लत्रिएका थियोे बिजुलीको तार, अल्झिएपछि गाडीमा लाग्यो आगो

७ बैशाख ८२, सोमबार

८ वैशाख ,विराटनगर।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा करेन्ट लाग्दा भएको आगलागी र जनधनको क्षति तथा कालीकोटमा भएको ट्र्याक्टर दुर्घटना भएको छ . जसमा परेर ८ जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका मे १ च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् ।

Advertisement

उनीहरु पाथिभरा जाँदै गरेको जीपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा आगलागी भएको हो । पोलमा लत्रिएको बिजुलीको तार मे १ च ३०११ नम्बरको बोलेरो जीपमा टाँसिएर करेन्ट प्रवाह हुँदा उक्त जीपमा सवार चारजनाको मृत्यु भएको हो ।

पोलको लत्रिएको तारमा बिहान ४ः५० बजेतिर उक्त जीप अल्झेर करेन्ट प्रभाव भएर आगो लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएका सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय आचार्यलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।

Advertisement

उनीहरुको शरीरका विभिन्न भाग जलेको छ । यसअघि उनीहरुलाई स्थानीय जिल्ला अस्पतालमा उपचार गरिएको थियो । उनीहरु पाथिभरा मन्दिरमा दर्शन गर्नका लागि फुङलिङबाट पाथीभरा जाँदै थिए । घटना सेवारो चौकमा भएको थियो ।

उता कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९ थिर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर पलाँता–२ बुडाडाँडा नजिक आइतबार राति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले कालीकोटले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा ट्र्याक्टर चालक मुगुको खत्याड गाउँपालिका–५ कवाका २५ वर्षीय चन्द्रप्रकाश रोकाय, कालीकोटको पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटकी २५÷२६ वर्षीय अम्बा शाही छन् ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको सो कार्यालयका प्रमुख टेकबहादुर रावतले जानकारी दिए । उनका अनुसार दुर्घटनाग्रस्त ट्र्याक्टर सडकभन्दा तल अप्ठेरो भिरमा अड्किएको छ ।

शवहरू भने सडकभन्दा करिब २०० मिटर तल भेटिएको थियो । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थिर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको कमान्डमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top