त्रिविका सबै सेवा अब अनलाइन,कसरी दिने आवेदन ?

१ बैशाख ८२, मंगलबार

२ वैशाख , काठमाण्डौ।

Advertisement

त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अब अनलाइनबाट नै आवेदन दिन सकिने भएको छ ।

त्रिवि, परीक्षा नियन्त्रण कार्यालयले सेवाग्राहीलाई बल्खुस्थित कार्यालयमा आउनु पर्ने अवस्थालाई न्यूनीकरण गर्न यस्तो व्यवस्था गरेको हो ।

Advertisement

पनिकाले अनलाइन सेवा अन्तर्गत विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका काम गर्न सक्ने जनाएको छ ।

Advertisement

परीक्षा नियन्त्रक पुष्पराज जोशीद्वारा जारी एक सूचनाअनुसार आज बिहान ११ बजेबाट सेवा सुचारु भएको छ भने अन्य सेवाहरू पनि क्रमशः लागू हुँदै जाने भएको छ ।

आगामी जेठ १५ गतेबाट त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवाहरू अनलाइनबाट नै सञ्चालन हुने छन् ।

पनिकाका अनुसार अनलाइनमा फारम भर्न स्टुडेन्ट डट टियुइक्जाम डट इडीयु डट एनपीमा लगइन गरी दिइएको निर्देशनअनुसार फारम भरेर तोकिएको शुल्क तिरी सबमिट गर्नुपर्ने छ ।

यसका लागि रजिष्ट्रेशन कार्डमा उल्लेख भएअनुसार मार्कसीटहरूमा एकरुपता भए सोही अनुसार गर्ने नभए करेक्सन अप्सनमा गएर सच्याएर गर्न सकिने बताइएको छ।

अनलाइन वितरण गरिएका मार्कसीटबाहेक सो भन्दा पूर्व वितरण गरिएका पहेँलो सक्कल मार्कसीटमा फरक पर्न गएर एप्लिकेशन आइडीको स्लिप र सो मार्कसीट तोकिएको गोप्य शाखामा बुझाउनुपर्ने बताइएको छ ।

यी सबै प्रक्रिया पूरा गरेपछि प्राप्त निर्देशन अनुसार ट्रान्सक्रिप्ट संकलन गर्न पनिकाले आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top