सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

३ बैशाख ८२, बिहीबार

४ वैशाख , काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । सहकारी ठगी अभियोगमा पार्टी सभापति रवि लामिछाने पुनः पक्राउ पर्नुअघि नै उनले राजीनामा दिएकी हुन् । यद्यपि, उनको राजीनामा स्वीकृत भइसकेको छैन ।

रवि पछिल्लो पल्ट पार्टीमा फर्किएकै दिनमा पूर्व शिक्षामन्त्रीसमेत रहेकी सुमनाले राजीनामा बुझाएको रास्वपाका एक नेताले जानकारी दिएका छन् । “उहाँले सभापतिलाई नै राजीनामा दिनुभएको हो,” रास्वपाका ती नेताले भने, “पहिले नै राजीनामा दिने तयारीमा हुनुहुन्थ्यो तर रवि दाइ हिरासतमा रहेकाले नदिएको भनेर उहाँले हामीसँगको कुराकानीमा भन्नुभएको छ” उनले भने ।

Advertisement

यता सुमनाले भने आफूले केन्द्रीय समितिको बैठकमा नै आफ्ना कुरा राख्ने बताउँदै अहिले राजीनामाका सम्बन्धमा कुनै धारणा सार्वजनिक गरेकी छैनन् । रास्वपाले केन्द्रीय समिति बैठक आजका लागि बोलाएको छ ।

लामिछाने सहकारी प्रकरणमा मुछिएपछि रास्वपाभित्र तीव्र विवाद चुलिएको छ । यद्यपि एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने धारणा सुमनाको रहेको छ ।

Advertisement

आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने उनको धारणा रहेको हुनसक्ने देखिन्छ । “पुस्तान्तरणका लागि गर्नुपर्ने कुरा के हो भन्ने कुनै पनि पार्टीमा देखिएन,” श्रेष्ठ निकटका एक नेता भन्छन्, “पदमा जहिले पनि टाँसिएर बस्नुको औचित्य छैन । बोली र व्यवहारमा एकरुपता ल्याउनैपर्छ भनेर उहाँले राजीनामा दिनुभएको हो ।”

तर पुस्तान्तरण, एक व्यक्ति एक पद, पार्टी पुनःसंरचनालगायत माग पूरा नभएको भन्दै दिएको राजीनामा स्वीकृत गर्न सुमनाले अल्टिमेटम नै दिएकी थिइन् । पार्टीले राजीनामा स्वीकृत नगरे आफैंले घोषणा गर्ने चेतावनीसहित उनले दिएको अल्टिमेटम चैत २१ गते बिहीबार सकिएपछि २२ गते शुक्रबार पार्टीका तर्फबाट डिफेन्स गरेर विज्ञप्ति निकाल्नेसम्मको तयारी उनले गरेकी थिइन् ।

तर अचानक रवि पक्राउ र चितवनको आम सभाका कारण उनलाई होल्ड गर्न लगाइएको थियो । पार्टीका तर्फबाट समानुपातिक सांसद रहेकी सुमना पूर्वशिक्षामन्त्रीसमेत हुन् । मंसिर २०८० को जलेश्वर बैठकबाट उनी सहमहामन्त्रीमा नियुक्त भएकी थिइन् ।

उनी पार्टी नेतृत्वका पछिल्ला गतिविधिप्रति समेत असन्तुष्ट रहेको पनि बताइन्छ । खासगरी सभापति लामिछानेका कारण झेल्नुपरेको प्रश्नबाट उनीसहित केही नेताले आजित महसुस गरेका थिए ।

लामिछाने पार्टी राजनीतिमा पुनः सक्रिय भएयता उनी पार्टी गतिविधिमा देखिएकी छैनन् । १८ चैतमा धुमधामका साथ लामिछाने पार्टी कार्यालय प्रवेशसँगै भएको केन्द्रीय समिति बैठकमा सुमना सहभागी थिइनन् ।

तर, आफू असन्तुष्ट रहेको कुरा सुमनाले सार्वजनिक मञ्चहरूमा कतै भनेकी छैनन् । १९ चैतमा लामिछाने आफ्नो सांसद निलम्बन फुकुवा माग गर्दै सभामुखलाई ज्ञापन पत्र बुझाउन जाँदा पनि सुमना थिइनन् ।

अब आज रास्वपाले दिउँसो केन्द्रीय समितिको बैठक बोलाएको छ । कार्यवाहक सभापति डीपी अर्यालले दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्ने गरी बैठक डाकेका हुन् । बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रबारे छलफल हुने प्रवक्ता मनीष झाले बताएका छन् ।

उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुनेछ । सभापति रवि लामिछाने जेल चलान भएपछि पार्टीको आगामी रणनीति बैठकले तय गर्नेछ। बैठकमा सुमनाको राजीनामाबारे पनि छलफल हुने बताइएको छ । उनको राजीनामा स्वीकृत भएमा उनी सांसद तथा पार्टी केन्द्रीय सदस्य रहने छिन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top