NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

शुक्रबार चैत्र २९ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२९ चैत , काठमाण्डौ।

चैत १५को घटनापछि प्रहरीको सर्वाधिक खोजीमा रहेका राजसंस्था पर्नस्थापन समितिका जनकमाण्डर बनेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अन्ततः प्रहरीको नियन्त्रणमा परेका छन् ।

नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले प्रसाईंलाई भारतको असामबाट पक्राउ गरेर काठमाडौं ल्याइपुर्याएको छ। बिहीबार साँझ ब्युरोको टोलीले प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई असामको बास्काबाट पक्राउ गरेको नेपाल प्रहरीले पुष्टि गरेको छ।

Advertisement

तर बिहीबार प्रसाईँ पक्राउ परेको खबर बाहिरिएपछि नेपाल प्रहरीले उनी पक्राउ नपरेको भन्दै झुटो वित्रपित् जारी गरेको थियो । आज फेरि प्रहरीले उनी अंगरक्षकसहित पक्राउ परेको विज्ञप्ति जारी गरेको छ ।

नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएका कारण प्रहरीले प्रसाईं पक्राउको बचाउ गरेको थियो । प्रसाईंलाई आज विहान झापाको भद्रपुरबाट औपचारिक रुपमा पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं डीआईजी दिनेश आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भद्रपर प्रहरीलाई उनलाई जिल्ला प्रहरी कार्यालय पुर्याएर आजै काठमाडौं पठाएको छ। हत्कडीसहित भद्रपुर विमानस्थलमा पुर्याइएका प्रसाइँको हतकडी विमानमा भने खोलिएको थियो । उनले विमानस्थलमा पनि आफ्ना समर्थकहरुलाइ हात हल्लाएका थिए ।

भारतबाट नेपाल भित्र्याउदै गर्दा पनि उनका समर्थकहरुले झापाको मेचीपुलमा नाराबाजी गरेका थिए । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । प्रसाईं प्रदर्शनका ‘कमान्डर’ थिए ।

अन्ततः प्रसाईं अराजक प्रदर्शन भएको १४ दिनमा पक्राउ परेका छन् । प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।

प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन १०० भन्दा बढी राउन्ड गोली चलाएको थियो । त्यस दिन प्रसाईं प्रहरीको ज्यान लिने शैलीमा गाडी कुदाउँदै बानेश्वर पुगेका थिए । प्रदर्शन हिंसात्मक भएपछि उनी भागे । भागेर प्रसाईंसहित उनका अंगरक्षक खड्का भारत पुगेका थिए ।

चैत १५ गते रातिदेखि नै ब्युरोको टोली प्रसाईंको खोजीमा लागेको थियो । प्रसाईं चैत १५ गते ललितपुरस्थित आफ्ना गुरु पुष्कर खतिवडाको घर पुगेको खुलेको थियो । पुष्करलाई ब्युरोकै टोलीले यसअघि नै पक्राउ गरिसकेको छ ।

प्रसाईं त्यही दिन राति फलफूल खाएर पुष्करको घरबाट बाहिरिएका थिए । प्रहरी अधिकारीका अनुसार, दुर्गा प्रसाईं सुरुमा नेपालबाट भारतको उत्तर प्रदेशस्थित प्रयागराज पुगेका थिए । प्रयागराजमा केही दिन बसेर उनी लखनऊ पुगेको खुलेको छ ।

नेपाल प्रहरीको टोली आफ्नो खोजीका निम्ति लखनऊ आएको सुइँको पाएपछि प्रसाईं त्यहाँबाट समेत भागेर नयाँ दिल्ली पुगेका थिए । प्रहरी अधिकारीका अनुसार, दिल्लीमा उनले भारतीय हिन्दु संगठन आरएसएसका केही उच्च तहका नेताकामा आश्रय खोजेका थिए ।

तर, आश्रय नपाएपछि असुरक्षित ठानेर उनी भारतकै राजस्थान पुगे । त्यहाँबाट असम आएका हुन् । त्यति बेलासम्म नेपाली प्रहरीको टोली उनलाई खोज्न भारतका विभिन्न ठाउँ पुगिसकेको थियो ।

प्रहरी प्रधान कार्यालयले आईजीपीको सिधा सम्पर्कमा खटिने विशेष ब्युरोका प्रमुख एवं डीआईजी सिद्धिविक्रम शाहलाई त्यसनिम्ति खटाएको थियो । शाह नेतृत्वको प्रहरी टोली भारतका विभिन्न सहर पुगेको थियो ।

प्रहरीस्रोतका अनुशार ब्युरोबाहेक उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली समेत भारत पुगेको थियो । अनुसन्धान कार्यालयको टोलीको ‘कमान्ड’ एसपी अंगुर जिसीले गरेका थिए ।

प्रसाईंबाहेक हिंसात्मक प्रदर्शन आरोपमा यसअघि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर राणासहितलाई पक्राउ गरेको छ । उनीहरूमाथि राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रसाईंमाथि समेत प्रहरीले यही मुद्दामा अनुसन्धान गर्नेछ । मिश्र र राणासहितलाई अदालतले अनुशन्धानका लागि थप १५ दिनको समय दिएको छ । यता प्रसाई पक्राउ परेपछि प्रमुख सत्तारुढ दल नेकपा एमालेले अब पूर्वराजा ज्ञानेन्द्रलाई पनि कानूनी कारबाही गर्न माग गरेको छ ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेहिताको तहमा पनि ल्याइनुपर्ने बताएका हुन् । चैत १५ गते राजावादीहरुको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले प्रहरीलाई मार्ने उद्देश्यले गाडी चलाएको दाबी गरेका छन् ।

कानून समितिको बैठकमा बोल्दै मार्ने उद्देश्यले प्रहरीमाथि गाडी चढाउन खोज्दा समेत प्रहरीले शालिनता प्रस्तुत गरेको बताए। उनले भने, ‘त्यहाँ ठूलो मानवीय क्षति हुनसक्ने हामीले भिडिओहरुबाट देख्छौं । दुर्गा प्रसाईंजी प्रहरीको नियन्त्रणमा आइपुगेको भन्ने हामीले सुनेका छौं ।

कोही कसैलाई पनि उन्मुक्ति नहोस्, कानून बमोजिम कारवाहीको दायरामा ल्याउनले कुरामा सरकारको दृढतापूर्वक पहलकदमी होस्।’ उनले भने, ‘फागुन ७ गते पूर्वराजाले जुन आह्वान गर्नुभयो । उहाँले बेला आएको जनताहरुले साथ दिनुपर्छ भन्नुभएको छ।

त्यसपछि घटनाहरु प्रारम्भ भएको देखिन्छ। यति ठूलो घटना हुँदा उहाँले सार्वजनिक गरेको आह्वानबाट उत्साही भएर जे घटना भइरहेका छन्, त्यो घटनासँग जोडेर कुनै प्रतिक्रिया दिनुभएको छ।

उनले पूर्वराजाबारे पनि सार्वजनिक प्रश्न उठेको बताए । यसअघि राप्रपा, रास्वपा बाहेकको सर्वदलीय बैठकमा पनि तीनकुने घटनाको जिम्मा पूर्वराजाले लिनु पर्ने निष्कर्ष निकालिएको थियो ।

Tags: #नेपाल प्रहरीको विशेष ब्युरो#भौतारिए प्रसाईँ#राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.