NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी शनिबार पुस १९ , २०८२
शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन शनिबार पुस १९ , २०८२
अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ? शुक्रबार पुस १८ , २०८२
Next
Prev

समाचार

सलमान खानलाई घरमै ज्यान लिने धम्की कसले दियो ?

सोमवार बैशाख १ , २०८२
Reading Time: 1 min read
A A
सलमान खानलाई घरमै ज्यान लिने धम्की कसले दियो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१ वैशाख , एजेन्सी ।

बलिउड अभिनेता सलमान खानलाई फेरि एकपटक ज्यान मार्ने धम्की आएको छ। एक अज्ञात व्यक्तिले मुम्बईको वरलीस्थित यातायात विभागको व्हाट्सएप नम्बरमा सन्देश पठाउँदै, सलमान खानलाई घरभित्र पसेर हत्या गर्ने र उनको कारलाई बम विष्फोट गराएर उडाइदिने चेतावनी दिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

यस घटनापछि प्रहरी प्रशासन सतर्क बनेको र उक्त व्यक्ति विरुद्ध मुद्दा दर्ता गर्दै अनुसन्धान थालेको प्रहरीलाई उदृत गर्दै भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । यसअघि पनि यस्ता खालका धम्कीपूर्ण सन्देशहरू आएका थिए।

प्रहरीद्वारा अनुसन्धान र हिरासतमा लिइएपछि ती व्यक्तिहरूले ती सन्देश ‘मजाकमा’ पठाएको दाबी गरेका थिए। यद्यपि, यसपटक प्रहरी प्रशासन कुनै पनि लापरवाही नगरी गम्भीर रूपमा विषयको अनुसन्धानमा लागेको छ।

धम्कीपछि वरली प्रहरी कार्यालयमा अज्ञात व्यक्तिविरुद्ध एफआईआर दर्ता गरिएको छ र सन्देशको स्रोत पत्ता लगाउनका लागि डिजिटल फरेन्सिक अनुसन्धान अघि बढाइएको छ। यो धम्की त्यस्तो समयमा आएको हो जब ‘द केरल स्टोरी’ जस्तो विवादास्पद फिल्म प्रदर्शनमा आएको छ, जसले समाजमा व्यापक चर्चा पाएको छ।

धम्कीमा स्पष्ट रूपमा सलमान खानलाई घरभित्र पसेर ज्यान लिने र उनको कारलाई बमले उडाइदिने कुरा लेखिएको थियो। यस्तो खालको धम्कीले न केवल सलमान खानलाई, तर उनको परिवार र शुभेच्छुकहरूलाई पनि चिन्तामा पारिदिएको छ।

यस घटनापछि फ्यानहरू र बलिउड उद्योगमा उनको सुरक्षाको विषय फेरि चासोको केन्द्र बनेको छ। पछिल्ला केही वर्षयता सलमान खानलाई पटक–पटक सुरक्षा खतरा देखिँदै आएको छ, जसमा कहिले गैंगस्टरबाट त कहिले अज्ञात व्यक्तिहरूबाट ज्यान मार्ने धम्कीहरू प्राप्त भएका छन्।

यस पटक पनि उनी वा उनका प्रतिनिधिहरूले कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्, तर प्रहरी प्रशासनले यस विषयलाई गम्भीर रूपमा लिँदै आवश्यक कानुनी कदम चालिरहेको बताइएको छ।

प्रहरीले यसपटकको धम्कीलाई पुरानो घटनाहरूसँग तुलना गर्दै यो वास्तविक खतरा हो वा केवल धम्की मात्रै हो भन्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेको छ। तर जसरी धम्की सिधै सरकारी नम्बरमा आएको हो, यसले विषयलाई अझ गम्भीर बनाएको छ।

सलमान खानको सुरक्षा अझै कडा बनाइने सम्भावना रहेको बताइएको छ। सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गत वर्ष ठीक आजकै दिन, अर्थात् २०८१ सालको वैशाख १ गते (१४ अप्रिल २०२४) गोलीकाण्ड भएको थियो।

र त्यस घटनाको ठीक एक वर्षपछि, अर्थात् १४ अप्रिल २०२५ मा फेरि एक पटक सलमानलाई धम्कीपूर्ण सन्देश प्राप्त भएको छ। २०२४ सालमा सलमानलाई थुप्रै अनियमित किसिमका धम्कीहरू प्राप्त भएका थिए।

प्रहरीको अनुसन्धानपछि सुरक्षा कारणवश उनको अपार्टमेन्टको बाल्कनी बुलेटप्रुफ बनाइएको थियो। त्यसैगरी सलमानलाई वाई प्लस सुरक्षा दिइएको छ र उनी सधैं कडा सुरक्षा व्यवस्थामा रहने गर्छन्।

उनको गाडी पनि बुलेटप्रुफ छ। सलमान खानलाई लॉरेन्स विश्नोई गिरोहबाट ज्यानको खतरा रहेको बताइएको छ। उक्त गिरोहले उनीमाथिको आक्रमणको जिम्मा पटक–पटक लिँदै आएको छ। कालो हरिण मुद्दामा अदालतले सलमानलाई निर्दोष ठहर गरे पनि विश्नोई गिरोहले अझै माफीको माग गर्दै आएको छ।

यस सम्बन्धमा सलमानका पिता सलीम खानले प्रतिक्रिया दिँदै भनेका थिए, “जुन दिन मर्नु लेखिएको छ, त्यो दिन त आउँछ नै। कसैको धम्कीले केही फरक पर्दैन।” सन् २०२३ मा पनि सलमान खानलाई ग्याङस्टर गोल्डी बरारको तर्फबाट धम्कीपूर्ण इमेल आएको थियो। २०२२ मा पनि उनलाई एक पत्र मार्फत ज्यान मार्ने धम्की दिइएको थियो।

२०२४ मा त दुई अनजान व्यक्तिहरूले उनको पनवेलस्थित फार्महाउसमा पसेर आक्रमण गर्ने प्रयाससमेत गरेका थिए। सलमानले आफूमाथि मडारिएको खतरा सम्बन्धमा प्रतिक्रिया दिँदै भनेका थिए, “भगवान, अल्लाह सबै माथि छन्।

जति उमेर लेखिएको छ, उति नै हो। त्यही हो।” उनले भनेका थिए कि उनी घरबाट शूटिङ जान्छन् र शूटिङ सकेर ग्यालेक्सी अपार्टमेन्ट फर्कन्छन्।

Tags: #सलमान खानको ज्यान जोखिममा#आयो बमले उडाउने धम्की

लोकप्रीय

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२

विचार

थप समाचार

निर्वाचन

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु
समाज

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन
समाचार

भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन

शनिबार पुस १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२
जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२

हालका पोस्टहरू

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.