NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

प्रहरीले प्रसार्ईँका लागि झुट्टो विज्ञप्ति किन निकाल्यो ?

शुक्रबार चैत्र २९ , २०८१
Reading Time: 1 min read
A A
प्रहरीले प्रसार्ईँका लागि झुट्टो विज्ञप्ति किन निकाल्यो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२९ चैत , काठमाण्डौ।

बिहीबार राती ९ बजेपछि नेपालका सबैजसो अनलाइन मिडियाहरूमा दुर्गा प्रसाईँ भारतमा पक्राउ भन्ने समाचार आउन थाले । त्यो समाचार एकै छिनमा जङ्गलमा डढेलो सल्के जस्तै सबै तिर पुग्यो । त्यस लगतै दुर्गा प्रसाईँको सचिवालयले सामाजिक सञ्जालमा प्रसाईँलाई प्रहरीले पक्राउ गरेको नभइ प्रहरी समक्ष आत्मासमर्पण गरेको दाबी गर्याे ।

त्यसको केही समयपछि नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयबाट प्रेस विज्ञप्ति जारी भयो र भनियो दुर्गा प्रसाईँ पक्राउ भन्ने शीर्षकमा विभिन्न सञ्चार माध्यममा प्रकाशन भएका समाचार असत्य हुन् प्रहरीले प्रसाईँलाई खोजी रहेको छ पक्राउ गरेका छैन ।

त्यसको लगतै अर्को एउटा विज्ञप्ति आयो राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको । विज्ञप्तिमा भनियो, प्रसाईँले ज्यान जोगाउनका लागि भारतको आसाममा भारतीय प्रहरी समक्ष आत्मासमर्पण गरे ।

त्यसपछि माननीय ज्ञानेन्द्र शाहीदेखि सबै जना मिडिया विरुद्ध खनिए । हावा समाचार दिने भन्दै धेरैले गाली गर्न भ्याए । यो सबै मध्यरातसम्म नियालिरहेका आम सर्वसाधारण रणभूल्लमा पर्नु स्वभाविक थियो ।

सर्वसाधारण मात्रै होइन नेपालका संचारमाध्यामहरु समेत यो सूचनाको विषयमा दुविधामा रहे । धेरैले प्रहरीको विज्ञप्ति पछि समाचार नै हटाए । तर सर्वसाधारण र राजावादीहरुको आँखामा धुलो छल्नेगरी प्रहरीले जुन विज्ञप्ति जारी गर्याे।

त्यसलाई नपत्याई आफ्नै प्रहरी भित्रको गोप्य स्रोतलाई विश्वास गरेर प्रसाईँ पक्राउ परेकोमा केही संचारमाध्यामहरु विश्वस्त थिए । त्यस भित्रको एक थियो नेपाल टाइम्स । वास्तवमा दुर्गा प्रसाईँ भारतको आसाममा पक्राउ परि सकेका थिए ।

तर किन प्रहरीले पक्राउ नै गरेको छैन भन्दै विज्ञप्ति निकाल्यो त ? नेपाल र भारत बिच सुपुर्दगी सन्धि नभएकाले प्रसाईँलाई नेपाली भूमिमै ल्याएर पक्राउ गर्नु पर्ने बाध्यता त थियो । तर सञ्चार माध्यममा आएका कुरालाई किन विज्ञप्ति नै निकालेर प्रहरीलाई खण्डन गर्नु प¥यो त ?

एक पूर्व प्रहरी अधिकृत भन्छन् हिजो रातीको प्रहरीको विज्ञप्ति अपरिक्ताको पराकाष्ठा हो । मान्छे पक्राउ परेको छ । भोलि बिहान उज्यालो हुँदा नेपाल आइ पुग्छ । अनि किन त्यसमा बाठो भएर के के न होला जस्तो गरेर विज्ञप्ति निकाल्नु प¥यो ? यसले प्रहरीमाथिको विश्वास गुमाएको छ ।

अबका दिनमा प्रहरीले जारी गरेका विज्ञप्ति कसरी पत्याउनु ?यसले गर्दा प्रहरीप्रतिको जनविश्वास घट्यो कि बढ्यो ? यो मात्र हैन तीनकुनेको घटनापछि पनि आवश्यक नै नरहेको पत्रकार सम्मेलन गर्ने भएर प्रहरी प्रधान कार्यालय विवादमा तानियो ।

यस्ता कुरामा नेतृत्वकर्ताले अनुभवी सँग सल्लाह लिनु पर्नेमा सबै मै जान्ने छु भनेर हिँड्दा यस्तै हुन्छ,पूर्व प्रहरी अधिकारीले भनेका छन् । नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले प्रसाईँलाई भारतको असमबाट पक्राउ गरेको हो ।

बिहीबार साँझ ब्युरोको टोलीले प्रसाईँ र उनका अङ्गरक्षक दीपक खड्कालाई असमको बास्कामा पक्राउ गरेको थियो । तर, नेपाल र भारतबिच सुपुर्दगी सन्धि नभएका कारण प्रहरीले प्रसाईँ पक्राउको हैन भन्दै बचाउ विज्ञप्ति नै बिहीबार राती विज्ञप्ति निकाल्यो ।

सुपुर्दगी सन्धि भनेको दुई वा बढी देशहरूको बिचमा भएको एक सम्झौतामा आधारित सम्झौता हो जसले एक देशमा अपराध गरेको व्यक्तिलाई अर्को देशमा सुपुर्द गर्ने प्रक्रिया निर्धारण गर्दछ ।

जब कुनै व्यक्तिले एउटा देशमा अपराध गरेको छ र अर्को देशमा भागेर जान्छ, तब सो व्यक्ति त्यस देशमा पुनः पक्राउ गरी अदालतमा पेस गर्नका लागि सुपुर्दगी सन्धि आधारमा माग गर्न सकिन्छ । यदि कुनै व्यक्तिले नेपालमा अपराध गरी भारततिर भाग्छ, सुपुर्दगी सन्धि नभएकाले ती अपराधीलाई सजिलै फर्काउन गाह्रो हुन्छ ।

दुई देश बिच यो सन्धि नहुँदा मानव तस्करी, सुन तस्करी, लागूपदार्थ कारोबारजस्ता अन्तर देशीय अपराधहरूमा वृद्धि हुनुका साथै अपराधिहरुलाई एउटा देशमा अपराध गरेर अर्को देश लुक्न सजिलो भई रहेको छ ।

यदि कुनै ठुलो अपराधी एक देशमा बसेर अर्को देशविरुद्ध गतिविधि गर्छ भने, सन्धिको अभावमा कूटनीतिक तनाव आउन सक्छ। औपचारिक सुपुर्दगी सन्धि नभएकाले, दुवै देशहरूले एक अर्काको देशमा पक्राउ परेका अपराध आरोपितहरूलाई कानुनी प्रक्रिया अन्तर्गत नभई अनौपचारिक वा कूटनीतिक माध्यमबाट सुम्पिने अभ्यास रहँदै आएको छ ।

यस्तै प्रहरीले झुटो विज्ञप्ति निकाल्नुका पछाडि प्रसाईँका पक्षमा देखिन सक्ने उनका समर्थकहरुको अवरोधले हुन् सक्ने सुरक्षा चुनौती र भारतीय पक्षबाट समेत हुन् सक्ने असहयोग समेत कारक रहेको प्रहरीका उच्च अधिकारी दाबी गर्छन् ।

विज्ञप्ति जारी गर्ने बारेमा गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख दीपक थापा समेत जानकार रहेको उनीहरुको दाबी छ । भित्रीकथा जे भएपनि बाहिरी रुपमा नेपाल प्रहरीले फेरि आफ्नै विज्ञप्तिलाई खण्डन गर्दै प्रसाईँलाई शुक्रवार बिहान १० बजे झापाको भद्रपुरबाट पक्राउ गरिएको विज्ञप्ति जारी गर्याे ।

प्रहरीको यो कार्यशैलीपछि नेपाल प्रहरीले कुनै विज्ञप्ति निकाल्यो भने के कुरा ढाँट्न विज्ञप्ति निकालेको रहेछ भनेर सोच्नु पर्ने अवस्था आएको सामाजिक संजालमा टिप्पणी हुन् थालेको छ ।

काठमाडौँको तीनकुनेमा चैत्र १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । प्रसाईँ प्रदर्शनका ‘कमान्डर’ थिए । प्रदर्शन क्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो ।

प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो । प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन १०० भन्दा बढी राउन्ड गोली चलाएको थियो ।त्यस दिन प्रसाईँ प्रहरीको ज्यान लिने शैलीमा गाडी कुदाउँदै बानेश्वर पुगेका थिए ।

प्रदर्शन हिंसात्मक भएपछि उनी भागे । भागेर प्रसाईँसहित उनका अङ्गरक्षक खड्का भारत पुगेका थिए । प्रसाई अराजक प्रदर्शन गरेको १४ दिनमा पक्राउ परेका हुन् । यसअघि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवल शमशेर राणालाई पक्राउ गरेको छ ।

उनीहरूमाथि राज्यविरुद्धको कसुर र सङ्गठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ । प्रसाईँमाथि समेत प्रहरीले यही मुद्दामा अनुसन्धान गर्नेछ ।

Tags: #नेपाल प्रहरी नै झुट्टको सहारामा#प्रसाईँ प्रकरण#प्रसार्ईँका लागि झुट्टो विज्ञप्ति#बदनाम भयो नेपाल प्रहरी

लोकप्रीय

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२

विचार

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म
ताजा समाचार

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.