NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

बिहिबार बैशाख ४ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ वैशाख , काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । सहकारी ठगी अभियोगमा पार्टी सभापति रवि लामिछाने पुनः पक्राउ पर्नुअघि नै उनले राजीनामा दिएकी हुन् । यद्यपि, उनको राजीनामा स्वीकृत भइसकेको छैन ।

रवि पछिल्लो पल्ट पार्टीमा फर्किएकै दिनमा पूर्व शिक्षामन्त्रीसमेत रहेकी सुमनाले राजीनामा बुझाएको रास्वपाका एक नेताले जानकारी दिएका छन् । “उहाँले सभापतिलाई नै राजीनामा दिनुभएको हो,” रास्वपाका ती नेताले भने, “पहिले नै राजीनामा दिने तयारीमा हुनुहुन्थ्यो तर रवि दाइ हिरासतमा रहेकाले नदिएको भनेर उहाँले हामीसँगको कुराकानीमा भन्नुभएको छ” उनले भने ।

Advertisement

यता सुमनाले भने आफूले केन्द्रीय समितिको बैठकमा नै आफ्ना कुरा राख्ने बताउँदै अहिले राजीनामाका सम्बन्धमा कुनै धारणा सार्वजनिक गरेकी छैनन् । रास्वपाले केन्द्रीय समिति बैठक आजका लागि बोलाएको छ ।

लामिछाने सहकारी प्रकरणमा मुछिएपछि रास्वपाभित्र तीव्र विवाद चुलिएको छ । यद्यपि एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने धारणा सुमनाको रहेको छ ।

आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने उनको धारणा रहेको हुनसक्ने देखिन्छ । “पुस्तान्तरणका लागि गर्नुपर्ने कुरा के हो भन्ने कुनै पनि पार्टीमा देखिएन,” श्रेष्ठ निकटका एक नेता भन्छन्, “पदमा जहिले पनि टाँसिएर बस्नुको औचित्य छैन । बोली र व्यवहारमा एकरुपता ल्याउनैपर्छ भनेर उहाँले राजीनामा दिनुभएको हो ।”

तर पुस्तान्तरण, एक व्यक्ति एक पद, पार्टी पुनःसंरचनालगायत माग पूरा नभएको भन्दै दिएको राजीनामा स्वीकृत गर्न सुमनाले अल्टिमेटम नै दिएकी थिइन् । पार्टीले राजीनामा स्वीकृत नगरे आफैंले घोषणा गर्ने चेतावनीसहित उनले दिएको अल्टिमेटम चैत २१ गते बिहीबार सकिएपछि २२ गते शुक्रबार पार्टीका तर्फबाट डिफेन्स गरेर विज्ञप्ति निकाल्नेसम्मको तयारी उनले गरेकी थिइन् ।

तर अचानक रवि पक्राउ र चितवनको आम सभाका कारण उनलाई होल्ड गर्न लगाइएको थियो । पार्टीका तर्फबाट समानुपातिक सांसद रहेकी सुमना पूर्वशिक्षामन्त्रीसमेत हुन् । मंसिर २०८० को जलेश्वर बैठकबाट उनी सहमहामन्त्रीमा नियुक्त भएकी थिइन् ।

उनी पार्टी नेतृत्वका पछिल्ला गतिविधिप्रति समेत असन्तुष्ट रहेको पनि बताइन्छ । खासगरी सभापति लामिछानेका कारण झेल्नुपरेको प्रश्नबाट उनीसहित केही नेताले आजित महसुस गरेका थिए ।

लामिछाने पार्टी राजनीतिमा पुनः सक्रिय भएयता उनी पार्टी गतिविधिमा देखिएकी छैनन् । १८ चैतमा धुमधामका साथ लामिछाने पार्टी कार्यालय प्रवेशसँगै भएको केन्द्रीय समिति बैठकमा सुमना सहभागी थिइनन् ।

तर, आफू असन्तुष्ट रहेको कुरा सुमनाले सार्वजनिक मञ्चहरूमा कतै भनेकी छैनन् । १९ चैतमा लामिछाने आफ्नो सांसद निलम्बन फुकुवा माग गर्दै सभामुखलाई ज्ञापन पत्र बुझाउन जाँदा पनि सुमना थिइनन् ।

अब आज रास्वपाले दिउँसो केन्द्रीय समितिको बैठक बोलाएको छ । कार्यवाहक सभापति डीपी अर्यालले दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्ने गरी बैठक डाकेका हुन् । बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रबारे छलफल हुने प्रवक्ता मनीष झाले बताएका छन् ।

उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुनेछ । सभापति रवि लामिछाने जेल चलान भएपछि पार्टीको आगामी रणनीति बैठकले तय गर्नेछ। बैठकमा सुमनाको राजीनामाबारे पनि छलफल हुने बताइएको छ । उनको राजीनामा स्वीकृत भएमा उनी सांसद तथा पार्टी केन्द्रीय सदस्य रहने छिन् ।

Tags: #पार्टी नेतृत्वप्रति असन्तुष्ट#राष्ट्रिय स्वतन्त्र पार्टी#रास्वपा सह–महामन्त्रीबाट राजीनामा#रास्वपामा सुमनाको विद्रोह

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.