NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Jackpot Jill Casino: Your Guide to Winning Big Online सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ? सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ? सोमवार पुस १४ , २०८२
रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिदै सोमवार पुस १४ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ? सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

नयाँ वर्षमा नयाँ सरकार, प्रचण्डले गरे घोषणा

आइतवार चैत्र ३१ , २०८१
Reading Time: 1 min read
A A
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३१ चैत , काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठूला दलको वर्तमान सरकार ढल्नु त परको कुरा हल्लिन पनि नसक्ने दाबी गरिरहेका बेला प्रतिनिधि सभामा तेस्रो ठूलो दलका रुपमा सरकार बनाउन र भत्काउन सक्ने म्याजिकल नबन्ने लिएर नेकपा माओवादीको नेतृत्व गरिरहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षसँगै नेपालमा नयाँ सरकार बन्ने बताएका छन्।

चितवनमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले देशमा नयाँ घटनाक्रमहरू तीव्र रूपमा विकास भइरहेको जनाउँदै वर्तमान सरकारको भविष्य अनिश्चित बन्दै गएको बताए। प्रचण्डले भने, “परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ। त्यसकारण कुनै पनि सम्भावना छ।“

केही दिन अघि मात्रै प्रचण्डले नेपाली काग्रेसले सरकारको नेतृत्व गरे आफू सहयोग गर्न तयार रहेको बताएका थिए । बिहीबार एक अन्तर्वार्तामा उनले काँग्रेसले यो सरकारको विकल्प खोज्नुपर्ने बताएका थिए ।

माओवादीले काँग्रेसले भनेअनुसार सरकारमा गएर वा बाहिर बसेर समर्थन गर्न तयार रहेको उनको स्पष्ट भनाइ छ । उनले जनआक्रोश बढ्दै गएको उल्लेख गर्दै नयाँ वर्षले नयाँ राजनीतिक निकास ल्याउने विश्वास व्यक्त गरे।

उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना औँल्याउँदै त्यसमा माओवादी केन्द्रले पूर्ण समर्थन गर्ने स्पष्ट पारे। “अबको कोर्स भनेको नेपाली काँग्रेस र शान्ति सम्झौताका सहयात्रीहरू एक ठाउँमा आएर सहमति खोज्नु नै सबभन्दा राम्रो विकल्प हो,” उनले भने, “कांग्रेसको जस्तो चाहना हुन्छ, त्यही अनुसार गर्छौं।

सरकारमा बोलायो भने सरकारमा जान्छौं, बाहिरबाट समर्थन भने त्यसमा पनि हामी तयार छौं।” प्रचण्डको भनाइ अनुसार, नेपाली कांग्रेसले विकल्प दिन आँट गर्नुपर्छ, किनभने त्यो देशको सबैभन्दा ठूलो दल हो र शान्ति प्रक्रियाको मूल हस्ताक्षरकर्तामध्ये एक पनि हो।

उनले कांग्रेस सभापति शेरबहादुर देउवाप्रति आफ्नो विश्वास व्यक्त गर्दै भने, “देउवाजीले ओलीजस्तो जालझेल गर्नुहुन्न।” प्रचण्डको यस अभिव्यक्तिपछि नेपाली राजनीति फेरि तरंगित भएको छ। सत्ताको वरिपरि निरन्तर सक्रिय देखिने प्रचण्डले फेरि सत्ता समीकरण बदल्ने प्रयास थालेका छन्।

यससँगै कांग्रेसभित्र पनि असन्तुष्टि चुलिँदो देखिन्छ। कांग्रेस महामन्त्री गगन थापा पछिल्लो समय सरकारको कामप्रति खुलेर असन्तुष्टि जनाइरहेका छन्। उनले प्रधानमन्त्री र मन्त्रीहरूले भाषणभन्दा काममा ध्यान दिनुपर्ने भन्दै आलोचना गरेका छन्।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयबारे उनले सरकारको आलोचना गर्दै यो अनावश्यक कदम भएको बताएका छन्। हिजो मात्रै धनकुटामा आयोजित कार्यक्रममा थापाले भने, “यो सरकार सफल बनाउन हामीले काम गरिरहेका छौं, मेहनत गरिरहेका छौं। परिणाम दिन भनिरहेका छौं।

तर कहिलेकाहीँ दुःख लाग्छ, नगर्नुपर्ने काम गरेर हामीलाई टोलटोलमा जवाफ दिनुपर्ने भएको छ।” ऊर्जामन्त्री दीपक खड्काको नेतृत्वमा गरिएको कुलमान हटाउने निर्णयको तीव्र आलोचना गर्दै उनले पार्टीका मन्त्रीहरूलाई नगर्नुपर्ने काम नगर्न आग्रह गरे।

“हामी भनिरहेका छौं– गर्नुपर्ने काम गर, नगर्नुपर्ने काम नगर। तिमीहरुले राम्रो काम ग¥यौ भने प्रचार गर्न पाउँछौं,“ उनले थपे। यता, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने सरकार ढल्ने कुनै सम्भावना नरहेको दाबी गर्दै आएका छन्।

उनले कांग्रेससँगको सत्ता साझेदारीअनुसार देउवालाई सत्ता हस्तान्तरण गर्न तयार रहेको कुरा दोहोर्याएका छन्। दुई दलको समझदारी अनुरुप अबको १५ महिनापछि सरकारको नेतृत्व शेरबहादुर देउवाले गर्नेछन् ।

तर, पछिल्लो घटनाक्रमले ओलीको नेतृत्वमा रहेको सरकारको स्थायित्वमा प्रश्न उठ्न थालेको छ। प्रचण्डले ओलीप्रति पुरानो ‘विश्वासघात’ सम्झिँदै कांग्रेससँग मिलेर सरकार परिवर्तनको संकेत दिएका छन्। यदि कांग्रेसले साथ दियो भने प्रतिपक्षी दलहरूको समर्थनमा नयाँ बहुमतको सरकार बन्ने गणित प्रतिनिधिसभामा अझै कायम छ।

सत्तामा स्थायित्वको अभाव, नीति निर्माणमा भ्रम र जनअपेक्षा अनुसारको काम गर्न नसकेको भनेर आलोचना खेपिरहेको वर्तमान सरकार नयाँ वर्षमा संकटमा पर्ने प्रचण्डको अभिब्यक्तिले दर्शाएको छ । गएको असार ३० केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए ।

असार २८ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रूपमा प्रतिनिधि सभाबाट विश्वास गुमाएका थिए । सङ्घीय संसदमा उपस्थित २५८ सांसदमध्ये प्रचण्डले पेस गरेको विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो भने एक सांसद तटस्थ बसेका थिए ।

Tags: #नयाँ वर्षमा नयाँ सरकार#प्रचण्डले गरे घोषणा#ओली सरकारको दिनगन्ती सुरु ?#सुरु भयो म्याजिकल नम्बरको खेल

लोकप्रीय

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२

विचार

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२

थप समाचार

articles_jackpot jill casino_2025-12-29

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?
समाचार

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?
समाचार

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२
रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिदै
समाचार

रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिदै

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.