×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

रुसमा ईयूले लगायो प्रतिबन्ध, अमेरिकाले पनि थप प्रतिबन्ध लगाउने

८ जेष्ठ २०८२

७ जेठ , एजेन्सी ।

थर्काएर, दबाएर वा फकाएर, जसरी भएपनि रुस–युक्रेन युद्धलाई शान्तिमा बदल्ने प्रयास गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो यो मिसनमा पटकैपिच्छे निराशा हात पारेका छन् ।

Advertisement
Advertisement

जेलेन्स्कीलाई त करिब करिब युद्ध रोक्न मनाइसकेका ट्रम्पले पुटिनलाई भने मनाउन अझै सकेका छैनन् । जेलेन्स्की किन पनि वार्ताका लागि मानेका हुन् भने अब उनी थप केही गुमाउन चाहादैनन् ।

उनले अब थप नागरिकको रगत बग्न नदिने भन्न थालेका छन् । यो तीन वर्षको अवधिमा उनले पुटिनको आक्रमकता, अडान अनि आफ्नो सामथ्र्य, जुन अरु देशहरुमाथिको आडभरोसामा चलेको छ त्यो सबै बुझेका छन् ।

त्यसमाथि सबैभन्दा ठूलो भरोसा अमेरिकाले नै दबाव दिएपछि युक्रेनले शान्ति चाहानुको विकल्प पनि छैन । तर पुटिनमाथि यी कुनै पनि बाध्यता छैन । हुन त उनी शान्तिवार्ताका लागि आफू तयार रहेको नै बताउँछन् ।

तर यसकालागि आफूले नियन्त्रणमा लिएको युक्रेनी भूभाग आफ्नै हुनुपर्ने, अमेरिकासहितले बीचमा खेल्न नहुने, र विशेष गरी युक्रेन नेटोमा आवद्ध हुन नहुने शर्तमा मात्रै उनी युद्ध रोक्ने पक्षमा छन् ।

सोही शर्त मानेमात्रै उनी जेलेन्स्कीसंग पनि प्रत्यक्ष वार्तामा बस्न तयार छन् । यही कारण हो कि जतिसुकै वार्ता वा त्यसको प्रयास गरेपनि रुसले युक्रेनमाथि आक्रमण रोकेको छैन । पछिल्ला दिनहरुमा झनै आक्रामकता देखाएको छ ।

डोनाल्ड ट्रम्पसंग पुटिनले वार्ता गरेपनि उनी टसको मस भएका छैनन् । जबकी सो वार्तापछि ट्रम्पले पुटिन एकदमै असल मानिस भएको समेत भनेका थिए । तर अब अमेरिकाले फेरि धम्कीको भाषा बोल्न थालेको छ ।

पुटिनको प्रशंसा गर्दा पनि नभएपछि अब अमेरिकाले उनलाई थर्काउन थालेको छ । अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले युक्रेनसँगको शान्ति सम्झौतामा प्रगति नभए रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका छन् ।

साथै उनले युक्रेनलाई सैन्य सहयोग घटाएको भन्ने आरोप पनि अस्वीकार गरेका छन् । ट्रम्पले पुटिनसँग दुई घण्टा लामो फोन कुराकानी गरे पनि युक्रेन युद्ध समाधानका लागि ठोस नतिजा ननिस्किएपछि रुबियोले सिनेटमा यो कुरा बताएका हुन् ।

डेमोक्रेट नेताहरूले पनि युद्ध अन्त्य गर्न पुटिनमाथि दबाब दिन ट्रम्प असफल भएको भन्दै आलोचना गरेका छन् । सिनेटको विदेश सम्बन्ध समितिमा रुबियोलाई रिपब्लिकन सिनेटर लिण्डसे ग्राहमले प्रस्ताव गरेको कडा प्रतिबन्धसम्बन्धी विधेयकको समर्थनबारे प्रश्न सोधिएको थियो ।

यो विधेयकले रुसको युद्ध खर्च रोक्ने उद्देश्य राख्छ, जसअनुसार रुसको तेल र ग्याँस किन्ने मुलुकहरूबाट आयातमा ५०० प्रतिशत शुल्क लगाइनेछ । रुबियोले भने, ‘यदि स्पष्ट भयो कि रुस शान्ति सम्झौताको इच्छुक छैन र युद्ध जारी राख्न चाहन्छ भने, त्यो बिन्दुमा पुग्न सकिन्छ।’

तर उनले थपे, ‘राष्ट्रपति ट्रम्पको धारणा छ कि अहिले नै हामीले प्रतिबन्धको धम्की दिन थाल्यौँ भने रुस वार्ताबाट पछि हट्न सक्छ । वार्ताको टेबुलमा ल्याउन सक्नु आफैँमा मूल्यवान् कुरा हो।’ यद्यपि उनले आफूले भने प्रतिबन्धको चेतावनी दिइसकेका छन् ।

यता युरोपेली संघले पनि रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मंगलबार ब्रसेल्समा बसेको युरोपेली संघका रक्षा तथा परराष्ट्र मन्त्रीहरूको बैठकमा युद्धविरामको पहललाई सघाउन रुसमाथि थप दबाब सिर्जना गर्ने निष्कर्ष निकालिएको हो ।

नयाँ प्रतिबन्ध अन्तर्गत झण्डै २०० वटा रुसी तेल ढुवानी गर्ने पानीजहाजलाई प्रतिबन्धको दायरामा ल्याइएको छ । यी पानीजहाजले पश्चिमी देशहरूले लगाएका तेलसम्बन्धी प्रतिबन्ध उल्लंघन गर्दै अन्तर्राष्ट्रिय बजारमा रुसको तेल बिक्री गरिरहेको आरोप छ ।

‘यदि रुसले बिना शर्त युद्धविराममा सहमति जनाएन भने, वाशिङ्टन (अमेरिका) ले पनि त्यसको परिणाम भोग्नुपर्ने हुन सक्छ’, युरोपेली संघकी परराष्ट्र नीति प्रमुख काया कालासले बैठकपछि भनिन्, ‘रुसी राष्ट्रपति पुटिनले शान्तिप्रति चासो देखाए तापनि तिनलाई समर्थन गर्ने पक्षहरूलाई गम्भीर परिणाम भोग्नुपर्नेछ ।

यो १७ औँ प्रतिबन्ध चरण अघिल्लो प्रतिबन्धपछि तीन महिनादेखि तयार पारिँदै आएको थियो । हालको युद्धविराम वार्ता ढिलाइसँग यसको प्रत्यक्ष सम्बन्ध नरहे पनि रुसमाथि दबाब दिनका लागि प्रभावकारी उपायका रूपमा लागू गरिएको हो ।

कालासका अनुसार युरोपेली संघले अर्को नयाँ प्रतिबन्ध प्रस्तावमा पनि काम गरिरहेको छ । यता युक्रेनी राष्ट्रपतिले यसैबीच युक्रेन र यसका साझेदारहरूले रूस–युक्रेन युद्ध अन्त्य गर्न उच्चस्तरीय बैठक आयोजना गर्ने तयारी गरिएको घोषणा गरेका छन् ।

यसमा अमेरिका युरोपियन युनियन (ईयू) देशहरू र ब्रिटेन पनि सहभागी हुने जेलेन्स्कीले बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दुईपटक टेलिफोन वार्ता गरेपछि युक्रेनको राजधानी किभमा पत्रकारहरूलाई सम्बोधन गर्दै जेलेन्स्कीले यो बैठक चाँडो गर्ने प्रयास गर्ने बताए ।

टर्की, भेटिकन वा स्विट्जरल्यान्डले बैठक आयोजना गर्नसक्ने उनको भनाइ थियो । जेलेन्स्कीले भने, “हामी सबै पक्षहरूबीच उच्चस्तरीय टोलीहरूको बैठक आयोजना गर्ने विचार गरिरहेका छौँ ।” जेलेन्स्कीले सोमबार ट्रम्पसँग एकल कुरा गरेपछि अमेरिकी राष्ट्रपतिले रूसी नेता भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका थिए ।

त्यसपछि फ्रान्स, फिनल्यान्ड, जर्मनी, इटली र युरोपियन युनियनका नेताहरूसहित अर्को वार्ता भएको थियो । ट्रम्पले पुटिनसँगको वार्तापछि रूस र युक्रेनले युद्धविरामका लागि तुरुन्तै वार्ता सुरु गर्ने दाबी गरेका थिए ।

तर, जेलेन्स्कीले ट्रम्पसँग पहिलो वार्तामा युक्रेनबिना रूससँग कुनै सम्झौता नगर्न भन्दै युद्धविराम र रूसमा प्रतिबन्ध जारी राख्न आवश्यक रहेको बताएका थिए । उनले भने, “म यसमा लागि परेको छु, यो हाम्रो लागि चुनौतीपूर्ण समय हो ।

यसबीच अमेरिकी राष्ट्रपतिले रुस र युक्रेनबीच जारी युद्ध रोक्न भ्याटिकनले मध्यस्थता गर्नुपर्ने सुझाव दिएका छन्। जसलाई इटालीले पनि समर्थन गरेको छ । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको कार्यालयले आफ्नो देश युक्रेनमा ‘सम्पर्क निर्माण गर्न र शान्तिका लागि काम गर्न तयार’ रहेको बताएको छ ।

अनि उसले भ्याटिकनमा वार्ता आयोजना गर्ने पोपको चाहनालाई ’सकारात्मक’ मानेको छ । यद्यपि, यस विषयमा अझै सहमति हुन सकेको छैन । गत शुक्रबार टर्कीमा रुस र युक्रेनका अधिकारीहरूबीच वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन ।

Advertisement

त्यसमा रुसले धेरै नयाँ माग राख्यो । पोप लियोले गत हप्ता भ्याटिकन दुई देशलाई एकसाथ ल्याउन सधैँ तयार रहेको र शान्ति स्थापना गर्न हरसम्भव प्रयास गर्ने बताएका थिए । तर भ्याटिकनले ट्रम्पले सुझाव दिएको मध्यस्थता अहिलेका लागि एक विकल्प र आशा भएको बताएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top