×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

५ प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ पर्दैछ पानी ?

४ बैशाख २०८२

४ वैशाख , काठमाण्डौ।

आज कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विहानैदेखि कोशीसंगै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

Advertisement
Advertisement

महाशाखाका अनुसार देशका सबै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै हिमाली भेगका केही ठाउँमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। पानी पार्ने नयाँ प्रणालीको प्रभाव आउँदो सोमवारसम्म रहने मौसमविदको अनुमान छ ।

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ । साथै भारतको उत्तरप्रदेश आसपास बनेको न्यूनचापीय प्रणालीको पनि प्रभाव छ । त्यसैको प्रभावले आज बिहान कोशी र गण्डकीलगायतका प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको मौसमविद सरोज पुडासैनीले जानकारी दिए ।

बैतडी, बझाङ र दार्चुलामा पनि हल्का वर्षा भएको हो । मौसमविद् पुडासैनीले बिहीबार दिउँसो देशभर वर्षाको सम्भावना रहेको जानकारी दिए । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि उनले बताए ।

आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ ।

आजदेखि पानी पर्ने नयाँ प्रणालीको प्रभाव भएका कारण आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको मौसमविद पुडासैनीले जानकारी दिए । काठमाडौंमा पनि बिहीबार दिउँसो हल्का वर्षाको सम्भावना रहेको मौसमविद पुडासैनीले जानकारी दिए ।

देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसँगै वर्षा, हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

Advertisement

यो हप्ता गहुँ, मुसुरोलगायत अन्न तथा दलहन बाली नकाट्न मौसमविद्ले आग्रह गरेका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top