६ वैशाख ,एजेन्सी ।
भारतमा रहेका निर्वासित तिब्बतीहरु चीन र भियतनामविरुद्ध उग्र बनेका छन् । धर्मशालाको म्याक्लोडगंजमा तिब्बती समुदायका मानिसहरुले चीन र भियतनामको सरकारविरुद्ध जोडदार प्रदर्शन गरेका छन् ।
यो प्रदर्शनको कारण भने एक गंभीर मामिला रहेको छ जसलाई लिएर तिब्बती समुदायमा गहिरो चिन्ता रहेको छ । त्यो कारण हो उनीहरुको धार्मिक नेताको मृत्यु, जसलाई उनीहरुले हत्याको आशंका गरेका छन् ।
खासमा, निर्वासित तिब्बती संगठनहरुले भियतनाम सरकारसंग जबसम्म तिब्बती धार्मिक नेता तुलकू हंगकर दोरजेको मृत्युको पूर्ण जाँच हुँदैन तबसम्म उनको पार्थिव शरीरको अंतिम संस्कार गर्न रोकियोस् भन्दै माग गरेका छन् ।
तिब्बती कार्यकर्ताहरुका अनुसार, तुलकू हंगकर दोरजेको मृत्यु भियतनाममा चिनियाँ हिरासतका क्रममा भएको थियो । यो मामिला तिब्बती समुदायका लागि अत्यंत संवेदनशील रहेको छ ।
र यसलाई लिएर उनीहरुले आवाज उठाइरहेका छन् । कार्यकर्ताहरुको भनाइ छ कि चीनका अधिकारी र भियतनाम स्थित चिनियाँ दूतावासले लुंग–नगोन मठका तिब्बती भिक्षुहरुलाई अंतिम संस्कारको तैयारी गर्न निर्देशन दिएका छन्।
तर यसका लागि अहिले कागजी प्रक्रिया अधूरो रहेको उनीहरुले तिब्बतीहरु बताउँछन् । साथै केही कडा शर्तहरु पनि राखिएको छ । जसमा अंतिम संस्कारका क्रममा कुनै पनि किसिमको फोटो वा भीडियो नलिन र भियतनामी बौद्धहरुको अनुपस्थितिको शर्त पनि सामेल छ ।
तिब्बती समुदायको भनाइ छ कि बिना जाँच अंतिम संस्कार गर्दा कयौं महत्वपूर्ण प्रमाणहरु नष्ट हुनसक्छन् । यो न्याय प्रक्रियामा हस्तक्षेपको प्रयास हो । कार्यकर्ताहरुले चेतावनी पनि दिएका छन् कि उनीहरुले यसलाई स्वीकार गरेनन् भने र लगातार विरोध गरिनेछ ।
तिब्बती कार्यकर्ता तेनजिंगले भने कि यस खालको अत्याचार अब थप सहन सकिदैन । उनले स्पष्ट पारे कि तिब्बत र भियतनामका सरकारहरु मिलेर जुन दमनकारी नीतिहरु अपनाइरहेका छन्, त्यसविरुद्ध उनल अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनेछन् । उनले भने कि जबसम्म न्याय मिल्दैन तबसम्म विरोध प्रदर्शन जारी रहनेछ ।