घरमै बोलाएर गगन–विश्वप्रकाशको देउवाले लिए क्लास

३ बैशाख ८२, बिहीबार

४ वैशाख , काठमाण्डौ।

शिक्षकको आन्दोलनदेखि गभर्नर नियुक्ति, कुलमान बर्खास्ती लगायतका विषयमा सरकारमाथि संकट नै ल्याउने गरी केही दिनदेखि गर्जिरहेका काँग्रेस महामन्त्री द्वयलाई सभापति शेरबहादुर देउवाले तह लगाएका छन् ।

आज देउवा निवास बूढानीलकण्ठमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको क्लास लिइएको छ । पछिल्लो समय सरकार र प्रधानमन्त्रीमाथि आलोचना र प्रश्न तेर्साइरहेका उनीहरु आज भने पार्टी बैठकमा सभापतिसहित नेताहरूको घेराउमा परे ।

आज बूढानीलकण्ठमा बसेको पदाधिकारी, पूर्वदाधिकारी र मन्त्रीहरूसहितको बैठकमा प्रवक्ता प्रकाशरण महतलगायतले महामन्त्रीद्वयको अभिव्यक्तिप्रति प्रश्न उठाएका थिए । महतले बैठकमा महामन्त्रीद्वयलाई सरकारको आलोचना संयन्त्रको बैठकमा नगरी किन बाहिर गरेको भन्दै सोधेका थिए ।

महतले असन्तुष्ट भएका विषयलाई सम्बन्धित संरचनामै राखेर÷बोलेर समाधान खोज्नुपर्ने बताए । बैठकमा भनेको कुरा भन्दै महतले थपे, ’हामीले सरकारको आलोचना गर्ने कुरा बाहिर राख्नेभन्दा पनि सम्बन्धित संरचनामा कुरा राख्नुप¥यो, त्यहाँबाट आएका विषयमात्र बाहिर राख्नुप¥यो।’

नेताहरूको आलोचनापछि महामन्त्रीद्वयले आगामी दिनमा सुधार गर्नेबारे महसुस गरेको दाबी गरे। ’हामीले भनेको कुरालाई उहाँहरूले महसुस गर्नुभएको छ’ महतले दाबी गरे । महामन्त्री थापाले सरकारको गति नपुगेको भन्दै राम राम भन्ने ठाउँमा पुगिसकेको र प्रधानमन्त्रीको बेडरुमसम्मै विचौलियाको पहुँच पुगेको भन्दै गम्भीर समीक्षा गर्नुपर्ने बताएका थिए ।

अर्का महामन्त्री शर्माले सरकारको पछिल्ला काम कारवाही समर्थनयोग्य नरहेको टिप्पणी गरेका थिए । इतर पक्षका नेता डा. शेखर कोइराला र उनीनिकट नेताहरू पनि सरकारको चर्को आलोचनमा उत्रिरहेका छन् ।

तर पार्टीभित्र असन्तुष्टि बढेपछि बसेको बैठकले भने सरकारको विकल्प नखोज्ने तर समन्वय बढाउनुपर्ने निष्कर्ष निकालेको पनि प्रवक्ता महतले बताए । बैठकबाट बाहिरिएपछि महतले तालमेल र समन्वय कांग्रेससँगै प्रधानमन्त्रीकै दलमा पनि आवश्यक भएको बताए ।

’तालमेल र समन्वय त प्रधानमन्त्रीकै दलमा पनि गर्न आवश्यक छ । नियुक्तिमा पनि सन्तुलन आवश्यक छ। पार्टीगत एफिलियसन भन्दा डेलिभरी दिन सक्ने व्यक्तिहरू नियुक्तिबाट आउनुपर्छ भन्ने विषयमा पार्टीमा एक मत छ।’

बैठकमा सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री केपीसँग निरन्तर छलफल गरिरहेको भन्दै सरकारको समर्थनमा बोल्न निर्देशन पनि दिए । उनले अहिले सरकारको विकल्प खोज्ने पक्षमा नरहेको भन्दै गभर्नर नियुक्तिलगायत देखिएको समस्या सहमतिबाट केही दिनमै टुंगिने ब्रिफिङ गरेका थिए ।

यस्तै कांग्रेसले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्न गम्भीर रुपमा लागिपर्ने निर्णय गरेको छ । बैठकले शिक्षकहरुसँग छलफल गरेर विषय टुंग्याउनका लागि नेताहरुलाई जिम्मेवारी पनि तोकेको छ ।

आज नेताहरू विमलेन्द्र निधि र कृष्ण प्रसाद सिटौला बैठक सक्नुअघि नै निष्किएका थिए । सिटौलाले नयाँ कुरा केही पनि नभएको बताए । निधिले भने जनकपुरमा पूर्व निर्धारित काम भएकाले आफू पहिला नै बैठकबाट बाहिरिएको बताए ।

बैठकमा महामन्त्री गगन थापाले बाहिर बोल्दै आएका कुरा उठाएका थिए । उनीसहित विश्वप्रकाश शर्माले पनि बैठकमा सोही कुरा दोहो¥याएका थिए । जवाफमा सभापति देउवाले सरकारको डेलिभरीका बारेमा प्रधानमन्त्रीसँग कुरा गर्ने बताए ।

त्यस्तै, कांग्रेसबाट मन्त्री भएकाहरू र पदाधिकारीको समीक्षा बैठक राख्ने बताए । उनले गभर्नरमा गुणाकर भट्टको नियुक्ति हुन सक्ने संकेत गरेका थिए । यता पार्टीमा नेताहरुको प्रश्नको घेराबन्दीमा परेपनि महामन्त्रीहरुले भने बोल्न छाडेका छैनन् ।

आजको बैठकमा क्लास लागेपनि विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीलाई बदल्नुपर्ने दोहो¥याएका छन् । मौन धारण गरेर सरकार सफल नहुने र सरकार सफल हुने भनेकै कमी, कमजोरी केलाएर हुने शर्माको भनाइ छ ।

उनले कांग्रेस संलग्न सरकारको सफलताको लागि बोल्नु आफूहरूको कर्तव्य रहेको बताए । महामन्त्री शर्माले प्रधानमन्त्रीलाई काम गर्न गाह्रो परेको भए जो प्रधानमन्त्री छ उसकै पार्टीकै मात्र टिम बनाउने सहमति गर्न प्रस्ताव पेस गरे ।

एमालेबाट प्रधानमन्त्री हुँदा खेरी एमालेको टिम र कांग्रेसबाट प्रधानमन्त्री हुने बेलामा कांग्रेस टिम हुनेगरी अघि बढ्न शर्माले विकल्प दिए । उनले सबैभन्दा उत्तम विकल्प सरकारको गति बढाउनु नै रहेको जिकिर गरे ।

कुनैपनि बहाना बनाएर सरकारको कार्यसम्पादनमा भएको ढिलाइको दोष लगाउन नहुने शर्माले बताए । यस्तै उनले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको पनि जवाफ दिँदै सरकारको आलोचनालाई आक्रमण कम र सरकारको गति रूपान्तरणको लागि बोलिएको रूपमा हेर्न आग्रह गरेका छन् ।

यस्तै बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले पनि प्रचण्डले भनेकै आधारमा सरकार नढल्ने निष्कर्ष काँग्रेसले निकालेको पनि जानकारी दिएका छन् । यता एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पनि हिम्मत भए प्रचण्डलाई मध्यावधि निर्वाचन माग्न सुझाव दिएका छन् ।

एकातिर प्रचण्डले दिनहुँ सरकार परिवर्तन हुने हल्ला गरिरहेको र अर्कोतिर, माओवादी केन्द्र जनतामा लोकप्रिय बन्दै गएको दावी पनि गर्ने गरेको भन्दै ज्ञवालीले माओवादी लोकप्रिय भन्ने विश्वास भए मध्यावधि चुनाव माग्न सुझाव दिएका हुन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै प्रचण्डलाई यस्तो सुझाव दिएका हुन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top