×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने

८ जेष्ठ २०८२

७ जेठ , काठमाण्डौ।

नेपालमा इतिहास बनिसकेको राजतन्त्र फर्काएरै छाड्ने भन्दै न्वारानदेखिको बल लगाएर राजावादीहरु एकताबद्ध भएका छन् । उनीहरु देशमा राजा फर्काउने मात्रै नभई गणतन्त्रवादीहरुलाई देशबाट लखेट्ने सपना समेत सुनाउन थालेका छन् ।

Advertisement
Advertisement

बारम्बार नेपालका पूराना राजनीतिक दल र सरकारको अवस्था बंगलादेशको जस्तो भयाबह हुने परिकल्पना गर्दै आएका राजावादीहरुले अब त देशकै प्रधानमन्त्रीले देश छाडेर भाग्नु पर्ने अवस्था आउने भन्दै त्यसका लागि हेलिकप्टरको व्यवस्था भने मिलाइदिने बताएका छन् ।

राजावादीहरुलाई एकतृृत गर्दै राजा फर्काउन सडकदेखि संसदसम्म खबरदारी गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि देश छाडेर भाग्ने बेला हेलिकप्टर प्रयोग गर्न सुविधा छुट दिने टिप्पणी गरेका छन् ।

गएको बैशाख २८ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा संसदमा उठेका प्रश्नमाथि जवाफ दिने क्रममा प्रधानमन्त्रीले देशमा राजावादीहरुले राजा फर्काउने आन्दोलनप्रति लक्षित गर्दै भनेका थिए, देशमा यो जेठ १५ होइन, कुनैपनि जेठ १५मा राजावादीको सपना पूरा नहुने बताए ।

उनले भने, ‘यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खनुस्, तपाईंहरूको सपना साकार हुने छैन । प्रतिगामी सपना काम लाग्दैन ।’ यति मात्रै होइन प्रधानमन्त्रीले लिङ्देनलाई लक्षित गर्दै भने, कि राजा ल्याउने सम्झौता गर कि भाग्न तयार हौं , उनले सोधे कहाँ भाग्ने, एउटा थोत्रो संस्थाको तर्फबाट मक्काको खिएको, ढलेको सडेको संस्थाको तर्फबाट नेपाली जनतालाई लंल्कार्ने ? भाग्नु पर्छ तिमीहरु भनेर , उनले थप भने, नेपाली जनता भाग्दैन, नेपाली जनता भाग्ने ठाउँ पनि छैन्, नेपाली जनता यस देशका सबैभन्दा बढी हकदार हुन् र त्यो हक कायम गरेर नेपाली जनता बस्छन् । ओलीले थप भनेका थिए, नेपाली जनता भाग्ने होइन अर्काे हामीलाई भनेको होला भाग्ने भनेर, हामी त अलिक बुढा भईसक्यौं कुद्न पनि सक्दैनौं, तपाईहरु जस्तो जवानलाई मिल्छ, भन्ने वक्तालाई मिल्छ । अब हामी पाका मान्छे कहाँ भाग्ने हौं ? कहाँ कुध्ने हैट ।

प्रधानमन्त्री ओलीले संसद्मा आफूहरु बुढो भइसकेकाले अब आफूहरु भाग्न नसक्ने बरु लिङदेनहरु जस्तो जवान भाग्न सक्ने भन्न्दै दिएको अभिब्यक्तिलाई लिएर राप्रपा अध्यक्ष लिङ्देनले भाग्नका लागि प्रधानमन्त्रीलाई हेलिकप्टरको सुविधा दिने टिप्पणी गरेका हुन् ।

राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि गणतन्त्र दिवसको दिनदेखि सुरु गर्ने आन्दोलन निर्णायक हुने भन्दै लिङदेनले प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने बताएका छन् । ‘अँस्ती प्रधानमन्त्रीले संसदमा भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो,’ काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा लिङ्देनले भने, ‘भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरुलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने । त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो ।’ उनले जोड दिँदै भने, ‘लाने हो, यसपालि टुंग्याएरै छोड्ने हो। त्यही हिसाबले हाम्रो मिहिनेत बढाऔं ।’

उनले आन्दोलनमा आफूमात्र नभई सिंगो परिवार नै लिएर आउन आह्वान समेत गरे । सकेसम्म छरछिमेक र आफन्तलाई पनि लिएर आन्दोलनमा आउन र नसके घरमा ताला लगाएर सपरिवार आउन उनले अनुरोध गरे ।

‘हाम्रो मिहिनेतलाई बढाऔं, हाम्रो क्रियाकलापलाई बढाऔं, हाम्रा छरछिमेकहरुलाई, आफन्तहरुलाई जेठ १५ गतेदेखि हुने आन्दोलनमा सहभागी हुन प्रेरित गरौं,’ अध्यक्ष लिङ्देनले भने, ‘आन्दोलनमा एक्लैएक्लै आइन्थ्यो भने यो चोटी आफ्नो सिंगै परिवार लिएर आऔं ।’

उनले पटक–पटक आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने बताए । ‘जेठ १५ गते त सुरु हुने हो । शान्तिपूर्ण हुन्छ, आयोजकको पूर्ण नियन्त्रणमा हुन्छ । हाम्रोतर्फबाट कुनै पनि हिंसात्मक कृयाकलाप हुँदैन,’ उनले भने, ‘अरुलाई पनि हामीले हिंसा गर्न दिँदैनौं । भनेको, सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने र शान्तिपूर्ण प्रदर्शनलाई हिंसामा भड्काउन दिँदैनौं ।

भारतमा ब्रिटिश शासन शान्तिपूर्ण आन्दोलनबाट अन्त्य भएको उदाहरण दिँदै लिङ्देनले भने, ‘अलिकति हिंसा भएन, तोडफोड भएन भने कसरी छोड्छन् त यिनीहरुले भन्ने तर्क गर्ने साथीहरु पनि छन् । तर भद्र अवज्ञाबाटै, सत्याग्रहबाटै हामीले हाम्रो मान्यताहरु स्थापित गर्छौं ।’

‘तपाईंहरुलाई थाहा छ हाम्रै छिमेमका १९० वर्ष पुरानो ब्रिटिश शासनलाई सत्याग्रहको बाटोबाटै अन्त्य गरिएको थियो । हामीले पनि पुगनपुग दुई दशकको गणतन्त्रलाई सत्याग्रहबाटै अन्त्य गर्छौं,’ उनले भनेका छन्। यो आन्दोलन आम देशबासीको हो भन्दै उनले भने, ‘यो देश बचाउने र बनाउने आन्दोलन हो । त्यसकारण सबैले योगदान गरौं भनेर यो आन्दोलनमा सबैलाई राष्ट्रिय झण्डाको मुनि लपेटेर ल्याउन मिहिनेत गरौं ।’

लिङ्देनले यसरी खुलम खुला देशको प्रधानमन्त्रीले भाग्नु पर्ने गरी आन्दोलन चर्काउने र प्रधानमन्त्रीलाई हेलिकप्टरको सुविधा छुट दिने टिप्पणी गरेपछि प्रधानमन्त्रीकै दल सत्तारुढ दल नेकपा एमालेका सांसद सूर्य थापाले लिङ्देनलाई जवाफ फर्काएका छन्।

थापाले जवाफ फर्काउँदै तपाईँको हेलिकप्टरवाला प्रस्तावलाई हामी पूर्व आन्दोलनकारीहरूले कसरी बुझौँ? भन्दै प्रश्न गरेका छन्। लिङ्देनको फोटो राख्दै थापाले फेसबुकमा लेखेका छन्,’धेरै ठूलो कुरा गर्नु भएछ, जानकारी भयो । बहालवाला प्रधानमन्त्रीलाई भाग्नका लागि हेलिकप्टरको समेत व्यवस्थाको कुरा गर्नुभएछ– थाहा भयो ।

अहिलेका प्रधानमन्त्री वा मन्त्रीहरू आन्दोलनबाटै आएकाहरू हुन्, जसले आन्दोलनमा लागे बापत आफूलाई दसकौँ बिना कसुर, बिना मुद्दा काल कोठरीमा राख्यो, अङ्गभङ्ग गरायो, तिनै पात्रलाई समेत उनीहरूले आन्दोलन सफल भएपछि– ‘फर्गिव नट फर्गेट’ अर्थात्, ‘नबिर्स तर क्षमा गर’को नीति अनुरूप ‘भागे भाग नत्र मार्छु’ भनेनन् ।

तपाईँको हेलिकप्टरवाला प्रस्तावलाई हामी पूर्व आन्दोलनकारीहरूले कसरी बुझौँ ? प्रतिस्पर्धा–सहअस्तित्व–सहकार्यको रूपमा कि, ‘कि तँ छैनस्–कि म छैन’को निषेधकारी दृष्टिकोणमा रु एक पटक ठण्डा दिमागले सोच्नुहोस्, जुनसुकै शर्त मन्जुर छ ।

जनताले पराजित गरेकाहरू संविधानको धारा २७० जपिरहनु भएको छ, तपाईँको त उम्रिँदै होइन, नउम्रिँदै तीन पात देखिँदै छ। राजेन्द्र लिङ्देनको आक्रामक चेतावनी र प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न दिने प्रस्तावले नेपालको राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।

जसरी बंगलादेश वा अन्य केही देशहरूमा राजनीतिक उथलपुथलका बेला देशका प्रधानमन्त्री र राष्ट्र प्रमुख नै राताराता भाग्नु पर्याे ,के साँच्चै नेपालमा पनि राजावादी आन्दोलनको बलमा प्रधानमन्त्रीले देश छाडेर भाग्नुपर्ने अवस्था आउन सक्छ त ? राजेन्द्र लिङ्देनको अभिव्यक्तिपछि यो प्रश्न स्वभाविक रुपमा उब्जिएको छ ।

तर लिङ्देनको अभिब्यक्तिका बारे राजनीतिक विश्लेषकहरु भन्छन्, राजनीतिक बजारमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाउने, आफ्ना कार्यकर्तामा उत्साह भर्ने र वर्तमान राजनीतिक प्रणालीप्रतिको असन्तुष्टिलाई आफ्नो पक्षमा मोड्ने रणनीतिको मात्रै हिस्सा हुन सक्छ।

प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न दिने जस्ता अतिशयोक्तिपूर्ण टिप्पणीले तत्कालका लागि सनसनी पैदा गरे पनि यसले प्रधानमन्त्री नै देश छाडेर भाग्नुपर्ने जस्तो गम्भीर अवस्था निम्त्याउने सम्भावना हाललाई न्यून देखिन्छ।

तथापि, यस्ता अभिव्यक्तिहरूले राजनीतिक अस्थिरतालाई बढावा दिन सक्छन् र समाजमा विभाजन ल्याउन सक्छन्। देशमा गणतन्त्र संस्थागत भइसकेको अवस्थामा यसका सबल र दुर्बल पक्षमाथि बहस हुनु स्वाभाविक हो ।

तर प्रणालीलाई नै हिंसात्मक वा बलजफ्ती ढंगले परिवर्तन गर्ने कुराले लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउँछ। अनि फेरि सूर्य थापाले उठाएको कि तँ छैनस् कि म छैन भन्ने निषेधको राजनीतिले मुलुकलाई थप द्वन्द्वतर्फ धकेल्न सक्छ।

लिङ्देनको चेतावनीलाई राजनीतिक दबाब र शक्ति प्रदर्शनको रूपमा बुझ्न सकिन्छ, तर यसले तत्कालै बंगलादेशमा जस्तो प्रधानमन्त्रीले भाग्नुपर्ने अवस्था सिर्जना गर्ने देखिँदैन। यद्यपि, राजनीतिक दलहरूले जनताको आकांक्षालाई सम्बोधन नगर्ने र देशमा सुशासन कायम हुन नसकेमा अप्रत्याशित राजनीतिक मोडहरू आउन सक्ने सम्भावनालाई भने नकार्न सकिँदैन।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top