NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने शनिबार कार्तिक १५ , २०८२
युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ? शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ? शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन शुक्रबार कार्तिक १४ , २०८२
एकताका लागि रास्वपाको आज निर्णायक संवाद शुक्रबार कार्तिक १४ , २०८२
Next
Prev

समाचार

चीनले दियो ८५ हजार भारतीयलाई भिसा, भान्स किन आउँदैछन् भारत ?

बिहिबार बैशाख ४ , २०८२
Reading Time: 1 min read
A A
चीनले दियो ८५ हजार भारतीयलाई भिसा, भान्स किन आउँदैछन् भारत ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ वैशाख , विराटनगर ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ दक्षिणपूर्वी एसियाका तीन देश भ्रमणको अन्तिम चरणमा आज कम्बोडिया पुगेका छन् । मंगलबार भियतनाम र बुधबार मलेसियाको भ्रमणपछि सी आज कम्बोडिया पुगेका हुन् ।

चीनको क्षेत्रीय व्यापार सम्बन्ध बलियो बनाई अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको चर्को करको प्रभाव कम गर्ने प्रयासस्वरूप चिनियाँ राष्ट्रपति सी दक्षिणपूर्वी एसियाली मुलुकको भ्रमणमा निस्किएका हुन् ।

LS Auto

आज कम्बोडियाको नोम पेन्हको विमानस्थलमा उनलाई सैन्य स्वागतसहित कम्बोडियाका राजा नोरोडोम सिहामोनीले स्वागत गरेका थिए । राष्ट्रपति सीले पूर्वनेता हुन सेन र उनका छोरा प्रधानमन्त्री हुन मानेटसँग बैठक गर्नुअघि दिउँसो दरबारमा भेटवार्ता गरेका थिए ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कम्बोडियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र लगानीको स्रोत चीन हो । कम्बोडिया एसियामा चिनको भरपर्दो समर्थक हो । उसले सीको यो भ्रमणलाई अर्थपुर्ण र मित्रताको प्रतीकका रूपमा वर्णन गरेको छ ।

यता भारतसंग पनि पछिल्लो पटक चीनले सम्बन्ध सुधार्दै लगेको छ । झन ट्रम्पका कारणले गर्दा पनि अब यी दुई देश नजिक आउन थालेका छन् । यसैबीच २०२५ सुरु भएयता अप्रिल ९ सम्मको तीन महिनामा भारतस्थित चिनियाँ दूतावासले भारतीय नागरिकका लागि ८५ हजारभन्दा बढी भिसा जारी गरेको छ ।

यसलाई दुई देशहरूबिच संस्कृति, पर्यटन र अर्थतन्त्रमा सहयोग बढाउने दिशामा एक प्रमुख प्रयास बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्पूर्ण विश्वभरका आफ्ना व्यापार साझेदारविरुद्ध अतिरिक्त भन्सार महसुल युद्ध सुरु गरेको बेला दुई देशबिचको सम्बन्ध नजिकिँदै गएको हो ।

ट्रम्पको अतिरिक्त भन्सार महसुलबाट चीन सबैभन्दा बढी प्रभावित छ । चीनबाट अमेरिकामा भित्रिने सामानमा ट्रम्पले अब त झनै २४५ प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेका छन् ।

जसलाई प्रतिशोधात्मक कर भनिएको छ । यसैबिच यता भारत र चीनले आपसी सहयोग प्रवद्र्धन गर्ने इच्छा व्यक्त गरेका हुन् । चीनले आफ्नो यात्रा नीति खुकुलो बनाएर भारतीयहरूलाई आफ्नो देशमा आमन्त्रित गर्ने प्रयास गरेको छ ।

‘यस वर्षको अप्रिल ९ सम्मको अवधिमा भारतस्थित चिनियाँ दूतावास र वाणिज्य दूतावासहरूले भारतीयहरूका नाममा ८५ हजारभन्दा बढी भिसा जारी गरेका छन् । हामी खुला, सुरक्षित, जीवन्त र मैत्रीपूर्ण चीनको अनुभव गर्न थप भारतीय साथीहरूलाई स्वागत गर्दछौँ’ चिनियाँ राजदूत सु फेइहोङले माइक्रो ब्लगिङ वेबसाइट एक्समा लेखेका छन् ।

८५ हजार जनामा अध्ययनका लागि गएका विद्यार्थीहरू पनि छन् । यसमा व्यापारिक अवसरहरू अन्वेषण गर्न गएका व्यवसायीहरू र चीनको संस्कृति अनि सुन्दरता हेर्न आएका पर्यटकहरू पनि छन् ।

भिसा प्राप्त गर्नेहरूमा केही सरकारी अधिकारी, डाक्टर, कुनै सम्मेलन वा शैक्षिक कार्यक्रममा भाग लिन गएका व्यक्तिहरू पनि रहेको बताइएको छ । भारतीयहरूलाई आकर्षित गर्न चीनले भिसा प्रक्रियालाई सरल र तीव्र बनाएको छ ।

अनलाइन अपोइन्टमेन्टको आवश्यकता हटाइएको छ । सिधै आवेदन बुझाउन सकिने भएको छ । बायोमेट्रिकमा छूट दिइएको छ । चीनले भिसा लागतमा उच्च कमी गरेको छ । भिसा आवेदनहरू छिटो स्वीकृत भइरहेका छन् ।

चीन र भारतबीच सम्बन्ध सुधार हुँदै गर्दा यसैबेला अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि भारत आउने भएका छन् । उनी अप्रिल २१ देखि चार दिने भ्रमणमा भारत आउन लागेका हुन् । यो जानकारी भारतीय विदेश मन्त्रालयका प्रेस सचिव र जेडी भेन्स दुवैले दिएका हुन् ।

भारत भ्रमणको क्रममा भान्सले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने बताइएको छ । यस अवधिमा द्विपक्षीय वार्ता पनि हुनेछ । ‘यो उपराष्ट्रपति भान्सको पहिलो भारत भ्रमण हुनेछ । यस भ्रमणको क्रममा उनले अप्रिल २१ मा प्रधानमन्त्री मोदीलाई भेट्नेछन्,’ विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

उपराष्ट्रपति र उनको प्रतिनिधिमण्डल दिल्लीमा अन्य कार्यक्रमहरूमा पनि सहभागी हुने बताइएको छ । अप्रिल २४ मा वासिङ्टन डीसी जानुअघि भान्सले जयपुर र आग्राको पनि भ्रमण गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘यो भ्रमणले दुवै पक्षलाई द्विपक्षीय सम्बन्धमा भएको प्रगति र प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणको क्रममा फेब्रुअरी १३ मा जारी गरिएको भारत–अमेरिका संयुक्त वक्तव्यको नतिजाको कार्यान्वयनको समीक्षा गर्ने अवसर प्रदान गर्नेछ।’ विदेश मन्त्रालयले भनेको छ ।

यसैबिच, भान्सको कार्यालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी उपराष्ट्रपति अप्रिल १८ देखि २४ सम्म इटाली र भारतको भ्रमणमा रहने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन बाहेक विश्वका अन्य देशहरूलाई पारस्परिक अतिरिक्त भन्सार महसुलबाट ९० दिनको राहत दिएकै समयमा जेडी भान्सको भारत भ्रमण हुन लागेको छ ।

ट्रम्पले सबै व्यापार साझेदारमाथि न्यूनतम १० प्रतिशतको महसुल लगाएर चीन बाहेक सबै देशहरूबाट आउने सामानमा लगाउने भनिएको अतिरिक्त भन्सार महसुललाई ९० दिनको अस्थायी छुट दिएका छन् ।

यसैबिच चीनबाट आउने सामानमा भन्सार महसुल बढाएर २४५ प्रतिशतमा पु¥याएका छन् । यस्तो अवस्थामा जेडी भान्सको भारत भ्रमणलाई धेरै महत्त्वपूर्ण मानिएको छ । यसबारे तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नु होला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #कम्बोडियाका राजाले गरे स्वागत#चीनले दियो ८५ हजार भारतीयलाई भिसा#नेपाल टाइम्स् ट्रेडिंग#भान्स किन आउँदैछन् भारत ?#सीको दक्षिणपूर्वी एसिया दौडाहा

लोकप्रीय

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने

शनिबार कार्तिक १५ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ?

शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२

विचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने

शनिबार कार्तिक १५ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ?

शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२

थप समाचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने
ताजा समाचार

कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने

शनिबार कार्तिक १५ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ?

शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?
ताजा समाचार

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

शुक्रबार कार्तिक १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

00:18:48

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

00:21:04

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

मङ्लबार कार्तिक ११ , २०८२

हालका पोस्टहरू

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने

शनिबार कार्तिक १५ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ?

शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.