५ बैशाख, विराटनगर । पाइलट एशोसिएसन अफ नेपालले नेपालमै पहिलो पटक स्काईवेल पाइलट समिट गर्ने भएको छ । लैनचौरमा रहेको मल्ल होटेलमा शनिवार नेपालको पहिलो पाइलट समिट, स्काईवेल पाइलट समिट २०२५ हुने भएको हो ।
समिटको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्नेछन् । नेपालको पहिलो रियल इभी एसयुभीले समिटको स्पोन्सर गरेको छ । एशोसिएसन विभिन्न वायुसेवा कम्पनीसँग आबद्ध रहेका नेपाली पाइलटहरूको संस्था हो ।
पाइलटहरूको व्यावसायिकता अभिवृद्धि तथा जनचेतना अभिवृद्धिका लागि अग्रसर रहँदै आएको छ । पाइलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोखरेलका अनुसार समिटमा एसोसिएसनको औपचारिक शुभारम्भको घोषणा गरिनेछ ।
समारोहमा सन् २०२५ भर नेपालको हवाई उड्डयनको सुरक्षा तथा संवेदनशीलता क्षेत्रमा एसोसिएसनले जनचेतना तथा व्यावसायिकता अभिवृद्धिका लागि गर्ने वार्षिक कार्यक्रम समेत सार्वजनिक गर्नेछ ।
टाइटल स्पोनसरको रुपमा गरिएको सम्झौता हस्ताक्षर समारोहमा स्काईवेल नेपालका आधिकारीक आयातकर्ता जि. मोटर्स प्रा. लि. का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले पाइलट जस्तो संवेदनशिल पेशाकर्मी सँगको साथ र ऐक्यबद्धतामा सरिक हुन पाउँदा खुशी लागेको बताए ।
उनले यात्रुको सुरक्षामा उच्चतम विन्दुको मापदण्ड अपनाउने पाइलट र स्काईवेल दुवैको उद्धेश्यमा मेल खाने भएकाले यो सहकार्य संभव भएको समेत वताए ।
स्काईवेल चीनमा उत्पादन भएर ६५ मुलुकमा निर्यात हुँदै आएको अग्रणी इयु प्रोडक्ट सर्टिफाईड इलेक्ट्रिक इभी भएको स्काईवेलले दाबी गरेको छ ।
यसले चाईना एनक्याप सेफ्टी रेटिङमा फाईभ स्टार रेटिङ् प्राप्त गरेको छ । फाईभ स्टार एनक्याप सेफ्टी रेटिङ् को सबैभन्दा उच्चतम मापदण्ड हो ।