नेपालले कतारलाई सहजै हरायो

२५ चैत ८१, बुधबार

२६ चैत , काठमाण्डौ।

नेपालले चारदेशिय टी–२० सिरिजमा सहज जितसहित सुरुआत गरेको छ । आज सम्पन्न पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ । यो नतिजासँगै नेपालले दुई अंक बटुलेको छ ।

अब नेपालले बिहीबार दोस्रो खेलमा कुवेतलाई चुनौती प्रस्तुत गर्नेछ । हङकङमा आज कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै १५४ रन बनायो ।

Advertisement

नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । १९ बल खेलेका उनले चार चौका र तीन छक्का प्रहार गरे । अर्का ओपनर आसिफ शेखले २१ बलमा चार चौकासहित ३३ रन बनाए ।

यी दुईले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पु¥याएका हुन् । त्यसमा कप्तान रोहितकुमार पौडेलले ३७ र बसीर अहमदले ३० रन थपिदिए । यी दुवै ब्याटर अविजित रहे ।

Advertisement

कतारका मुजीब–उल–रहमानले दुई विकेट लिए । तीन ओभर बलिङ गरेका उनले १२ रन खर्चिए । त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार गरेको थियो ।

कतारका कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रन बनाए । ५४ बल नै खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे । शाहजैब जमिल२१ बलमा चार चौकासहित ३१ रनमा ललितनारायण राजवंशीबाट क्याच आउट भए ।

अरुमुगगणेश नागराजन १३ रनमा आउट हुँदा मुजीब–उल–रहमान २० र मोहम्मद इर्शाद १८ रनमा अविजित रहे । नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सनकुमार झा र ललितनारयण राजवंशीको नाममा समान एक विकेट रह्यो ।

चार देशीय श्रृंखलामा नेपाल र कतारका अलावा हङकङ र कुवेतको पनि सहभागिता रहेको छ । नेपालले भोली विहीबार कुवेतसंग खेल्दा आफ्नो तेस्रो खेल शनिबार आयोजक हङकङसंग खेल्नेछ ।

लिग चरणको समाप्तिपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । तेस्रो र चौथो स्थानमा रहने टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ । फाइनल खेल आगामी आइतबार खेलिने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top