NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ? आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु आइतवार पुस ६ , २०८२
एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो आइतवार पुस ६ , २०८२
समानुपातिक बन्दसूची बुझाउन ७ दिन बाँकी,दलहरुमा चालचुल किन छैन? आइतवार पुस ६ , २०८२
Next
Prev

समाचार

अमेरिका–चीन व्यापार युद्ध, चिनियाँ सामानमा १०४% कर

बुधबार चैत्र २७ , २०८१
Reading Time: 1 min read
A A
सीताको निधनप्रति दुःख व्यक्त गर्न चिनियाँ र अमेरिकी टोली नेपालआउँदै

Symbolic of Sino-American relations, the flag of the United States of America and the flag of the Republic of China fly together on flag poles next to each other on a sunny, windy day.

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ चैत , एजेन्सी ।

अमेरिकी एक अर्बपति बिल एकम्यानले राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको नयाँ कर नीति आर्थिक परमाणु युद्ध भनिरहँदा वास्तावमै यसले विश्वबजारमा नयाँ व्यापार युद्ध सुरु गराएको छ । यसले विश्वका दुई सुपरपावर अमेरिका र चीनलाई आमनेसामने ल्याइदिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि ३४ प्रतिशत कर लगाउँदा नै यो युद्ध सुरु भइसकेको थियो । अब त झनै ट्रम्पले १ं०४ प्रतिशत करको भार चीनमाथि थोपरिदिएका छन् । ट्रम्पले चीनविरुद्ध थप ५० प्रतिशत कर (भन्सार शुल्क) लगाएका हुन् ।

LS Auto

आफ्नो दोस्रो कार्यकालको सुरुमै ट्रम्पले चीनलाई २० प्रतिशत कर लगाए भने यसपछि सम्पूर्ण विश्वमा कर घोषणा गर्दा उनले चीनलाई थप ३४ लगाए । अब अहिले ५० प्रतिशत थप्दा चीनविरुद्ध कूल भन्सार महसुल १०४ प्रतिशत पुगेको हो ।

उनले चिनियाँ बस्तुमाथि थप अतिरिक्त भन्सार शुल्क लागू गरेपछि फेरि बजारमा गिरावट देखिएको छ । मंगलबार पहिलो प्रहरमा वित्तीय बजारमा भारी गिरावट आएकामा ह्वाइट हाउसले चीनमाथि थप ट्यारिफको पुष्टि गर्नासाथ फेरि बजार ओरालो लागेको हो ।

ह्वाइट हाउसले केही चिनियाँ बस्तुमाथि १०४ प्रतिशत ट्यारिफ लगाएको पुष्टि गरेको बीबीसीले जनाएको छ । यो ट्यारिफको पुष्टिअघि ट्रम्पले आफ्नो योजनाको उच्च प्रशंसा गरेका थिए । उनले आफ्नो ‘विस्फोटक’ ट्यारिफको प्रशंसा गर्दै अमेरिकाको लागि यो नै उचित रहेको प्रतिक्रिया दिए ।

ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ, ’चीनले अमेरिकाविरुद्ध बदला लिने घोषणा गरेपछि यो कदम चालिएको हो।’ बेइजिङले प्रतिशोधात्मक भन्सार शुल्क फिर्ता लिन ट्रम्पले दिएको समय सीमा उल्लंघन गरेको आरोप वासिंटनले लगाएको छ ।

ट्रम्पले सोमबार नै चीनले अमेरिकी सामानमा आयात शुल्क लगाउने निर्णय फिर्ता नलिएमा थप ५० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । ट्रम्पको भनाइको जवाफमा चीनको वाणिज्य मन्त्रालयले अमेरिकी ’ब्ल्याकमेल’ स्वीकार नगर्ने र यसविरुद्ध अन्त्यसम्म लड्ने बताइसकेको छ ।

वुधबार रातीदेखि सर्बत्र लागू हुने ट्रम्पको आयातकर योजनाका कारण ६० मुलुक प्रभावित हुने बताइएको छ । केहीले अमेरिकी ट्यारिफको स्वागत गरेपनि अधिकांश मन्दीको त्रासले भयभित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यसबीच अमेरिकाले चीनबाट आयात हुने सामानमा कर बढाउँदा पाकिस्तानमा एउटा आईफोनको मूल्य १० लाख पाकिस्तानी रुपैयाँसम्म पुग्ने भएको छ । आईफोनलगायतका धेरैजसो अमेरिकी ब्राण्डका उत्पादनहरू चीनमा निर्माण हुने भएकाले चीनमाथि लागेको करले ती सामानको मूल्यमा प्रत्यक्ष असर पार्ने देखिएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट आयात हुने सामानमा उच्च भन्सार शुल्क लगाउने नीति अघि सारेपछि वस्तु मूल्यमा असर पर्न थालेको हो । यो व्यापार युद्धको असर भारत, पाकिस्तानलगायतका दक्षिण एशियाली देशहरूमा पनि पर्ने अनुमान गरिएको छ ।

यस्ता देशहरुमा विदेशी प्रविधि उत्पादनहरूको मूल्यमा धेरै बढ्न सक्ने बीबीसीको खबरमा उल्लेख छ । यसैबीच टेक्सासबाट हाउस अफ रिप्रिजेन्टेटिभ (तल्लो सदन) सदस्य अल ग्रीनले राष्ट्रपतिको पदमा बस्न वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प ‘योग्य नभएको’ भन्दै आगामी ३० दिनभित्र ट्रम्पविरुद्ध महाभियोगको प्रस्ताव संसदमा पेस गर्ने बताएका छन् ।

गत हप्ता अमेरिकामा देशव्यापी रूपमा भएको ट्रम्प र इलन मस्क विरोधी प्रदर्शन ‘ह्याण्ड्स अफ’ लाई सम्बोधन गर्दै ग्रीनले उक्त कुरा गरेका हुन् । उक्त प्रदर्शनमा देशभर झन्डै ६ लाख नागरिक प्रदर्शनमा सहभागी भएका अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।

ग्रीनले वासिङ्टन डीसीमा ट्रम्पविरोधी प्रदर्शन ‘ह्याण्ड्स अफ’ लाई सम्बोधन गर्दै भने, ‘हामीलाई अहिले ट्रम्पलाई दोषी ठहर गर्न सक्ने सिनेट चाहिन्छ र म तपाईंहरूलाई मनैबाट भन्न चाहन्छु, उहाँ एक गोलियथ जस्तै हुनुहुन्छ । उहाँसँग सेनाका जनरलहरू, न्याय विभाग र रिपब्लिकन पार्टीको नियन्त्रण छ । तर मेरा साथीहरू, प्रत्येक गोलियथका लागि एक डेभिड हुन्छ।’

ग्रीनले उल्लेख गरेको गोलियथ बाइबलको एक कथा ‘डेभिड र गोलियथ’ का एक पात्र हुन्, जो साह्रै ठूलो, शक्तिशाली र डरलाग्दो योद्धा थिए जसलाई कसैले हराउन नसक्ने ठानिन्थ्यो । तर डेभिड नाम गरेका एक युवा गोठालोले ढुंगा प्रहार गरेर उसलाई हराएका थिए ।

सामान्यतः प्रतिकात्मक रूपमा गोलियथलाई सामना गर्न गाह्रो हुने सत्ता, शक्ति वा अन्यायपूर्ण शक्तिशाली व्यक्ति वा संस्थालाई जनाइन्छ । ग्रीनले भने, ‘र म तपाईंलाई जानकारी दिन चाहन्छु, राष्ट्रपतिजी, यो डेभिड तपाईंविरुद्ध ३० दिनभित्र महाभियोगको प्रस्ताव ल्याउँदैछ। म तपाईंलाई लक्षित गर्दैछु। राष्ट्रपतिजी, यो डेभिड तपाईंलाई चुनौती दिन आइरहेको छ ।’

झन्डै दुई महिना अघि ट्रम्पविरुद्ध महाभियोगको प्रस्ताव ल्याउने वाचा गरेका ग्रीनले राष्ट्रपति ट्रम्पले आफू बसेको पद ‘ढंगले सम्हाल्न नसकेको’ तर्क गरेका छन्। यसैबीच, ह्वाइट हाउसकी सहायक सञ्चार सचिव लिज हस्टनले इमेलमार्फत प्रतिक्रिया दिँदै भनेकी छन्, ‘राष्ट्रपति ट्रम्पको धारणा स्पष्ट छः उहाँ सधैं योग्य लाभग्राहीहरूका लागि सामाजिक सुरक्षा, मेडिकेयर र मेडिकेडको रक्षा गर्नुहुनेछ।’

हस्टनले थपेकी छन्, ‘यसको विपरीत, डेमोक्र्याटहरूको नीतिले अवैध आप्रवासीहरूलाई सामाजिक सुरक्षा, मेडिकेयर र मेडिकेड जस्ता सुविधा दिने योजना बनाएको छ, जसले यी कार्यक्रमहरूलाई पंगु बनाउनेछ र अमेरिकी वृद्ध नागरिकहरूलाई ठूलो भार पार्नेछ।’

ग्रिनले ट्रम्पको पहिलो कार्यकालमा पनि धेरै पटक महाभियोग लगाउने प्रयास गरेका थिए, तर ती सबै प्रयास सफल हुन सकेका थिएनन् । अमेरिकी संविधानको धारा १, खण्ड २ ले प्रतिनिधिसभालाई महाअभियोगको मुद्दा ल्याउने अधिकार दिएको छ ।

कुनै पनि प्रतिनिधिसभाका सदस्यले राष्ट्रपति, उपराष्ट्रपति, वा संघीय अधिकारीहरूलाई ‘राजद्रोह, भ्रष्टाचार वा अन्य उच्च अपराध र दुष्कर्महरू’ को लागि महाअभियोग प्रस्ताव ल्याउन सक्छन् । प्रतिनिधिसभाको बहुमतले महाअभियोग प्रस्ताव पारित गरेपछि, यो सिनेटमा पठाइन्छ । सिनेटलाई महाअभियोगको मुद्दामा सुनुवाइ गर्ने अधिकार छ । राष्ट्रपतिलाई दोषी ठहर गर्न सिनेटको दुई तिहाइ बहुमत चाहिन्छ ।

Tags: #अमेरिका–चीन व्यापार युद्ध#आईफोनको मूल्य १० लाख#चिनियाँ सामानमा १०४% अमेरिकी कर#चिनियाँ सामानमा १०४% कर#ट्रम्पविरुद्ध महाअभियोगको चेतावनी

लोकप्रीय

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२

विचार

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२

थप समाचार

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?
ताजा समाचार

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने
ताजा समाचार

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु
ताजा समाचार

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२
DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम
अन्तर्राष्ट्रिय

एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो

आइतवार पुस ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२

हालका पोस्टहरू

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.