नेपालले गुमायो सिरिज, कुवेतको कीर्तिमानी जित

३१ चैत ८१, आइतबार
Share this
718shares

३१ चैत ,काठमाण्डौ।

Advertisement

बसिर अहमदको उत्कृष्ट ब्याटिङका बावजुद हङकङमा भएको चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेपाल पराजित भएको छ । आज हङकङको मोङ कोकमा सम्पन्न रोमाञ्चक खेलमा कुवेतले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १७१ रनमात्र बनाउन सक्यो ।

बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाए पनि नेपाल फाइनलमा कुवेतसँग ३ रनले पराजित भयो । नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भएपछि जित नजिक पुगेर पनि नेपाल चुकेको हो ।

Advertisement

खराब ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो । बसिरले मात्र उत्कृष्ट पारी खेले । उनलाई नन्दन यादवले साथ दिए । यसबाहेक आठ खेलाडीले दोहोरो रन छुन सकेनन् । निकै खराब सुरूवात गरेको नेपालले २८ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो ।

कुशल भुर्तेल ३ रनमा, आशिफ शेख २१ रनमा तथा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी खाता नखोली आउट भए । चार खेलाडी आउट भए । यसपछि पनि कुनै खेलाडीले इनिङ्स सम्हाल्न सकेनन् । निरन्तर विकेट झरि नै रहयो । कप्तान रोहित पौडेल पनि ७ रनमा आउट भए । सोमपाल कामी ४ रनमा गुल्सन झा ९ रनमा र करण केसी ४ रनमा आउट हुँदा नेपाल हार नजिक पुगेको थियो ।

Advertisement

मात्र ९२ रन बनाउँदा नेपालले ८ विकेट गुमाइसकेको थियो । यसपछि छैटौं क्रमका बसिर अहमद र नन्दन यादवाले नवौं विकेटको लागि ७२ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए । बिष्फोटक ब्याटिङ गर्दै नन्दन १८ ओभर २ बलमा ३७ रन जोडेर आउट भए ।

यतिखेर नेपालले १६४ रन बनाएको थियो । अन्तिम ओभरमा नेपाललाई जितको लागि ११ रन जरूरी थियो । अुनदीप चिन्थामाराको अन्तिम ओभरको पहिलो बलमा नो बल फ्याँके। बसिरले छक्का प्रहार गरे ।

तर उनी यसको उुई बलपछि आउट हुँदा नेपाल ३ रनको झिनो हार बेहोर्न बाध्य भयो । बसिरले विष्फोट ब्याटिङ गर्दै ४३ बलमा ८ चौका र ४ छक्का सहित ८० रनको पारी खेले। तर पनि नेपाल पराजित हुन पुग्यो ।

बलिङमा अुनदीप चिन्थामाराले ३ विकेट लिए । यासिन पटेल र नविनराज राजेन्द्रनले२÷२ विकेट झारे । यसअघि नेपालले मिसन रोड मैदानमा टस जितेर पहिले कुवेतलाई ब्याटिङको लागि उतारेको थियो ।

कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १ दय ७४ रन बनाएको थियो । नेपालका लागि नन्दन यादवले २, सोमपाल कामीले २ विकेट, करण केसी र कुशल भुर्तेलले समान १÷१ विकेट लिए ।

यो खेलमा ललित नारायण राजवंशी विकेट विहिन रहे । यसअघि नेपालले लिग चरणमा कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो । हङकङविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो । कुवेतले भने हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले माथ दिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top