×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

आजदेखि विद्यार्थीको नयाँ भर्ना, शिक्षक सडकमा

१ बैशाख २०८२

१ वैशाख , काठमाण्डौ ।

नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सुरु भएको हो ।

Advertisement
Advertisement

सरकारले सबै अभिभावक तथा सरोकारवालाहरुलाई यो अभियान सफल पार्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गरेको हो ।

मन्त्रालयले शैक्षिक सत्र २०८२ अभियान सफल पार्न मन्त्रीस्तरको निर्णयसहित सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइहरूलाई ७ बुँदे अनुरोधसहित भर्ना अभियानमा सहयोग गर्न आग्रह गरेको छ ।

विद्यालयको सेवा क्षेत्रभित्र बसोबास गर्ने विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुने गरी भर्ना अभियान सञ्चालन गर्न÷गराउन भनिएको छ ।

विद्यालय भर्ना अभियानको शुभारम्भको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् ।

उनले समृद्धिको एक आधारका रुपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्ताहरु लाग्नुपर्नेमा जोड दिएका छन् ।

साथै प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।

अहिले आधारभूत तहको खुद भर्ना दरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन् । तर प्रधानमन्त्रीको आह्वान र सरकारले नै नयाँ भर्ना शुभारम्भ भएको घोषणा गर्दा यता सामुदायिक विद्यालयका शिक्षकहरु भने १२ दिनदेखि विद्यालयमा ताला लगाएर आन्दोलनमा छन् ।

शिक्षक र सरकारबीच सहमति हुन नसक्दा ७० लाख विद्यार्थीको शैक्षिक गतिविधि ठप्प बनेको छ । शिक्षक आन्दोलनले कक्षा ८ र एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा र भर्ना अभियान प्रभावित बनेको छ ।

धेरै विद्यालयको लिने वार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन पनि रोकिएको छ । नेपाल शिक्षक महांसघले पहिलेको सहमति अनुसार विद्यालय शिक्षा विधेयक अगाडि नबढेसम्म आन्दोलन स्थगित नगर्ने जनाएको छ ।

महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग आइतबार भएको बैठकमा शिक्षकहरूको माग समेटिएको २४ बुँदे पत्र पनि बुझाएको छ । सहमति हुन नसक्दा विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन शिक्षा मन्त्रालयले सुरु गरेको भर्ना अभियान प्रभावित भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार विद्यालय जाने उमेर समूहका करिब ४ प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । यता १७ महिनादेखि संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा छलफल भइरहेको छ ।

Advertisement
Advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सहमति जुटाउन लागिपरेको छ । संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिमा पनि छलफल चलिरहेको छ । तर, सहमति जुट्न सकेको छैन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top