×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

२८ बैशाख २०८२

२८ वैशाख, काठमाण्डौ ।

नेपाल राष्ट्र बैंकमा गभर्नरको नियुक्ति कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझै भएको छ । गभर्नर कसको भागमा भन्नेमै कयौं पटकको छलफलपछि काँग्रेसको पोल्टामा पार्न सत्ता साझेदारबीच सहमति जुटेको थियो ।

Advertisement
Advertisement

त्यसपछि काँग्रेसले समय लिएर बल्लतल्ल राष्ट्र बैंकको कार्यकारी निर्देशक गुणाकर भट्टको नाममा सहमति जुटाएको थियो । तर उनको राजीनामा स्वीकृत नहुँदा गठबन्धन सरकार नै धरापमा परेको टिप्पणीहरु भइरहेका छन् ।

काँग्रेसका नेताहरुले कामु गभर्नर निलम ढुंगानाको निहुँ गरेर ओलीले नै गुणाकरलाई छेकेको आशंका पनि गरिरहेका थिए । यसबीच काँग्रेसले गुणाकरको विकल्पमा पनि केही नामहरु अघि सारेको थियो ।

जसमा ज्ञानेन्द्र ढुंगाना, अंगराज तिमिल्सिना लगायतका नामहरु थिए । तर अहिले एकाएक गभर्नरको चर्चामै नरहेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेलको नाम चर्चामा आएको छ ।

गभर्नरको नाम सिफारिस गर्न गठित समितिका सदस्यसमेत रहेका पौडेलको नाम कांग्रेसले प्रस्ताव गरेको खुलेको छ । शनिबार सत्तारुढ कांग्रेस र एमालेका शीर्ष नेतृत्वसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेका हुन् ।

कामु गभर्नर नीलम ढुङ्गानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले विकल्प खोजेको हो । गएको चैत २४ गते गभर्नरबाट महाप्रसाद अधिकारी सेवानिवृत्त भएको ९ दिनपछि वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा गुणाकर भट्टलाई नयाँ गभर्नर बनाउने सहमति भएको थियो ।

त्यसपछि वैशाख ५ गते भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिए । तर कायम मुकायम गभर्नर नीलम ढुङ्गानाले राजीनामा स्वीकृत गरिनन् । ढुङ्गाना स्वयम् गभर्नरको आकांक्षी छन् ।

अब यता गभर्नर सिफारिस समितिका दुई सदस्य नै नयाँ राखेर गभर्नरमा विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी भएको हो । पौडेल यसअघिको निर्वाचनमा चितवनबाट प्रतिनिधिसभाका लागि प्रतिष्पर्धामा थिए ।

“हामीले गुणाकर भट्टलाई नै बनाउन खोजेका हौँ, तर सिंगो कांग्रेस लाग्दा पनि सकिएन,” कांग्रेसका एक पदाधिकारीले भने, “कामु गभर्नर निलम ढुंगानाले सबै काम गर्नुभएको छ तर सार्वजनिक रुपमा नै मैले राजीनामा स्वीकृत गर्दिन भनेर अडान राख्नुभयो । एकजना व्यक्तिका विरुद्ध यसरी लाग्नुहुँदैन थियो । अब भट्टलाई उहाँले आउनै नदिने भएपछि गभर्नर खाली राख्ने कुरा पनि भएन । त्यसैले विश्व पौडेलको नाम सिफारिस गरिएको हो ।”

ती पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नै बोलाएर ढुंगानालाई अनुरोध गर्दा पनि नमानेको दाबी गरे । पौडेल सिफारिस समितिमै रहेका कारण राजीनामा गर्न लगाएर थप दुई जना सदस्य राख्ने तयारी गरिएको उनले जानकारी गराए ।

“विजयनाथ भट्टराईले राजीनामा दिनुभयो, महाप्रसाद अधिकारीको नाम प्रस्ताव ग¥यौँ तर अदालतमा मुद्दा प¥यो,” उनले भने, “अब अदालतबाट निर्णय आउन समय लाग्न सक्छ । त्यसैले नयाँ दुईजना सदस्य राखेर अर्थमन्त्रीको टिमले विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी भएको छ ।”

पदावधि सकिनु एक महिनाअगावै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने कानूनी प्रावधान रहे पनि दलहरुबीचको दाउपेचले ढिलाइ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन तीन साताअघि समझदारी भएको थियो ।

यही वैशाख ३ मा भएको उक्त समझदारीका आधारमा भट्टले वैशाख ५ मा कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर, राष्ट्र बैंककी कायममुकायम गभर्नर ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि सभापति देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायत नेता बालुवाटारको बैठकमा सहभागी थिए । बैठकमा गभर्नर नियुक्ति चाँडै गर्ने समझदारी भएको गृहमन्त्री लेखकले बताएका छन् ।

दुई दलबीच सहमति भए पौडेलले पहिला सिफारिस समितिबाट राजीनामा दिनुपर्नेछ । त्यसपछि सरकारले उनको ठाउँमा अर्को सदस्य राख्न सक्छ । राजीनामा स्वीकृत गर्न र उनको स्थानमा अर्को सदस्य राख्न मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने हुन्छ ।

त्यसपछि मात्रै पौडेललाई गभर्नरमा सिफारिस गर्ने बाटो खुल्नेछ । बालुवाटार स्रोतका अनुसार यो प्रक्रिया आगामी सोमबारको मन्त्रिपरिषद् बैठकबाट हुने र बिहीबारसम्म नयाँ नियुक्ति हुन सक्ने अनुमान छ ।

प्रतिनिधिसभा निर्वाचनमा पराजय भएका युवा अर्थशास्त्री विश्व पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ समेत हुन् ।

उनीसँग यसअघि एक निजी बैंकमा निर्देशक र राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा काम गरेको अनुभव छ । डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए ।

अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधि उपाधि प्राप्त गरेका पौडलका आर्थिक विषयमा थुप्रै लेख तथा शोधहरु प्रकाशित छन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top