×

NEPAL TIMES UPDATES

Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026

बालेनले ओलीलाई भने भ्रष्टको नाइके! भ्रष्ट सिस्टमलाई समर्थन नगर्ने

७ जेष्ठ २०८२

६ जेठ ,काठमाण्डौ।

राजधानीको राजनीतिमा फेरि एकपटक तीव्र बहस सुरु भएको छ—तर यो बहस संसदमा होइन, सिंहदरबार र फेसबुकबीच भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूल समारोह समितिको सिंहदरबारमा आयोजित बैठकमा काठमाडौं महानगर प्रमुख बालेन शाह अनुपस्थित रहेकोप्रति कटाक्ष गरे ।

Advertisement

त्यसको जवाफमा मेयर शाहले सामाजिक सञ्जालमार्फत खुलेर कडा प्रतिक्रिया दिए । बालेनको स्टाटस — ‘Sorry KP Oli, I don’t support your corrupt system’ उनले भनेका छन्, “जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा, देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ?

त्यसको नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?”यद्यपि बालेनले यो स्टाटस उनको भेरिफाइ भएको आधिकारिक फेसबुक पेजमा भने राखेका छैनन् । प्रधानमन्त्री र राजधानीको मेयरबीचको यो बहस दुई व्यक्तिको निजी झगडा होइन, यो देशमा ‘सिस्टम’ भनिने राजनीतिक संरचनामा रहेका मूलभूत समस्यामाथिको प्रश्न हो।

प्रधानमन्त्री ओलीको तर्फबाट गणतन्त्र दिवसको मूल समारोहमा ‘उपस्थित नहुनु राम्रो होइन’ भन्ने टिप्पणी प्रोटोकलका हिसाबले स्वाभाविक होला, तर मेयर शाहको जवाफले जनताले वर्षौंदेखि महसुस गरिरहेको गुनासोलाई बुलन्द बनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह नदेखिएपछि ओलीले खोजी गरेका थिए । उक्त बैठकमा मेयर शाह सहभागी नभएर उपमेयर सुनिता डंगोल सहभागी थिइन् ।

बैठकमा प्रधानमन्त्रीले बालेन शाहको नाम नलिए पनि यस्ता महत्त्वपूर्ण बैठकमा काठमाडौंकै जनप्रतिनिधि नै अनुपस्थित हुनु राम्रो नभएको भन्दै आगामी बैठकहरूमा उपस्थित हुन तथा उपस्थित नहुने भए नाम हटाउन निर्देशन दिएका थिए ।

ओलीले भनेका थिए, प्रधानमन्त्री ओलीले भने, “कहिल्यै पनि नआउने, नाम राखिरहनुपर्ने । मानका खातिर मानको चलनचाहिँ छोड्दा पनि हुन्छ कि क्या हो !” अर्कोपटकदेखि सोधीखोजी गर्न उनले आग्रह गरे । “हेर्नुहोला रेकर्ड को एकपटक पनि आउँदैन । त्यो रेकर्ड हेरेर आउने हो कि होइन सोधेर,” उनले भने, “आउने नभए नाम नराख्नुहोला । हरेकपटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने !”

उनले बालेनको नाम नदिइकन भनेका छन्, कहिले पनि नआउने, नाम राखिरहनु पर्ने, मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि क्या हो । कोही कोही मान्छे सधैँ राख्ने गर्छौं हामीले हरेक फङसनमा । कहिल्यै देखा पर्दैनन्, केही गर्दैनन्… त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ मलाई । कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने कुनै व्यक्तिलाई कुनै अर्थ छैन, वास्तै छैन महत्व नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ कि ? तपाईंहरु पनि सोध्नुस् आउने हो कि होइन, रुचि छ कि छैन ?

बालेन शाह चुनावको बेलादेखि नै परम्परागत पार्टी प्रणालीविरुद्धको आवाज बनेका छन् । जनताले उनीप्रति आशा राखेका कारण उनी निर्वाचित भए। आज उनले देखाएको असहमतिलाई उनका समर्थकहरुले त्यो नैतिक प्रतिबद्धताको निरन्तरता मानेका छन् ।

ओली र बालेनबीच लामो समयदेखि आरोप प्रत्यारोप चल्दै आएको छ । महानगरको फोहोर नउठेपछि बिग्रिएको सम्बन्धबिच ओलीले बालेनलाई ‘केटाकेटी’ भनिदिएपछि सामाजिक सञ्जालमा ‘वार’ सुरु भएको थियो ।

बालेनको निर्देशनमा धरहरामा पार्किङ खुलाएपछि त ओली झन् बिच्किए । यिनै घटनाक्रमबिच बालेनले झापा दमकमा ओलीको पहलमा ठड्याइएको बिजनेस टावरलाई फेसबुकबाटै ‘अग्लो घर’को संख्या दिए ।

सरकारले चक्रपथ निर्माणमा ढिलासुस्ती गरेर जनतालाई सास्ती दिएको भन्दै मेयर बालेनले गत वर्ष एमालेबाट भौतिक पूर्वाधारमन्त्री रहेका रघुवीर महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाउने भन्दै फेसबुकमा लेखे ।

त्यसलगत्तै सडक विभागअन्तर्गत सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंको गेटमा एक ट्रक धुलो फ्याँकेको भिडियोसमेत सार्वजनिक गरे । ओली झन् आकोशित भए, सार्वजनिक कार्यक्रमबाटै विरोध गरे ।

न्युरोडमा सडकपेटी विस्तारका क्रममा महानगर र सडक विभागबिचको विवादमा पनि एमाले बालेनको आलोचनामा उत्रियो । त्यसबारे एमाले सचिव योगेश भट्टराई सदनमै बोले । महानगरले भत्काएको न्युरोडको सडक ओली सरकारले बनाउन लागेपछि बालेनले गिरिबन्धु टी–स्टेटमा मुछिएका ओलीमाथि फेसबुकबाटै कटाक्ष गरे ।

‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थाल्नुभएछ,’ उनले लेखे ।

विवाद बढ्दै जाँदा बालेन समर्थकले ओलीको फेसबुक पेज अनफलो अभियान नै चलाएकमा थिए । पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर पनि टकराव चलिरहेको छ ।

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top