×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

सुनको भाउ तोलाको २ लाख नजिक, एकै दिन ३९ सय बढ्यो

२८ चैत्र २०८१

२९ चैत , काठमाण्डौ।

नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउने क्रममा अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ बढेको हो । यससँगै छापावाल सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

Advertisement
Advertisement

यो इतिहासकै सबैभन्दा उच्च मूल्य हो । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९०० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९०५ रुपैयाँ पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्थानीय बजारमा पनि यसको प्रभाव परेको बताइएको छ । विश्वबजारमा सुनको मूल्यमा आएको बढोत्तरीको असर आज नेपाली बजारमा देखिएको हो । व्यावसायीहरुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारस्पारिक भन्सार दर ९० दिनलाई स्थगित गरेपछि त्यसको असर विश्व सुन बजारमा परेको बताउँछन्।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा उछाल आएको छ । लगानीकर्ताहरूले सुन लगायत सेफ हेभन एसेटमा लगानी बढाइरहँदा सुनको माग बढेर भाउले नयाँ उचाइ छोएको हो । शुक्रबार सुनको भाउ पहिलो पटक प्रतिऔंस ३ हजार २०० डलरमाथि उक्लिएको छ ।

बिहानी कारोबारदेखि नै न्यूयोर्कको मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा सुनको भाउ उकालो लाग्न थालेको थियो । उक्त दिनको कारोबारमा सुनको भाउ अधिकतम प्रतिऔंस ३ हजार २ सय १९ डलर ८२ सेन्टसम्म पुगेको थियो ।

यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार बिहान १०ः५३ बजे स्पट गोल्ड प्रतिऔंस ३ हजार २१० डलर ३४ सेन्टमा किनबेच भइरहेको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ दशमलव ५४ प्रतिशत धेरै हो ।

शुक्रबारको कारोबारमा स्विस फ्र्याङ्लगायत अन्य सेभ हेभन एसेटको भाउ आकासिएका छन् । हप्ताको सुरुमा अमेरिकी ऋणपत्रमा देखिएको सेल–अफ पुनः देखिएपछि शुक्रबार अमेरिकी डलरको तुलनामा स्वी फ्र्याङ्कको भाउ बढेर एक दशकयताकै उच्च स्तरका उक्लिएको छ ।

सन् २०२५मा सुनको मूल्य ४ सय डलरभन्दा बढीले वृद्धि भईसकेको छ । अमेरिका र चीनबीच बढ्दै गएको व्यापार युद्धका कारण सुनको मूल्यमा उछाल आएको हो । अमेरिकी राष्ट्रपतिले चीनमाथि ट्यारिफ थपेको थप्यै गरिरहेका छन् ।

अहिले चीनमाथिको अमेरिकी ट्यारिफ १४५ प्रतिशतसम्म पुर्याएका छन् । जसको प्रतिउत्तरमा चीनले पनि अमेरिकामाथि ट्यारिफ घोषणा गरिरहेको छ । विश्वका यी दुई शक्ति राष्ट्रबीचको व्यापारीक सम्बन्धमा आएको तिक्तताले ठूलो रुप लिने भयका कारण लगानीकर्ता सुरक्षित लगानीको रुपमा सुनतर्फ आकर्षित भएका छन् ।

यता उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले भारतसँगको स्थिर विदेशी विनिमय दर (फिक्सड पेग)को विकल्प खोज्न सुझाव दिएको छ । लामो समयसम्म एकै तहमा भारतीय रुपैयाँ (भारु)सँग स्थिर विनिमय दर रहेको, भारतसँग बढ्दो व्यापार घाटाका कारण अबको सुधारमा क्रमशः पुँजीगत खाता खोल्दै जान थालिएको स्थितिमा स्थिर विनिमय दरको विकल्पमा छलफल, अनुसन्धान र तयारी गर्नुपर्ने आयोगले सुझाएको छ ।

हाल नेपाल र भारतबीच १०० भारु बराबर १६० नेरु छ । स्थिर विनिमय दरका कारण डलरको मूल्य निर्धारण हुने गरेको छ । भारतमा डलर महँगो हुँदा नेपालमा पनि त्यसको असर पर्ने र सस्तो हुँदा नेपाली रुपैयाँ बलियो हुने गरेको छ ।

भारुसँगको स्थिर विनिमय दर लामो समयदेखि एउटै कायम भएकाले यसको परिमार्जनका विषयमा छलफल आवश्यक भएको राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले बताए । लामो समयदेखि छलफल नहुँदा नेपालको विनिमय दर अधिमूल्य भएमा निर्यात कमजोर हुन्छ भन्ने आशय भएको उनको भनाइ छ ।

यद्यपि, बजारको आवश्यकताअनुसार मुद्रा बलियो र कमजोर दुवै हुने उनको तर्क छ । भारुसँग स्थिर विनियम दर भएका कारण कहिले डलरसँग अधिमूल्य र कम मूल्य हुने गरेको उनले बताए । नेपालले हाल द्वैध विनिमय दर नीति अवलम्बन गरेको छ ।

नेरुको भारुसँग स्थिर र परिवत्र्य विदेशी मुद्रासँग खुला बजार विनिमय दर प्रणाली नेपालले अवलम्बन गरेको छ । नेरुको भारुसँगको स्थिर विनिमय दर प्रणाली ०१७ वैशाख १ गतेदेखि कायम हो । ०४९ फागुन १ गतेदेखि नेरुको परिवत्र्य विदेशी मुद्रासँग खुला बजार विनिमयय दर पद्धति लागु छ ।

०४९ फागुन १ गतेदेखि नेरुलाई चालु खाता कारोबारका निम्ति पूर्ण परिवत्र्यता प्रदान गरिएको हो । ०१७ वैशाख १ पहिला नेरुको भारुसँगको विनिमय दर मूलतः बजारको माग र आपूर्तिअनुसार परिवर्तन भइरहन्थ्यो । ०१७ वैशाख १ गतेबाट भारु १०० को नेरु १६० निर्धारण गरिएको विनिमय दर ६० वर्षपछि पनि उही रहेको छ ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top