×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

भारतले जस्तै पाकिस्तानले पनि कुटनीतिज्ञको टोली विदेश पठाउने

६ जेष्ठ २०८२

५ जेठ , एजेन्सी ।

भारतपछि पाकिस्तानले पनि अब आफ्नो प्रतिनिधिमण्डललाई विभिन्न देशहरूमा पठाउने भएको छ । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले पाकिस्तानका पूर्वविदेशमन्त्री बिलावल भुट्टो जरदारीको नेतृत्वमा विश्वका विभिन्न देशमा पठाउन लागेका हुन् ।

Advertisement
Advertisement

ती देशका सरकार प्रमुखहरूलाई भेटेर शान्तिको पक्षमा देशको धारणा प्रस्तुत गर्न भुट्टोलाई जिम्मेवारी दिइएको छ । चारदिने सैन्य तनावपछि युद्धविराम गर्न सहमत भएका भारत र पाकिस्तानले आ–आफ्ना देशका तर्फबाट यस्ता कार्यक्रम घोषणा गरेका हुन् ।

भारत सरकारले आफ्ना सांसदहरूलाई विभिन्न मुलुकमा आतंकवादविरुद्ध शून्य सहनशीलताको नीति र पहलगाम आतंकवादी हमलाबारे प्रमाण र पक्ष प्रस्तुत गर्न पठाउने घोषणा गरेको थियो ।

यसका लागि भारतले सातवटा प्रतिनिधिमण्डल गठन गरेको छ । भारतको यस्तो घोषणा आएको एक दिनपछि पकिस्तानले पनि सोही रणनीति अपनाएको हो । पाकिस्तानले भुट्टोलाई विश्व मञ्चमा आफ्नो देशको पक्षमा कुरा राख्न निर्देशन दिएको छ ।

यस घोषणाबारे भुट्टोले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेका छन्, “आज प्रधानमन्त्रीले मलाई सम्पर्क गरी अन्तर्राष्ट्रिय मञ्चमा पाकिस्तानको शान्तिको पक्षमा कुरा राख्न प्रतिनिधिमण्डलको नेतृत्व गर्न अनुरोध गर्नुभयो ।

यो जिम्मेवारी स्वीकार गर्दा म गौरवान्वित छु र यस चुनौतीपूर्ण समयमा पाकिस्तानको सेवा गर्न प्रतिबद्ध छु ।” भारतले संसद् सदस्यहरू, राजनीतिक नेताहरू र पूर्वकूटनीतिज्ञहरू समावेश गरी सात भारतीय प्रतिनिधिमण्डल उत्तर अमेरिका, युरोप र पश्चिम एसियाका प्रमुख देशका राजधानीमा पठाउन लागेको छ ।

जसमा कांग्रेस नेता शशि थरुर, भाजपा नेता रवि शंकरप्रसाद, पूर्वजम्मू–कश्मीर मुख्यमन्त्री गुलाम नबी आजाद र एआईएमआईएम नेता असदुद्दिन ओवैसीसहित छन् ।उता पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व पाकिस्तान पिपुल्स पार्टी (एएए) का अध्यक्ष बिलावल भुट्टो जरदारीले गर्नेछन्।

प्रतिनिधिमण्डलमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक व्यक्तिहरू पनि सहभागी हुनेछन्, जसमा डा. मुसादिक मलिक, इन्जिनियर खुर्म दास्तगीर खान, सांसद शेरी रहमान, हिना रब्बानी खार, फैसल सुब्जवारी, तहमिना जानजुआ र जलील अब्बास जिलानी रहेका छन्।

डा. मुसादिक मलिक पाकिस्तानका संघीय जलवायु परिवर्तन तथा वातावरण समन्वय मन्त्री हुन्। दास्तगीर पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री हुन्। शेरी रहमान राजनीतिज्ञ तथा पत्रकार हुन्।

हिना रब्बानी खार पूर्व विदेश मन्त्री हुन्। फैसल सुब्जवारी मुत्ताहिदा कौमी मुभमेन्ट – पाकिस्तानका वरिष्ठ नेता तथा राजनीतिज्ञ हुन्। तहमिना जानजुआ पाकिस्तानकी पूर्व विदेश सचिव हुन् भने जलील अब्बास जिलानी पूर्व कार्यवाहक विदेश मन्त्री हुन्।

यस प्रतिनिधिमण्डलको लक्ष्य हालैको द्वन्द्वबारे पाकिस्तानको धारणा प्रस्तुत गर्नु र इस्लामाबादले ‘भारतीय प्रचार’ भनेको सीमापार आतंकवादसम्बन्धी दाबीको खण्डन गर्नु हो।

प्रधानमन्त्री शेहबाज शरीफले यो पहलको घोषणा गर्दै यसलाई “भारतका षड्यन्त्रहरू र क्षेत्रीय शान्ति अस्थिर बनाउन गरिएका प्रयासहरूको पर्दाफास गर्न आवश्यक कूटनीतिक अभियान” भनेका छन्।

अर्कातर्फ भारत– पाकिस्तानबीचको तनावको असर अब एसिया कप क्रिकेटमा पनि देखिने भएको छ । यसैपनि च्याम्पियन्स ट्रफीसहित पाकिस्तानले आयोजना गर्ने प्रतियोगितामा भारतले अड्चन गर्दै आएको थियो ।

उसले पाकिस्तानमा गएर र पाकिस्तानी खेलाडीले भारतमा आएर खेल्ने स्थिति नभएको अवस्थामा अब फेरि एसिया कप यसको वलि चढ्ने देखिएको छ । भारतले पाकिस्तानसंगको दुश्मनीका कारण एसिया कप क्रिकेटबाट हात झिक्ने भएको छ ।

भारतले आगामी पुरुष एसिया कप २०२५ र महिला इमर्जिङ टिम्स एसिया कपमा आफ्नो टोली नपठाउने निर्णय गरेको छ । द इन्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार बीसीसीआइले एसीसीलाई यो निर्णयबारे जानकारी गराइसकेको छ ।

पाकिस्तानी मन्त्रीले नेतृत्व गरिरहेको एसीसीले गराउने प्रतियोगिता भारतले खेल्न नसक्ने बीसीसीआईले बताएको छ । ‘पाकिस्तानी मन्त्री मोहसिन नक्वीको नेतृत्वमा रहेको एसीसी (एसियन क्रिकेट काउन्सिल) को प्रतियोगितामा भारतको टोली खेल्न सक्दैन । यो देशको भावना हो ।

हामीले एसीसीलाई मौखिक रूपमा जानकारी गराइसकेका छौँ कि भारतले महिला इमर्जिङ टिम्स एसिया कपमा भाग लिँदैन र भविष्यमा हुने अन्य प्रतियोगितामा पनि सहभागिता अनिश्चित छ ।

हामी निरन्तर सरकारको सम्पर्कमा छौँ,’ बीसीसीआई स्रोतले भनेको छ । रोचक के छ भने यो वर्षको एसिया कप भारतमै आयोजना हुने तय भएको थियो । आगामी वर्ष हुने टी–२० विश्वकपलाई ध्यानमा राखेर टी–२० ढाँचामा खेलाइने तयारी थियो ।

तर भारतको निर्णयले प्रतियोगिता नै अन्योलमा परेको छ । भारतबाहेक यो प्रतियोगितामा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र बंगलादेश सहभागी हुने तय थियो । सन् २०२३ मा भएको अघिल्लो संस्करण पाकिस्तानले आयोजना गरेको भए पनि भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि प्रतियोगिता हाइब्रिड मोडलमा खेलाइएको थियो ।

Advertisement

भारतका सबै खेलहरू श्रीलंकामा खेलाइएका थिए । बीसीसीआइको पछिल्लो निर्णयसँगै एसिया कप २०२५ को आयोजनामै प्रश्न चिन्ह खडा भएको छ । प्रतियोगिताका प्रमुख प्रायोजकहरू भारतीय कम्पनीहरू भएकाले भारतको अनुपस्थितिले प्रतियोगिता नै रद्द हुने सम्भावना रहेको दाबीसमेत इन्डियन एक्सप्रेसले गरेको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top