सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

२२ बैशाख ८२, मंगलबार
२३ वैशाख , काठमाण्डौ ।
प्रमुख सत्तारुढ दल नेकपा एमालेले गएको  वैशाख ११ गते लोकतन्त्र दिवसका दिन १ लाख युवा काठमाडौंमा उतार्ने भन्दै  युथ सेलिब्रेसन कार्यक्रमको आयोजना गर्याे । एमालेले युवा शक्तिको प्रर्दशन गरेको सो कार्यक्रमको प्रमुख वक्ता मध्ये एक थिइन, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल ।
उनले सो कार्यक्रममा महानगरका मेयर बालेन    लक्षित एमालेका युवाले स्टण्ड नगर्ने र एमाले समर्थित युवाले  दश नंग्रा ख्याउन सिकाउने भन्दै आफू एमाले भएको भन्दै दिएको अभिब्यक्ति अहिलेसम्म पनि  सामाजिक संजालमा भाइरल भइरहेको छ ।
तर सुनिताले एमालेजनको प्रशंसा गर्दै दिएको यो अभिब्यक्तिको चर्चा सेलाउन नपाउदै उनकै दलका नेता कार्यकर्ताले उनलाई धनुषाबाट गलत सावित गरिदिएका छन् । सुनिताको दाबी विपरित एमालेजनहरु पार्टी बाहिरका माथि होइन आफ्नै नेता कार्यकर्तामाथि नै कुर्सी हानाहानमा उत्रिएका छन्  ।
यो दृश्यका बीच दुई साता अघि मात्रै काठमाडौंको भृकुटीमण्डपमा सुनिताले भनेकी थिइन, ‘एमालेले युवालाई दश नङ्ग्रा खियाउन सिकाउँछ, त्यस कारण म एमालेमा छु’, डङ्गोलले भनिन्, ‘स्टन्ट गरेर देश बन्दैन, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, योजना बनाउनु पर्छ।’
उनले भनेकी छन्, ‘एमालेले कसैको घर जलाउन सिकाउँदैन्। कहिँकतै लुटपाट गर्न युवा प्रयोग गर्दैन। एमालेले आफ्नो दश नंग्रा खियाएर राष्ट्रका लागि काम गर्न सधैं प्रेरित गरिरहन्छ। त्यसकारण मलाई एमाले मन पर्छ। सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन्,’ उनले भनिन्, ‘एमालेले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ।’
बाईट
सुनिताले एमालेजनको प्रशंसामा खर्चिएका राष्ट्र निर्माणमा सर्मपित यी शब्दहरु दुई साता नबित्दै गलत सावित भएका छन् ।  नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा दुई समूहबीच विवाद भएको छ।
अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको छ। निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन्। निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि दबाब दिन भन्दै उनीहरू अहिले हलभित्रै धर्नामा बसेका छन्।
धनुषामा एमाले सचिव रघुवीर महासेठको समूह तथा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र संजीव झा ‘सुरज’ सहितका नेताहरूको धार छ। दुई समूहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन्।
मण्डल, अरगरिया र झासहितका नेताहरुको समूहले निर्वाचनमा धाँधली गराउन लागेको रघुवीरमाथि आरोप लगाएका छन्। रघुवीरतर्फबाट भोला यादवलाई अध्यक्षमा अधि सारिएको छ। सोमबार राति नै मनोनयन दर्ता भएको थियो।
उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताएका छन् ।  आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोके पनि तयारी नपुग्दा बिहान १० बजेको लागि तय गरेको थियो।
केही उम्मेदवारमा दावी विरोध परेको र सोही विषयलाई लिएर लफडा बढेको बताइएको छ। अधिवेशनस्थलमा कुर्सीसमेत तोडफोड गरिएको छ। विवादका कारण मतदान प्रक्रिया रोकिएको छ।  भोला यादव पक्षले मतदान सुरु गर्न माग गरेका छन् भने लक्ष्मीनारायण यादव पक्ष धर्नामा छन्।
अधिवेशन गत वैशाख २० देखि जनकपुरमा जारी छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ ।  अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ । निर्वाचनमा ६३५ जनाले मतदान गर्नेछन् ।
धनुषामा देखिएको घटनाक्रमले उपमेयर सुनिता डंगोलको भाषण र  एमालेजन भित्रको व्यवहारबीचको गहिरो अन्तर उजागर गरिदिएको छ। पार्टीभित्रको अनुशासन, सहकार्य र योजनाबद्ध नेतृत्वको उदाहरण दिन खोजेकी डंगोलको अभिव्यक्तिमाथि स्वयम् एमालेभित्रकै कुर्सी हानाहान र आरोपप्रत्यारोपले प्रश्नवाचक चिन्ह लगाइदिएको छ ।
काठमाडौंमा राष्ट्र निर्माणका आदर्शको बखान गरिए पनि जनकपुरको अधिवेशन स्थलमा फुट, विभाजन र धाँधलीको आरोपसँगै एमालेको आन्तरिक संरचना र व्यवहारले त्यो आदर्श धरापमा परेको  छ ।
दश नंग्रा खियाएर काम गर्ने बताइने पार्टीका कार्यकर्ताले कुर्सी हानेर आपसी प्रतिस्पर्धा र असहिष्णुता प्रदर्शन गर्दा, डंगोलले बाँडेका आदर्शका शब्दहरू सस्ता राजनीतिक नारा जस्तै लाग्न थालेका छन्।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top