क्याप्टेन कुलको आज अग्निपरीक्षा, कलकत्तासँग भिड्दै

२७ चैत ८१, शुक्रबार

२९ चैत , काठमाण्डौ।

Advertisement

आईपीएलको १८औं सिजनमा चेन्नई सुपर किंग्सलाई ठूलो झट्का लागेको छ। नियमित कप्तान ऋतुराज गायकवाड फ्र्याक्चर भएपछि सिजनभरिका लागि बाहिरिएका छन्। टोलीका मुख्य प्रशिक्षक स्टीफन फ्लेमिङ ले यसबारे पुष्टि गर्दै अबको बाँकी खेलमा फेरि एकपटक महेन्द्र सिंह धोनी कप्तान हुने जानकारी दिएका छन्।

कप्तान कुलका रुपमा चिनिने धोनीको काँधमा अब लगातार पराजय भोगिरहेको चेन्नईको खेल सुधार गर्दै जित हासिल गर्नुपर्ने जिम्मेवारी आएको छ । गायकवाडलाई तुषार देशपाण्डे को बलले चोट लागेको थियो।

Advertisement

उनको अनुपस्थितिमा लगातार हारको सामना गरिरहेको चेन्नईले अब कप्तान धोनीको नेतृत्वमा कोलकाता नाइट राइडर्स सँग हुने आजको खेलमा जित निकाल्दै प्रतियोगितामा फर्किने लक्ष्य लिएको छ। यो खेल धोनीका लागि अग्निपरीक्षा बनेको छ ।

चेन्नईले अहिलेसम्म खेलेका ५ मध्ये ४ खेलमा हार भोगिसकेको छ। पछिल्लो खेलमा पञ्जाब किंग्ससँग १८ रनले पराजित भएको टिमले अब घरेलु मैदानको फाइदा उठाउँदै आफ्नो अभियान ट्र्याकमा ल्याउने योजना बनाएको छ।

Advertisement

तर, अघिल्ला सिजनमा जस्तो चेपक मैदानको पिचबाट सहयोग नपाएकोप्रति मुख्य प्रशिक्षक फ्लेमिङले असन्तुष्टि जनाएका थिए। फ्यानहरूको ध्यान फेरि धोनी तर्फ केन्द्रित छ। उनले पछिल्लो खेलमा १२ बलमा २७ रन बनाएका थिए, जसमा ३ छक्का र १ चौका सामेल थियो।

चेन्नईका ब्याट्सम्यानहरू — डेभोन कोन्वे, रचिन रवीन्द्र, शिवम दुबे लयमा फर्कने संकेत दिइरहेका छन्, तर कप्तानको जिम्मेवारी फेरि धोनीको काँधमा आएको छ। चेन्नईको बलिङ यथावत रहने सम्भावना छ।

जहाँ तेज बलरहरू खलील अहमद, मुकेश चौधरी, मथीशा पथिराना र स्पिनरहरूमा रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, नूर अहमद रहेका छन् । उता कोलकाताले पछिल्लो खेलमा लखनउ सुपर जायन्ट्ससँग नजिकको हार व्यहोरेको थियो।

अब उनीहरू जितको लयमा फर्किने लक्ष्यसाथ मैदान उत्रनेछन्। ब्याटिङमा क्विन्टन डी कक, सुनील नारिन, कप्तान अजिंक्य रहाणे, अंगकृष रघुवंशी, आन्द्रे रसेल, रिंकू सिंह जस्ता खेलाडीमाथि भर पर्नेछ।

अहिलेसम्म चेन्नई ५ खेल, १ जित, ४ हारका साथ ९औं स्थानमा छ भने केकेआर ५ खेल, २ जित, ३ हारसहित ६औं स्थानमा छ । आजको खेल दुवै टोलीका लागि अत्यन्तै महत्वपूर्ण छ । एकतर्फि धोनीको पुनरागमन, अर्कोतर्फ केकेआरको पुनरुत्थान प्रयास रहनेछ ।

धोनीको कप्तानीमा चेन्नईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा पाँचवटा आइपिएल उपाधि जितेको थियो ।यस्तै इन्डियन प्रिमियर लिग(आइपिएल)को यो वर्षको सिजनमा दिल्ली क्यापिटल्सले सनसरीपूर्ण प्रदर्शन जारी राखेको छ।

चार खेलमा उसले चारै वटा जित निकालेको छ। बिहीबार भएको खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंलोरलाई ६ विकेटले पराजित गयो। सुरुमा ब्याटीङ गरेको बैंगलोरले १६३ रन बनाएको थियो। जवाफी ब्याटीङमा दिल्लीले खराब सुरुवात गर्दे ३० रनमा तीन विकेट गुमाएको थियो ।

केएल राहुलले ५३ बलमा ९३ रनको अविजित इनिङको मद्दतले दिल्लीले सहजै जित निकालेको हो। १७.५ ओभरमै दिल्ली विजयी भएको हो। राहुल र त्रिस्तान स्टब्सले ५५ बलमा ११ रनको साझेदारी गर्दै टिमलाई विजयी गराएका हुन्। दिल्ली अंकतालिकाको दोस्रो स्थानमा छ।

५ खेल खेलर चार जित निकालेको गुजरात अंकतालिकाको पहिलो स्थानमा छ। लोकेश राहुल र त्रिस्तान स्तुबसको नटआउट साझेदारीको सहयोगमा बिहीबार दिल्ली क्यापिल्टसले इन्डियन प्रिमियर लिगमा रोयल्य च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले हराएको हो  ।

पहिलो ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा सात विकेट गुमाएर १६३ रन बनाएको थियो । प्रत्युत्तरमा दिल्लीले १७.५ ओभरमा चार विकेटको नोक्सानीमा १६९ रन जोडेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top