×

NEPAL TIMES UPDATES

Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026

पूर्वी तराईमा झमझमी पानी पर्याे, भोलिसम्म पानी र हिउँ पर्ने

२६ चैत्र २०८१

२६ चैत , काठमाण्डौ ।

लामो समयपछि पूर्वी तराईका केही जिल्लामा मेघ गर्जन र चट्याङसहित भीषण वर्षा भएको छ । बुधवार बिहानदेखि नै पूर्वी तराईको झापा, मोरङ लगायतका जिल्लामा भीषण वर्षा भएको हो ।

Advertisement
Advertisement

नेपालमा वर्षा नहुँदा प्रदुषणको तह जोखिमपूर्ण छ । जसले आँखा पोल्ने, टाउको दुख्ने लगायतका समस्याहरु देखिरहेका छन् । ठूलो पानी परेसँगै काठमाडौं उपत्यका लगायत प्रदुषण बढी भएका शहरहरुबाट प्रदुषण हट्ने बताइएको छ ।

तर काठमाडौं उपत्यकामा वर्षा नहुँदा केही दिन यता प्रदुषण उच्च भएको शहरमा विश्वकै पहिलो स्थानमा रहेको छ । काठमाडौंमा वर्षा हुन नसके पनि पूर्वी तराईमा भने मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको रेकर्डअनुसार, पछिल्लो ६ घण्टामा इलामको कन्काईमा ११.४ मिलिलिटर वर्षा मापन भएको छ । यस्तै, झापाको अनारमनीमा १०.८ मिलिलिटर, झापाको गौरादहमा १०.८ मिलिलिटर, झापाकै शनिश्चरेमा ८.२ मिलिलिटर वर्षा मापन भएको छ ।

तर अन्य जिल्लामा भने गर्मी महसुस गरिएको छ । वर्षा नहुँदा नेपालमा वायु प्रदूषण बढेको छ । जसले आँखा पोल्ने, टाउको दुख्नेलगायत समस्या देखिरहेका छन् । काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, आज काठमाडौंमा पनि वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा हल्का वर्षाको सम्भावना देखिएको मौसमविद्हरुले बताएका छन् ।

आज देशभर तर एक–दुई स्थानमा वर्षाको सम्भावना देखिको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

भनेको अलिअलि मात्र घाम देखिने सम्भावना छ। दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र देशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

राति भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

मौसमविद्का अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको एकसाथ प्रभाव परिरहेको छ।

Advertisement

बिहीबार सम्म देशभर विभिन्न स्थानमा पानी र हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद्ले बताएका छन्। विभागका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुशार बिहीबार सम्म देशव्यापी रूपमा हिमपात र वर्षा हुने सम्भावना देखिएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top