×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

भारतीय युट्युबरको पहलगाम कनेक्सन ? अनुसन्धानमा के देखियो ?

६ जेष्ठ २०८२

५ जेठ ,एजेन्सी ।

पाकिस्तानी जासुसीको आरोपमा पक्राउ परेकी भारतकको न्यू अग्रसेन कोलोनीकी युट्युबर ज्योति मल्होत्रासँग लगातार सोधपुछ गरिरहेको र केही महत्वपूर्ण जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

प्रहरी सोधपुछमा पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमण र अपरेशन सिन्दूरको समयमा आरोपित ज्योति मल्होत्रा पाकिस्तानी गुप्तचर अधिकारीहरूको सम्पर्कमा रहेको खुलेको बताएको छ ।

त्यो समयमा उनले के जानकारीहरू दिएकी थिइन् भन्ने विषयमा चाँही अहिले अनुसन्धान चलिरहेको प्रहरीलाई उदृत गर्दै भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । प्रहरी अधिकारी शशाङ्क कुमार सावनले बताएअनुसार, अहिलेसम्मको अनुसन्धानमा ज्योति मल्होत्राको यात्राका क्रममा उनको आम्दानीभन्दा बढी खर्च देखिएको छ ।

उनीसँग यो पैसा कहाँबाट आयो, त्यसको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको उनले बताएका छन् । यसबाहेक, साइबर सेल र इकोनोमिक सेलले ब्लगर ज्योति मल्होत्राको बैंक खाताको विवरण छानबिन गरिरहेका छन्।

साथै, ल्यापटप र मोबाइलको विवरण पनि जाँचिँदैछ। तीन दिनमा ल्यापटप र मोबाइलको सबै डेटा जाँच हुनेछ, त्यसपछि सबै कुरा स्पष्ट हुने प्रहरीले बताएको छ । पुलिस अनुसन्धानमा खुलेको छ कि पहलगाममा भएको हमलाअघि ब्लगर ज्योति मल्होत्रा जनवरीमा कश्मीर गएकी थिइन्।

त्यहाँको भिडियो पनि उनले इन्टरनेटमा सेयर गरेकी छिन्। पहलगाममा भएको हमलाअघि कश्मीर जानु र त्यसपछि पाकिस्तान गएको विषयमा पनि अनुशन्धान भइरहेको प्रहरीले बताएको छ।

उनी तीन पटक पाकिस्तान गइन् र त्यसपछि चीनपनि गएकी थिइन । ज्योतिसँगको सोधपुछका क्रममा प्रहरीले अन्य थुप्रै नम्बरहरू फेला पारेको र ती शंकास्पद नम्बरहरूमा ज्योतिको कुराकानी र च्याट हुने गरेको प्रहरीले दाबी गरेको छ ।

ज्योति तीन पटक पाकिस्तान गइसकेकी थिइन् भने चौथो पटक उनले पाकिस्तान जानका लागि भिसा आवेदन गरेकी थिइन् । भिसा लगाउनका लागि नै उनी ६ मार्चमा दिल्ली गएकी थिइन्। त्यहाँ पाकिस्तानी उच्चायोगमा भिसाका लागि आवेदन गरेकी थिइन्।

पुलिसले ज्योतिका सबै कागजातहरूको गहनतापूर्वक अनुसन्धान गरिरहेको बताएको छ । प्रहरीले ज्योतिको दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा मित्रताका साथै पाकिस्तानी सेना र उच्च अधिकारीहरूसँग सम्पर्क ,पाकिस्तान र चीनको भिसा तुरुन्तै मिल्नु विलासी जीवनशैलीका कारण अनुसन्धान एजेन्सीहरूको शंका ज्योतिमाथि परेको र उनी निगरानीमा रहेको प्रहरीले बताएको छ।

युट्युबमा ट्राभल ब्लग चलाउने ज्योति मल्होत्रामाथि पाकिस्तानका लागि जासुसी गरेको आरोप लागेको छ। सिभिल लाइन्स पुलिस थानामा १६ मेमा दर्ता भएको एफआईआर अनुसार, २०२३ मा मल्होत्रा पाकिस्तानी उच्चायोगमा एहसान–उर–रहिम उर्फ दानिशको सम्पर्कमा आएकी थिइन्, जहाँ उनी छिमेकी देशको यात्राका लागि भिसा लिन गएकी थिइन्।

एफआईआरमा भनिएको छ कि मल्होत्राले दुई पटक पाकिस्तानको यात्रा गरेकी थिइन् र उनले दानिशका परिचित अली अहवानसँग भेट गरेकी थिइन्, जसले त्यहाँ उनको बस्ने व्यवस्था मिलाएका थिए।

यसमा भनिएको छ कि मल्होत्रा दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा धेरै पटक दानिशसँग भेटिन् र उनी पाकिस्तानी गुप्तचर एजेन्सीहरूसँग सम्बन्धित व्यक्तिहरूको सम्पर्कमा रहेको खुलेको छ।

यसमा भनिएको छ कि अहवानले ज्योति मल्होत्राको पाकिस्तानी सुरक्षा तथा गुप्तचर अधिकारीहरूसँग भेटघाट गराएका थिए। ज्योति मल्होत्रा ह्वाट्सएप, टेलिग्राम र स्न्यापच्याटमार्फत उनीहरूसँग सम्पर्कमा थिइन् र संवेदनशील जानकारी दिने गर्थिन्।

अर्काेतर्फ पाकिस्तानविरुद्धको सैन्य अभियानबारे सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा भारतमा एक विश्वविद्यालयका प्राध्यापक गिरफ्तार भएका छन् । युद्धविराम सम्झौता गरेको एक हप्ताभन्दा पछि यो घटना भएको अलजजिराले जनाएको छ ।

भारतको एक प्रतिष्ठित लिबरल आर्टस् विश्वविद्यालय अशोका विश्वविद्यालयको राजनीति विज्ञान विभागका सहायक प्राध्यापक अली खान महमूदाबाद गिरफ्तारीमा परेका हुन् । उनलाई आइतबार धार्मिक सद्भावमा प्रतिकूल प्रभाव पार्ने, सशस्त्र विद्रोह वा विध्वंसक गतिविधिहरू उत्तेजित गर्ने र धार्मिक विश्वासमा अपमान गर्नेजस्ता दण्डसंहिताका धाराअन्तर्गत गिरफ्तार गरिएको हो ।

भारतीय जनता पार्टी (भाजपा) युवा शाखाका महासचिव योगेश जठेरीले शनिबार गरेको उजुरीमा आधारमा उनविरुद्ध मुद्दा दर्ता गरिएको उल्लेख छ । हरियाणा राज्य महिला आयोगले महमूदाबादलाई भारतले पाकिस्तान र पाकिस्तान–प्रशासित कश्मीरमा गरेको सैन्य अभियानसम्बन्धी दैनिक प्रेस प्रत्रकार सम्मेलनको बारेमा गरेको टिप्पणीका आधारमा बोलाएको केही दिनपछि नै उनलाई गिरफ्तार गरिएको हो ।

भारतीय सेनाका कर्नेल सोफिया कुरेशी र विङ कमान्डर व्योमिका सिंहले मे ६मा सुरु गरिएको अभियान अपरेशन सिन्दूरसम्बन्धी पत्रकार सम्मेलन गरेका थिए । मे ८मा एक फेसबुक पोस्टमा महमूदाबादले लेखेका थिए, “म कर्नल सोफिया कुरेशीको प्रशंसा गर्ने धेरै दक्षिणपन्थी टिप्पणीकार देखेर धेरै खुसी छु । उनीहरूले मनोमानी ढंगले घर ध्वस्त पार्ने र भाजपाको घृणा फैलाउने नीतिका सिकार भएका अन्य भारतीय नागरिकको सुरक्षाको माग पनि गर्न सक्थे ।”“दुई महिला सैनिकहरूले आफ्ना प्रस्तुति दिँदै गरेको दृश्य महत्त्वपूर्ण छ, तर यी दृश्यहरूले वास्तविक जीवनमा परिणाम देखाउनुपर्छ, अन्यथा यो केवल पाखण्ड मात्र हो ।”

Advertisement

उनको यो पोस्टमा भारतीय सेनाकी मुस्लिम अधिकारी कुरेशी र मुस्लिमहरूविरुद्ध र कानुनी प्रक्रिया नपुगी उनीहरूका घरहरू ध्वस्त पार्नेजस्ता हमलातर्फ संकेत गरिएको थियो ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top