यारिफको परिणाम गंभीर रूपले नकारात्मक हुनेछ ।

खासगरी ति मानिसहरुमा जसले ट्रंपलाई नै समर्थन गरेका थिए । तर यी ट्रम्प ती ट्रम्प रहेनन्, जसका लागि हामीले भोट दिएका थियौं । एकम्यानले अर्को एक कुरा पनि स्वीकार गरे कि अमेरिका अनुचित व्यापार प्रथाहरुको शिकार भएको छ तर संगत ट्यारिफबाट अमेरिकामा अन्य देशहरुको व्यापारिक विश्वास टूट्न सक्छ ।

उनले भने ’आफ्ना साथीहरु र दुश्मनहरुमा समान रूपले भारी ट्यारिफ लगाएर हामीले वैश्विक आर्थिक युद्ध शुरू गरेका छौं । जसले सिंगो विश्वका साथ हाम्रो व्यापारिक सम्बन्धहरुलाई घाटामा लैजाने छ ।

एकम्यानले त ट्रंपको ट्यारिफ नीतिलाई ’आर्थिक परमाणु युद्ध’ नै भनेका छन् । उनले चेतावनी दिदै भने कि ट्यारिफ नीतिले व्यापारिक लगानीहरु रोकिनेछन् । उपभोक्ता खर्च कम हुने छ र अंततः अमेरिकाको प्रतिष्ठालाई हानी गर्ने छ । र यसलाई फेरि बन्नमा दशकौं लाग्ने छ ।

उनले भने यसले न केवल ठूला बरु साना व्यवसाय पनि प्रभावित हुनेछन् । उनले चेतावनी दिदै भने अमेरिका ’आर्थिक परमाणु शीतकालका तर्फ बढीरहेको छ । एकम्यानले ट्रंपलाई सल्लाह दिदै भने ’हामीले झुक्न शुरू गर्न थाल्नु पर्छ’ ।

यस्तै जेपी मर्गन चेस एंड कंपनीका मुख्य कार्यकारी अधिकृत जेमी डिमनले पनि मन्दीको खतराको चेतावनी दिएका छन् । यस्तै रिपब्लिकन सीनेटर टेड क्रूजले पनि चेतावनी दिएका छन् कि यदि अमेरिका मंदीमा गयो भने त २०२६ मा राजनीतिक स्थिति पनि बिग्रिने छ ।

यस्ता टिप्पणी र चेतावनीहरुका बीच ट्रम्पले अहिले नै सही निर्णय लिएनन् भने हुनसक्छ उनको राष्ट्रपतिको कुर्सी पनि हातबाट फुत्किन सक्छ । उनले महाअभियोग र जनताको ठूलो विरोधको सामना गर्नु पर्ने हुनसक्छ, जुन अहिले नै सुरु भइसकेको छ ।

ट्रंपको ट्यारिफ नीतिले न केवल विश्वव्यापी अर्थतन्त्रलाई हल्लाएको छ, बरु उनी स्वयं पनि त्यसको घेराबन्दीमा परेका छन्। उनका नजिकका सहयोगी, उद्योगपति, अर्थशास्त्री, राजनीतिक नेतादेखि लिएर अन्तर्राष्ट्रिय साझेदारहरूसम्म असन्तुष्ट देखिन थालेका छन्। एलन मस्क र बिल एकम्यान जस्ता प्रभावशाली व्यक्तिहरूको खुला विरोधले ट्रंपको नीति विरुद्धको आवाज थप चर्किएको छ।

यो नीति केवल व्यापारिक सम्बन्धमै दरार ल्याउने नभई अमेरिकाको अन्तर्राष्ट्रिय प्रतिष्ठामा समेत गहिरो असर पार्नसक्ने संकेत देखिएको विश्लेषण गरिएको छ। अब यदि ट्रंप समयमै सम्हालिएनन् भने, यो ट्यारिफ युद्धले न केवल अर्थव्यवस्थालाई धक्का दिनेछ, उनको राजनीतिक भविष्य समेत अनिश्चित बनाउने अनुमानहरु गर्न थालिएका छन् । यसबारे तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नु होला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top