×

NEPAL TIMES UPDATES

Playing
आजदेखि यी ठाउँमा चल्दैछ डोजर, पहिला सुकुम्वासी पहिचान अनि व्यवस्थापन|| Nepal Times
May 01, 2026
Playing
ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?|| Nepal Times
May 01, 2026
Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026

चीनले दियो ८५ हजार भारतीयलाई भिसा, भान्स किन आउँदैछन् भारत ?

४ बैशाख २०८२

४ वैशाख , विराटनगर ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ दक्षिणपूर्वी एसियाका तीन देश भ्रमणको अन्तिम चरणमा आज कम्बोडिया पुगेका छन् । मंगलबार भियतनाम र बुधबार मलेसियाको भ्रमणपछि सी आज कम्बोडिया पुगेका हुन् ।

Advertisement
Advertisement

चीनको क्षेत्रीय व्यापार सम्बन्ध बलियो बनाई अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको चर्को करको प्रभाव कम गर्ने प्रयासस्वरूप चिनियाँ राष्ट्रपति सी दक्षिणपूर्वी एसियाली मुलुकको भ्रमणमा निस्किएका हुन् ।

आज कम्बोडियाको नोम पेन्हको विमानस्थलमा उनलाई सैन्य स्वागतसहित कम्बोडियाका राजा नोरोडोम सिहामोनीले स्वागत गरेका थिए । राष्ट्रपति सीले पूर्वनेता हुन सेन र उनका छोरा प्रधानमन्त्री हुन मानेटसँग बैठक गर्नुअघि दिउँसो दरबारमा भेटवार्ता गरेका थिए ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कम्बोडियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र लगानीको स्रोत चीन हो । कम्बोडिया एसियामा चिनको भरपर्दो समर्थक हो । उसले सीको यो भ्रमणलाई अर्थपुर्ण र मित्रताको प्रतीकका रूपमा वर्णन गरेको छ ।

यता भारतसंग पनि पछिल्लो पटक चीनले सम्बन्ध सुधार्दै लगेको छ । झन ट्रम्पका कारणले गर्दा पनि अब यी दुई देश नजिक आउन थालेका छन् । यसैबीच २०२५ सुरु भएयता अप्रिल ९ सम्मको तीन महिनामा भारतस्थित चिनियाँ दूतावासले भारतीय नागरिकका लागि ८५ हजारभन्दा बढी भिसा जारी गरेको छ ।

यसलाई दुई देशहरूबिच संस्कृति, पर्यटन र अर्थतन्त्रमा सहयोग बढाउने दिशामा एक प्रमुख प्रयास बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्पूर्ण विश्वभरका आफ्ना व्यापार साझेदारविरुद्ध अतिरिक्त भन्सार महसुल युद्ध सुरु गरेको बेला दुई देशबिचको सम्बन्ध नजिकिँदै गएको हो ।

ट्रम्पको अतिरिक्त भन्सार महसुलबाट चीन सबैभन्दा बढी प्रभावित छ । चीनबाट अमेरिकामा भित्रिने सामानमा ट्रम्पले अब त झनै २४५ प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेका छन् ।

जसलाई प्रतिशोधात्मक कर भनिएको छ । यसैबिच यता भारत र चीनले आपसी सहयोग प्रवद्र्धन गर्ने इच्छा व्यक्त गरेका हुन् । चीनले आफ्नो यात्रा नीति खुकुलो बनाएर भारतीयहरूलाई आफ्नो देशमा आमन्त्रित गर्ने प्रयास गरेको छ ।

‘यस वर्षको अप्रिल ९ सम्मको अवधिमा भारतस्थित चिनियाँ दूतावास र वाणिज्य दूतावासहरूले भारतीयहरूका नाममा ८५ हजारभन्दा बढी भिसा जारी गरेका छन् । हामी खुला, सुरक्षित, जीवन्त र मैत्रीपूर्ण चीनको अनुभव गर्न थप भारतीय साथीहरूलाई स्वागत गर्दछौँ’ चिनियाँ राजदूत सु फेइहोङले माइक्रो ब्लगिङ वेबसाइट एक्समा लेखेका छन् ।

८५ हजार जनामा अध्ययनका लागि गएका विद्यार्थीहरू पनि छन् । यसमा व्यापारिक अवसरहरू अन्वेषण गर्न गएका व्यवसायीहरू र चीनको संस्कृति अनि सुन्दरता हेर्न आएका पर्यटकहरू पनि छन् ।

भिसा प्राप्त गर्नेहरूमा केही सरकारी अधिकारी, डाक्टर, कुनै सम्मेलन वा शैक्षिक कार्यक्रममा भाग लिन गएका व्यक्तिहरू पनि रहेको बताइएको छ । भारतीयहरूलाई आकर्षित गर्न चीनले भिसा प्रक्रियालाई सरल र तीव्र बनाएको छ ।

अनलाइन अपोइन्टमेन्टको आवश्यकता हटाइएको छ । सिधै आवेदन बुझाउन सकिने भएको छ । बायोमेट्रिकमा छूट दिइएको छ । चीनले भिसा लागतमा उच्च कमी गरेको छ । भिसा आवेदनहरू छिटो स्वीकृत भइरहेका छन् ।

चीन र भारतबीच सम्बन्ध सुधार हुँदै गर्दा यसैबेला अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि भारत आउने भएका छन् । उनी अप्रिल २१ देखि चार दिने भ्रमणमा भारत आउन लागेका हुन् । यो जानकारी भारतीय विदेश मन्त्रालयका प्रेस सचिव र जेडी भेन्स दुवैले दिएका हुन् ।

भारत भ्रमणको क्रममा भान्सले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने बताइएको छ । यस अवधिमा द्विपक्षीय वार्ता पनि हुनेछ । ‘यो उपराष्ट्रपति भान्सको पहिलो भारत भ्रमण हुनेछ । यस भ्रमणको क्रममा उनले अप्रिल २१ मा प्रधानमन्त्री मोदीलाई भेट्नेछन्,’ विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

उपराष्ट्रपति र उनको प्रतिनिधिमण्डल दिल्लीमा अन्य कार्यक्रमहरूमा पनि सहभागी हुने बताइएको छ । अप्रिल २४ मा वासिङ्टन डीसी जानुअघि भान्सले जयपुर र आग्राको पनि भ्रमण गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘यो भ्रमणले दुवै पक्षलाई द्विपक्षीय सम्बन्धमा भएको प्रगति र प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणको क्रममा फेब्रुअरी १३ मा जारी गरिएको भारत–अमेरिका संयुक्त वक्तव्यको नतिजाको कार्यान्वयनको समीक्षा गर्ने अवसर प्रदान गर्नेछ।’ विदेश मन्त्रालयले भनेको छ ।

यसैबिच, भान्सको कार्यालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी उपराष्ट्रपति अप्रिल १८ देखि २४ सम्म इटाली र भारतको भ्रमणमा रहने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन बाहेक विश्वका अन्य देशहरूलाई पारस्परिक अतिरिक्त भन्सार महसुलबाट ९० दिनको राहत दिएकै समयमा जेडी भान्सको भारत भ्रमण हुन लागेको छ ।

ट्रम्पले सबै व्यापार साझेदारमाथि न्यूनतम १० प्रतिशतको महसुल लगाएर चीन बाहेक सबै देशहरूबाट आउने सामानमा लगाउने भनिएको अतिरिक्त भन्सार महसुललाई ९० दिनको अस्थायी छुट दिएका छन् ।

यसैबिच चीनबाट आउने सामानमा भन्सार महसुल बढाएर २४५ प्रतिशतमा पु¥याएका छन् । यस्तो अवस्थामा जेडी भान्सको भारत भ्रमणलाई धेरै महत्त्वपूर्ण मानिएको छ । यसबारे तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नु होला ।

Advertisement

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top